welcome to NESOF

NESOF CONVENTION

नेपाली ऐक्यवद्धता मंच, स्विजरल्याण्डको दोश्रो सम्मेलन सम्पन्न

 

          नेपाली ऐक्यवद्धता मंच, स्विजरल्याण्डको यही सेप्टेम्बर २१ गते स्विजरल्याण्डको राजधानी वर्नमा भएको दोश्रो केन्द्रिय सम्मेलनले संगठनको नाममा केही परिवर्तन गर्दै अशोक चौलागाईको अध्यक्षतामा १९ सदस्यीय नयां कार्यसमितिको चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः पुष्प सुवेदी, कमल केसी, श्याम घले र विजय खनाल रहनुभएको छ। त्यसैगरी समितिका सदस्यहरुमा आस्था अधिकारी, सुषमा भुसाल, दिपक श्रेष्ठ, शुक्र श्रेष्ठ, दर्शन आचार्य, धनपति सापकोटा, ज्योति भुसाल, डिल्ली सापकोटा, जितेन्द्र रायमाझी, सिङ्ध ब. गुरुङ्ध, मुस्कान शर्मा, फणिन्द्र पन्त, गणेस भट्राई र आषिस देवकोटा रहनुभएको छ।  



उक्त सम्मेलनको उद्घाटन कार्यक्रमका प्रमूख अतिथि नेपाल कम्यूनिष्ट पार्टी (माओवादी)का केन्द्रिय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख क. चन्द्रप्रसाद गजुरेल य्.गौरव)ले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो भने सम्मेलनको अध्यक्षता आयोजक समितिका संयोजक अशोक चौलागाई एवं संचालन आयोजक समतिकिा सदस्य कमल केसीले गर्नुभएको थियो। सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको उक्त कार्यक्रममा उपस्थित सबैलाई पुष्प सुवेदीले स्वागत गर्नुभएको थियो।



सम्मेलनमा उद्घाटन मन्तव्य राख्दैं क. गौरवले नेपाली जनताले चलाएको जनयुद्ध र जनआन्दोलनको फ्युजनबाट नेपाली जनताले २४० वर्षे सामान्ती राजतन्त्रलाई हटाई गणतन्त्रलाई संस्थागत गर्न सफल भएता पनि नेपाली जनताको राजनैतिक क्रान्ति पूरा नभएको बताउनुभयो। उहांले नेपालीहरु सबैखाले उत्पीडनबाट मुक्त हुनको लागि राजनैतिक क्रान्तिलाई पूर्णता नदिएसम्म आर्थिक क्रान्ति संभव नहुने बताउदै राजनैतिक क्रान्ति पूरा भयो भन्ने भनाइलाई खारेज गर्दै अव राजनैतिक क्रान्ति र आर्थिक क्रान्ति संगसगै जाने बताउनुभयो। 



प्रमुख अतिथि कमरेडले यस संगठनले नेपालमा अत्यन्त कठिन परिस्थितिमा पनि जनयुद्ध र जनआन्दोलनको पक्षमा गरेका कार्यक्रमहरुले नेपालको आन्दोलनलाई सहयोग पुर्याएको र नेपाली जनताले यसलाई उच्च मुल्यान गरेको बताउनुभयो। उहांले मुलुकको राजनैतिक स्थिति गम्भिर चुनौतिबाट गुजि्ररहेको चर्चा गर्दै अव नेपाली जनताले गर्ने राजनैतिक एवं आर्थिक क्रान्तिलाई सहयोग गर्नको लागि स्विजरल्याण्ड लगायत प्रवासमा रहेका प्रवासी नेपालीहरुले अझै जिम्मेवारीपूर्ण ढंगले सक्दो सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो साथै उक्त समारोहमा यस संगठनको आधिकारिक वेभय्.साईटको प्रमुख अतिथि कमरेड गौरवले http://www.insofswiss.info/ टाईप गरि उद्घाटन गर्नुभयो उक्त वेभय्.साईटको डिजाईनर नेपाली ऐक्यवद्धता मंच, स्विजरल्याण्डका आयोजक समतिकिा सदस्य ज्योति भुसालले    गर्नु भएको थियो। 



समारोहका अर्का अतिथि एमकेपी, टर्कीका नेताले नेकपा(माओवादी) लगायत हाम्रो पार्टी माओवादी पार्टीहरु भएकोले हामी नयां जनवादी क्रान्ति सम्पन्न गर्दै संसारभरि नै समाजवाद हुदै साम्यवादी राज्यसत्ता स्थापना गर्नको लागि संघर्षरत रहनुपर्ने बताउनुभयो। नेकपा माओवादी र हाम्रो सम्बन्ध लामो समयदेखि रहेको चर्चा गर्दै यो सम्बन्ध सर्वहारा अन्तराष्टियतावादका कारण भएको बताउनुभयो।  उक्त कार्यक्रमका अतिथि संयुक्त नेपाली मोर्चा, युरोपको महासचिव बिनोद तिवारीले मोर्चाले  विगतमा खेलेको भूमिकाको चर्चा गर्दै आउंदा दिनमा प्रवासी नेपालीहरु राष्टि्रयता एवं राजनैतिक क्रान्तिको पूर्णताको लागि आन्दोलित हुनुपर्ने बताउदैं सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नुभयो।



अन्य अतिथिहरु नेपाल दुतावासका प्रथम कन्सुलर, भरतराज पौडेल, नेपाली जनसम्पर्क समितिका प्रतिनिधी विजय सुब्बा, एनआरएन स्वीसका अध्यक्ष संजय मुडभरि, लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, स्वीसका ठाकूर सुवेदी, जनजाति सरोकार मंच, स्वीसका श्याम घले, रिभुल्सनरी बिल्ड अप अफ कम्यूनिष्ट स्विसका प्रतिनिधि म्याडेलिन होस्टेटेलर, हालै नेपाल भ्रमण गरेको आफवाउ स्विसका पत्रकार लुकास आर्नोल्ड, सामाजिक कार्यकर्ता वर्नर एस्लर ले सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।


सम्मेलन सफलताको शुभकामना नेपाली सामाजिक सरोकार मंच वर्न, लोकतान्त्रिक गणतान्त्रिक मोर्चा बेल्जियमका महासचिव कृष्ण तिवारी, लोकतान्त्रिक गणतान्त्रिक मोर्चा जर्मनीका अध्यक्ष गंगालाल श्रेष्ठ, नेपाली जनप्रगतिशिल मंच बेल्जियमका अध्यक्ष विष्णु भुजेल, अन्तराष्टियतावादी नेपाली ऐक्यवद्धता मंच, जर्मनी, अध्यक्ष प्रभाकर शर्मा, लगायत युरोपमा क्रियासिल विभिन्न संगठनहरुबाट सम्मेलन सफलताको शुभकामना प्राप्त भएको थियो।



सम्मेलनले राजनैतिक तथा सांगठनिक, विधान र आर्थिक प्रतिवेदनहरुलाई पारित गर्दै सम्मेलनले संगठनको नामलाई परिवर्तन गरि नेपाली ऐक्यवद्धता मंच, स्वीजरल्याण्ड बनाएको छ। सम्मेलनको बन्दसत्रमा प्रमुख अतिथि क. गौरव तथा अतिथि विनोद तिवारीले प्रशिक्षण दिनुभएको थियो। सम्मेलन पश्चात नवनिर्वाचित अध्यक्ष चौलागाईले नेपाली जनताको परिवर्तनको पक्षमा र यहांका स्थानिय समस्याहरुलाई सशक्त ढंगमा उठाउन अझै क्रियासिल रहने प्रतिबद्धता जनाउनु भयो। उहांले आगामी दिनमा सबै स्वीजरल्याण्डवासी नेपालीहरुबाट अझै बढी सहयोगको अपेक्षा गर्दै सम्मेलनलाई सफलता दिलाउन सहयोग पुर्याउने सबैमा धन्यवाद व्यक्त गर्नुभयो।

 

NEWS & UPDATES                      

अन्तराष्ट्रीयताबादी नेपाली ऐकबद्धता मञ्च, जर्मनीको तेस्रो राष्ट्रीय अधिवेशन भब्यताका साथ सम्पन्न

हामवर्ग जर्मनी 

जर्मनीमा रहेका प्रगतिशील नेपालीहरुको संगठन अन्तराष्ट्रीयताबादी नेपाली ऐकबद्धता मञ्च, जर्मनीको तेस्रो राष्ट्रीय अधिवेशन जर्मनीको हमबर्ग शहरमा भब्यताका साथ सम्पन्न भएको छ । महान शहिदहरुको संझानामा एक मिनेट मौनधाराण गरी सुरु भएको उक्त अबिधेशनलाई संयूक्त नेपाली मोर्चा, यूरोपका अध्यक्ष नविन साप्कोटाले मैनबत्ति प्रजोलन गरी उदघाटन गर्नु भएको थियो ।

नेकपा माओबादीका अध्यक्ष तथा संघीय गणतन्त्र नेपालका प्रधानमन्त्रि क.प्रचण्डले भिडीयो मार्फ शुभकामना सन्देश दिदै नेपाली क्रन्तिलाई यूरोपबाट भएको सहयोगको स्मरण गर्दै सम्मेलनको सफलताको कामना गर्नु भयो । नेकपा माओबादीको बरीष्ट नेता तथा अन्तराष्ट्रीय ब्यूरो प्रमुख क. गौरबले लिखीत सुभकामना सन्देशमा आपनो भौतिक उपस्थीतीका त्रिर््रर् इच्छा हुदांहुदै पनि उपस्थीत हुन नसकेता पनि यो संगठनले बिगतमा बिदेशमा रहेर पनी नेपाली जनताको मुक्तिकोलागी खेलेको भुमीका अत्यन्त महत्वपर्ुण्ा भएको र आगामि दीनमा पनि नयां नेपाल निर्माणमा यस संगठनको महत्वपर्ुण्ा हुनेछ भन्दै संमेलनको सफलताको कामना गर्नु भयो । जर्मनीका लागी नेपाली राजदुत डा.मधुशुदन भट्टर्राईले सम्मेलनको सफलतकाको शुभकामना दिदै संपर्ुण्ा नेपालीहरुका समस्यालाई दुतावास एकाकार गर्न तयार रहेको बताउनु भयो । साथै शुभकामना सन्देश दिनेहरुमा इन्सोफ स्वीस, प्रगतिशील महीला संयोजन समिती,बेल्जियम नेपाली जनप्रगतिशील मञ्च शान्ति समाज अष्टीया का संगठनहरु थिए ।

शुभकामना मन्तब्यकै क्रममा नेपाली जनप्रगतिशील मञ्च,बेल्जियमका अध्यक्ष बिष्णु भुजेलले नेपाली क्रन्ति सफल हुनुमा नेकपा माओबादीको सही कार्यनैतिक र रणनैतिक तालमेलको कारणनै प्रमुख हो र नेकपा माओबादी नेपाली जनताको परिवर्तनको चाहाना अनुसार अगाडी बढी रहेको अवस्थमा नेपालका केहि बिग मिडीयाहरु बिषयबस्तुलाई तोडमोड गरी भ्रम र्छर्ने र अलमल्याउने रणनितीमा लागेकाले सबै सचेत हुनुपर्ने बताउनु भयो । सम्मेलन सफलताको शुभकामना दिदै जनजाती सरोकार भञ्च,यूरोपका अध्यक्ष रामबाहदुर गरुङ्गले नेपाली क्रन्ति नसकिएकोले र थुप्रै उतारचढाव बिचबाट गुजरीनु पर्ने अहिलेको अबस्थामा साम्राज्यबादीहरुको षणयन्त्र बिरुद्ध हामीहरु सदैव सचेत रहनु पर्ने बताउनु भयो । लोकतान्त्रिक गणतान्त्रिक मञ्च , नेदरल्याण्डका संयोजक तुलसी अंगाईले राजनैतिक क्रन्ति संगसगै आर्थिक क्रन्तिमा लाग्नुपर्ने बताउनु भयो । जनजाती सरोकार भञ्च, बेल्जियमका प्रतिनिधी बदन योङ्गहाङ्गले जनजातिहरु हिजोका सत्ताले गरेको भेदभाव र दमनका कारण जातिय मुक्तिको लागी आन्दोलन गर्नु परेको बताउनु भयो । लोकतान्त्रिक गणतान्त्रिक मोर्चा जर्मनीका अध्यक्ष गगांलाल श्रेष्ठले संपर्ुण्ा जर्मनबासी नेपालीहरुलाई नेपालको आर्थिक तथा राजनैतिक क्रान्ति सहभगी हुनुपर्ने भन्दै सम्मेलनको सफलताको कामना गर्नु भयो । यस्तै शुभकामना दिने क्रममै मगरात राष्ट्रीय मुक्ति मोर्चाका सदस्य बिरमान र्घर्ती मगरले जातिय मुक्ति बर्गीय मुक्ति सगं जोडीएको हुदाँ यूरोप भरी छरीएर रहेका संपर्ुण्ा मगरहरु एक ढीक्का हुनु पर्नेमा जोड दिनु भयो ।

शुभकामना सन्देश दिनेहरुमा रोनाल्ड मार्कर जनजाती नेदरल्याण्डका सल्लाहाकार जुम गुरुड लाली गंुरास परिवारका राम बहादुर र्राई यूरोपियन हिमालयन सोर्साईटीका मानकाजी नेपाली सन्तोस कुमार र्राई सम्मेलन सफलताको कामना गनु्ृ भयो

उक्त सम्मेलनको अध्यक्षता अन्तराष्ट्रीयताबादी नेपाली ऐकबद्धता मञ्च, जर्मनीका अध्यक्ष प्रभाकर शर्माको अध्यक्षतामा भएको थियो र उपस्थीत अतिथीहरुकलाई स्वागत मञ्चकी उपाध्यक्ष सिला हमालले गर्नु भएको थियो भने कार्यक्रम संचालन मञ्चका सल्लाहाकार बिनोद तिवारीले गर्नु भएको थियो ।

उक्त सम्मेलनले प्रभाकर शर्माको अध्यक्षतामा पछि एक सदस्य थप गर्ने गरी १७ सदस्यीय कार्या समिती निर्माण गरेको छ जसमा उपाध्यक्ष सागर शर्मा, दीनश शर्मा महासचिव प्रकाश लोहोनी, सचिव खेम शर्मा, कोशाध्यक्ष धुब्र थापा , सदस्यहरुमा गगांलाल श्रेष्ठ, पचं कुमार र्राई, रन्जित गुरुङ्ग, शिला हमाल, बिनोद कार्की , बिष्णु अधिकारी , मोहन श्रेष्ट, होमनाथ अधिकारी , हरी अधिकारी ,प्रकाश श्रेष्ट , रहनु भएको छ । नबनिर्वाचित सदस्यहरुका तर्फबाट प्रतिबद्धता गर्दै मञ्चका अध्यक्ष प्रभाकार शर्माले हिजोका दिनमा भन्दा अझ ससक्त भएर संपुण जर्मन भरी छरीएर रहेका नेपालीहरुलाई गोलबन्द गर्दै नेपालको राजनैतिक तथा आर्थीक क्रान्तिमा नेपाली जनता सगं एकाकार गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।

 Information

 माओवादी नेता सीपी गजुरेल(गौरब) स्विट्जरल्यान्ड आउने

22nd August 2008, बर्न, स्विट्जरल्यान्ड                           

स्विट्जरल्यान्डमा बसोबास गरिरहेका नेपालीहरु को हकहितको निम्ती काम गर्दै आईरहेको र नेपालको सामन्तबादी राज्यसत्ताको िरुद्धमा नेपाली जनताले चलाएको मुक्तिकामी परिवर्तनकारी आन्दोलनलाई स्विट्जरल्यान्डबाट महत्व्पूर्ण भूमिका निभाउदै आएको प्रगतिशिल नेपालीहरुको सगंठन अन्तराष्ट्रियताबादी नेपाली एक्यबद्धता मन्च (इन्सोफ स्विस ) स्विट्जरल्यान्ड को

"नयाँ नेपालको निर्माण को निम्ती राष्ट्रिय अभियान आजको आवश्यकता ,

जनमुखी संबिधान निर्माणको पक्षमा हाम्रो प्रतिबद्धता "

 

 भन्ने मुल नाराका साथ यही आउंदो सेप्टेम्बर २१ तारीख, आईतवार २००८ का दिन स्विट्जरल्यान्डको  राजधानी बर्न मा सम्पन्न हुन गइरहेको दोस्रो अधिबेसन को  नेकपा माओवादीका  केन्द्रिय सचिवालय सदस्य ,अन्तराष्ट्रिय ब्युरो इन्चार्ज तथा संबिधान सभाका सभासद कमरेड सीपी गजुरेल (गौरव) द्वारा समुद्घाटन हुन गैरहेको छ । 

 

यस अधिबेशनमा स्विट्जरल्यान्डमा भएका नेपाली संघ संगठनहरु ,युरोपभरिका भाईचारा संगठनका प्रतिनिधिहरुको सहभागीता हुनेछ। साथै उक्त दिन स्विट्जरल्यान्ड्मा रहनुहुने बामपन्थी  बुद्धिजिवीहरु , पत्रकार , मानवअधिकारकर्मिहरु तथा देशभक्त गणतान्त्रिक प्रगतिशिल साथीहरु लगायत सम्पूर्ण स्विस बासी नेपाली तथा बिदेशी जनसमुदायलाई उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

कार्यक्रम स्थान  :- Stapfenstrasse 1(next to Coop), 3098 Köniz, Bern Bus 10,

        Bus stop Köniz Zentrum.

        
200 m

 

मिती :- 21 September 2008

समय:-   13.00 

संपर्क,

पुष्प सुबेदी     :   ००४१ ७८७ १२१ ३५६ 

कमल के. सि.   :    ००४१ ७६५ १०५ ५३३

दिपक कुमार श्रेष्ठ:    ००४१ ७६३ ०७७ ५६०

प्रकाश तिवारी   :     ००४१ ७८७ ४७६ ४८४

अशोक चौलागाईं :    ००४१ ७६४ ६६७ १८४  

धनपती सापकोटा :   ००४१ ७८९ ०८१  ६६६

ईमेल:- insofswiss@hotmail.com

Flood Victim in Nepal

स्विट्जरल्यान्डबाट बाढीपीडित लाई राहत उपलब्ध

 बर्न, स्विट्जरल्यान्ड
 
भारतीय शासक बर्गको हेपाहा प्रब्रिती र बिगतको नेपाल सरकारको अदुरदर्सिताको कारण कोशी बांध फुटेर पचास हजार भन्दा बढी नेपालीहरु बिस्थापित हुन पुगेका छन। पीडितहरुको सहयोगको लागि स्विट्जरल्यान्डमा बसोबास गरिरहेका नेपालीहरुको हकहित को निम्ती काम गर्ने गर्दै आइरहेको संगठन अन्तराष्ट्रियताबादी नेपाली एक्यबद्धता मन्च (इन्सोफ स्विस ) स्विट्जरल्यान्डले आपतकालिन राहत स्वरूप  संगठनको तर्फबाट रु,४४०००। (चवालिस हजार रुपैया )नेकपा माओवादीद्वारा स्थापित बाढी  पीडित राहत सहयोग कोषमा जम्मा हुनेगरी पठाइयको छ ।
 
साथै यस दु:खद घडीमा पीडित परिवारजन प्रती अन्तराष्ट्रियताबादी नेपाली एक्यबद्धता मन्च (इन्सोफ स्विस ) स्विट्जरल्यान्ड गहिरो दु:ख ब्यक्त गर्दछ।
24th August 2008,

News From Nepal

माओवादी संगठनिक जिम्मेवारीमा हेरफेर

काठमाडौं, भदौ २७ 

ने क पा माओवादी केन्द्रीय सचिबालयको बैठकले संागठनिक जिम्मेवारीमा हेरफेर गरेको छ । आज बिहान बसेको माओवादी केन्द्रीय सचिबालयको बैठकले संगठन बिभागको जिम्मा मोहन बैद्य किरणलाई दिएको छ ।

यस्तै संसदीय मामिलाको जिम्मा पोष्टबहादुर बोगटी -दिवाकर) लाई र जनमुक्ति सेनाको जिम्मा डेपुटी कमाण्डर नन्द किसोर पुन पासाङलाई दिएको छ । अन्तराष्ट्रिय बिभागको जिम्मा भने सीपी गजुरेल -गौरब) लाई यथावत दिईएको छ ।

बैठकले प्रधानमन्त्री निबास बालुवाटारमा विहान बसेको बैठकलेे भारत भ्रमणका क्रममा कोशी बाढीको समस्या, बिगतका असमान सन्धी सम्झौता खारेजी, सीमा समस्याको समाधान लगायतका बिषयमा नेपालको अडान राख्न प्रधानमन्त्री प्रचण्ड लाई सुझाब समेत दिएको छ ।

यसैबीच, प्रधानमन्त्री प्रचण्डले आज दिउँसो नागरिक समाजका प्रतिनिधि र परराष्ट्रविज्ञहरुसँग भारत भ्रमणका क्रममा नेपालले उठाउनुपर्ने बिषयमा छलफल गर्ने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

Nepal news

नेकपा माओबादीका अध्यक्ष तथा संघिय लोकतान्त्रिक गणतान्त्रिक नेपालका प्रथम प्रधानमन्त्रि क. प्रचण्ड को उपस्थीतीमा संयूक्त नेपाली मोर्चा,यूरोपको आयोजनामा जर्मनीमा कार्याक्रम हुने 

नेकपा माओबादीका अध्यक्ष तथा संघिय लोकतान्त्रिक गणतान्त्रिक नेपालका प्रथम प्रधानमन्त्रि क. प्रचण्ड को उपस्थीतीमा संयूक्त नेपाली मोर्चा,यूरोपको आयोजनामा जर्मनीमा कार्याक्रम हुने ।

नेकपा माओबादीका अध्यक्ष तथा संघिय गणतान्त्रिक नेपालका प्रथम प्रधानमन्त्रि क. प्रचण्ड संयूक्त राष्ट्रसंघको महासभामा भागलिन अमेरीका जने सिलसिलामा जर्मनीको प|mयाडप|mटमा एक दिन बस्ने कार्यक्रम रहेकोले उक्त समयलाई संयूक्त नेपाली मोर्चा,यूरोपले यूरोप स्थीत नेपाली तथा बिदेशीहरु बिच नेपालको बार्तमान राजनैकि बिषयमा छलफलको आयोजना गरेको र उक्त कार्यक्रममा प्रधानमन्त्रि क.प्रचण्ड उपस्थीती भई नेपालको बार्तमान राजनैकि बिषयमा महत्वपर्ुण्ा बिचार राख्नु हुनेछ । यसरी आपनो छोटो र महत्वपर्ुण्ा समय प्रवाशी नेपालीहरुलाई महत्व दीनुले बर्तमान सरकार प्रवाशी नेपालीहरुका बिचार र भावाना सगं कति नजिक छ भन्ने कुराको पुष्टी गर्दछ । उक्त कार्यक्रममा प्रवाशी नेपालीहरु लगायत जर्मनी तथा अन्य यूरोपबाट बरीष्ट राजनैतिज्ञहरु, बुद्धीजीबीहरु तथा पत्रकारहरुको उपस्थीहुने कुरा मोर्चाकी सदस्य शिला हमालले बताउनु भयो ।यस्तै सोही कार्यक्रममा जर्मनीका बुद्धीजिवी कार्यनलिया सोयडरले आपनो बिद्यावारीधीमा लिखीत नेपालको जनयूद्ध नामक पुस्तक प्रधानमन्त्रि क. प्रचण्डले बिमोचन गर्ने कार्यक्रम रहेको छ ।

उक्त कार्यक्रममा संपर्ुण्ा यूरोप भरी रहेका नेपाली तथा अन्य समुदायलाई निम्न समय, स्थान र मितीमा उपस्थीत भईदीनु हुन संयूक्त नेपाली मोर्चा,यूरोप हार्दीक आव्हान गर्दछ ।

मिती २१ सेप्टेम्वर २००६

समय बेलुका ६ बजे

स्थान Frankfurter PresseClub e.V.
Saalgasse 30
D-60311 Frankfurt am Main

Telefon (069) 28 88 00
Telefax (069) 29 58 03
Email:
info(at)frankfurter-presseclub.de
Internet:
www.frankfurter-presseclub.de

Com. Gaurav in Switzerland

क.गौरबको स्विट्जरल्यान्डमा स्वागत


17sept2008


अन्तरराष्ट्रियता बादी नेपाली एक्यबद्दता मन्च स्विट्जरल्यान्ड को दोस्रो अधिबेसन मा भाग लिन सो सस्था को बिशेष अनुरोध लाई स्विकार गर्दै नेकपा माओवादी केन्द्रिय सचिबालय सदस्य तथा बिदेस बिभाग प्रमुख क सिपी गजुरेल(गौरव)आज स्विट्जरल्यान्ड अाइपुग्नु भयको छ। थाइ एयरवेज को नियमित उडान बाट उहा आज बिहान स्विट्जरल्यान्डको ज्युरिच बिमानस्थल अाइपुग्दा अन्तरराष्ट्रियताबादी नेपाली एक्यबद्दता मन्च स्विट्जरल्यान्ड (इन्सोफ स्विस)को एक प्रतिनिधि मन्डल ले हार्दिक स्वागत गरेको थियो। सो स्वागत कार्यक्रम मा क गौरब ले नेपाल को राजनैतिक अवस्था लगायत समसमयिक बिषयमा सम्क्षिप्त जानकारी गराउनु भयको थियो।  
यही सेप्टेम्बर 21 तारिक का दिन स्विट्जरल्यान्ड को राजधानी बर्न शहर मा हुन गैरहेको इन्सोफ स्विस को दोस्रो अधिबेसन मा क गौरब प्रमुख अतिथी हुनुहुने छ।भने त्यस पछी उहा अन्य युरोपियन देसहरु को करीब एक साता लामो भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ। 
अन्तरराष्ट्रियताबादी नेपाली एक्यबद्दता मन्च को दोस्रो अधिबेसन को प्रतक्ष प्रसारण सो सस्था को अधिकारिक वेब साइट बाट हुन गैरहेको छ।   

International

NDFP NEGOTIATING PANEL MEETS COMRADE GAURAV
 
The NDFP Negotiating Panel represented by Luis Jalandoni, Chairperson, and Fidel Agcaoili, Member, with Prof. Jose Maria Sison, Chief Political Consultant of the NDFP Negotiating Panel, met Chandra Prasad Gagurel with  (popularly known as Comrade Gaurav), and an assistant, on 23 September 2008 in The Netherlands.
 
Comrade Gaurav is an elected member of the Consituent Assembly a member of the Secretariat of the Communist Party of Nepal Maoist (CPN-M) in charge of its International Department.  Comrade Gaurav came to international attention when he was arrested and imprisoned for three years by the Indian authotities and subsequently released, together with other Nepali prisoners in Indian jails, in November 2006, with the signing of the peace agreement between the CPN-M and the six-party alliance which eventually led to the overthrow of the monarchy and the establishment of the republic.
 
The NDFP Negotiating Panel and Comrade Gaurav had cordial discussions on their respective national situation and on the current economic and financial crisis facing the world capitalist system.  They also had an exchange of views on the peace negotiations in their respective countries.  They expressed the hope to be able to learn more from each other’s experiences.

News source: www.nppf.be

comareds in switzerland

नेकपा माओवादी को प्रतिनिधि मन्डल सँग स्विट्जरल्याण्ड मा अन्तर्कृया कार्यक्रम सम्पन्न।
19 okt 2009
Aasish,swiss


      जर्मनी र स्विट्जरल्याण्ड को संघियता को मोडल सम्बन्धी अध्ययन भ्रमण मा निस्कियको नेपाली सँसदिय प्रतिनिधि मन्डलको टोली हिजो स्विट्जरल्यान्ड को राजाधानी बेर्न मा आइपुगेको छ।
     स्विस सरकार को निमन्त्रणामा आयको टोली ले स्विस संघिय राज्य प्रणाली को बारेमा,सङिय शासन पद्दति र नियम कानुन लगायत अन्य महत्वपूर्ण ठाउँ हरु को अध्ययन भ्रमण गर्ने तथा बिभिन्न उच्च सरकारी अधिकारी हरु सँग भेट्ने कार्यक्रम रहेको छ।
        यसै बिच स्विट्जरल्यान्ड आइपुगेको नेपाली सँसदिय प्रतिनिधि मण्डल मा सहभागि नेकपा माओवादी को प्रतिनिधि मण्डल को उपस्थिती मा एउटा अन्तर्कृया कार्यक्रम सम्पन्न भयो। नेपाली एक्यबद्दता मन्च स्विट्जरल्याण्ड(नेसोफ स्विस)को आयोजना मा भयको सो कार्यक्रम मा नेकपा माओवादी का केन्द्रिय सदस्य तथा संबिधानसभा सभासद क दिनानाथ शर्मा,केन्द्रिय सदस्य तथा नेवा राज्य समिती इन्चार्ज क हितमान शाक्य,नेवा राज्य समिती सदस्य सभासद क यसोदा सुबेदी(गुरुङ) र अखिल नेपाल महिला संघ(क्रान्तिकारी)की क सरला शर्मा उपस्थित हुनुन्थ्यो।
              अत्यान्त छोटो र ब्यस्त समय का बाबजुद भयको कार्यक्रम सम्पूर्ण ज्ञात अज्ञात शाहीदहरु प्रती एक मिनेट मौन धारण गरी शुरु भयको थियो।भने कार्यक्रम को सभापतित्व मन्च का अध्यक्ष क अशोक चौलागाइ ले गर्नु भयको थियो भने कार्यक्रम को सन्चालन मन्च का महासचिब कमल केसी ले गर्नु भयको थियो। 
कार्यक्रम लाई सम्बोधन गर्दै नेवा राज्य समिती सदस्य तथा संबिधान सभा सभासद क. यसोदा सुबेदी(गुरुङ)ले परदेश मा प्रगतिसिल संगठन को सकृयाता तथा उल्यख्य सहभागिता देखेर आफु अत्यान्तै खुशी भयको बताउदै यस कार्यक्रम ले आफु मा नयाँ उर्जा पैदा गरेको छ भन्नु भयो। नेपाली जनता को मुक्ती आन्दोलन अझै जारी रहेको र आहिले को बर्तमान कार्य भनेको जनमुखी संबिधान लेख्नु रहेको बताउनु हुँदै आफुले जर्मन र स्विस भ्रमण मा देखेको र जानेको कुरा लाई नयाँ संबिधान निर्माण गर्न प्रयोग गर्ने बताउनु भयो।
त्यस्तै अर्का अतिथी,नेवा राज्य समिती इन्चार्ज तथा सभासद क हितमान शाक्य ले पुरानो राज्य सत्ता को गलत राज्य प्रणाली को कारण आज बाद्यतात्मक परिस्थितीमा लाखौं युबा सक्ति बिदेसिन बाद्य भयको र अब ति बिदेसियका प्रबासी नेपाली तथा युबा सक्ती लाई नेपाली आन्दोलन सँग फ्युजन गरी नयाँ नेपाल निर्माण गरिने बताउनु भयो। अहिले देस मा नेकपा माओवादीको नेत्रित्व मा सरकार गठन भय पनि त्यो सरकार जनता को नभयको र जनता को सरकार निर्माण गर्न आन्दोलन जारी छ भन्नु भयो।
त्यस्तै प्रमुख अतिथी को आसान बाट बोल्दै नेकपा माओवादी का केन्द्रिय सदस्य तथा सभासद क दिनानाथ शर्मा ले नेपाल मा संबिधान सभा को माध्यमा बाट राजतन्त्र र सामन्त बाद को अन्य भय पनि हाम्रो क्रान्ति सम्पन भयको छैन भन्नु भयो। नेपाल मा अब संघिय जनबादी गणतन्त्र स्थापना गर्न आफुहरु प्रयत्नरत रहेको तर अझै पनि पुराना सम्सद बादी दल हरु,प्रतिकृयाबादीहरु,साम्राज्यबादी तथा बिस्तारबादीहरु नेपाल मा बिहारी गणतन्त्र स्थापना गरेर प्रतिकृयाबादी तथा सामन्ती बर्ग हरु का हक र अधिकार हरु सुनिस्चित गर्न लागि परीरहेको तर आफुहरु भने सर्बहारा बर्ग को हित अधिकार सुनिस्चित गर्ने र जनमुखी संबिधान निर्माण गर्ने पक्ष मा रहेको कुरा बताउनु भयो। अहिले नेकपा माओवादी ले नेत्रित्व गरेको सरकार पनि सर्बाहारा बर्ग को सरकार नभयको र आफुहरु सर्बहारा बर्ग को सरकार स्थापना गराउन लागिपरेको छ भन्नुभयो। नेकपा माओवादी भित्र बैचारिक संघर्स चलेको स्विकार गर्दै क्रान्तिकारी पार्टी भित्र त्यस्ता बैचारिक बहस चल्नु स्वाभाबिक भयको र यसले पार्टी लाई हानी पुर्याउने नभै फाईदा गर्ने र पार्टी लाई अझ मजबुद बनाउने जिकिर गर्नु भयो।

From, baburambhattrai.com

२१औँ शताब्दीको क्रान्तिको नयाँ कार्यदिशा
बाबुराम भट्टराई
 

बहुचर्चित खरिपाटी राष्ट्रिय भेलाबाट पारित दस्तावेजले भावी क्रान्तिको खाका कोरेको छ । यहाँ दस्तावेजले अगाडि सारेका विचार, कार्यदिशा र कार्ययोजनाजस्ता मूलभूत विषयमै म केन्दि्रत हुनेछु । सरकार, सदन र सडक- यी तीनवटा मोर्चाका संघर्षको तालमेल कसरी मिलाइँदै छ भन्ने विषयमा पनि म प्रस्ट्याउने प्रयत्न गर्नेछु । नेकपा -माओवादी) र त्यसका कार्यकर्ताजत्तिको क्रान्तिकारी अहिलेको विश्वमा अरू कोही छैनन् । हामीले हाम्रै विषयमा कुरा गर्दा अतिशयोक्तिजस्तो लाग्न सक्छ । माओको देहान्तपछिका ३० वर्षमा कहीँ पनि क्रान्ति सम्पन्न भएको छैन । न त कुनै क्रान्ति नेपाली क्रान्तिको जत्तिको उचाइसम्म आइपुगेको नै छ । हामीले हतियार उठायौँ, जनयुद्धलाई रणनीतिक प्रत्याक्रमणको चरणमा पुर्‍यायौँ र, अहिले हामी केन्द्रीय सत्ता कब्जा गर्ने बाटोमा अघि बढ्दै छौँ ।

यस परिवेशलाई नबुझ्ने मान्छेहरू कतै हरायौँ कि भनेर कुहिरोको कागजस्तो बनेका छन् । पार्टीको कार्यदिशा र विकसित विचारशृंखलालाई सही ढंगले बुझ्न नसक्दा यस्तो लाग्नु स्वाभाविक छ । राष्ट्रिय भेलामा यसबारे विहंगम छलफल भयो र, पार्टीले निष्कर्ष निकाल्यो ः हामी मूल रूपमा ठीक ढंगले नै अगाडि बढिराखेका छौँ । हाम्रो पार्टी खत्तमै भइसकेकोथ्यो, डिलैमा पुगिसकेकोथ्यो, कतिपयलाई लाग्दो हो । तर, म गर्वका साथ के दाबी गर्छु भने जबसम्म दसवर्षे जनयुद्ध लडेका तपाईं-हामी छौँ, तबसम्म त्यस्तो हुन दिन्नौँ, भोलिको कुरा त हामी भन्न सक्दैनौँ । मान्छेले भन्थे ः यस विश्वमा जनयुद्ध सम्भव, हामीलाई मूर्ख हुन् भन्थे । गुलेली बोक्न नजान्नेले के बन्दुक पड्काउँछन् भन्थे । तर, हामीले बन्दुक बोकेरै देखाइदियौँ, यस राज्यसत्तालाई हल्लाएरै देखाइदियौँ । देशको सम्पूर्ण ८० प्रतिशत भू-भाग कब्जा गरेर, जनसत्ता स्थापना गरेर जनयुद्धलाई रणनीतिक प्रत्याक्रमणको चरणसम्म हामीले पुर्‍याएकै हो । यदि, यो पार्टीको विचार, नेतृत्व र तपाईं-हामी मूलतः गलत हुन्थ्यौँ भने यहाँ कसरी आइपुग्थ्यौँ ?

माक्र्सवाद भनेको कुनै हवाई कल्पना होइन । यसले त तथ्यबाट सत्य खोज्छ । तपाईं-हामीलाई के लाग्यो भन्ने होइन, घटनाक्रमले के पुष्टि गर्‍यो, त्यो हामीले हेर्ने हो । हामी हीनताबोध, कुण्ठा र निराशाले ग्रसित हुने होइन, आशावान् हुने हो । छाती फुलाएर हामीले भन्न सक्नुपर्छ- हामी सही बाटामा छौँ, हाम्रो विचार सही थियो, हाम्रो पार्टी सही थियो, हाम्रो नेतृत्व सही थियो । त्यसैले यहाँसम्म ल्याइपुर्‍यायो । सन् १९७६ मा माओको देहान्तताका फिलिपिन्स, भारत, टर्की र थुप्रै देशमा क्रान्तिकारी उभार थियो । आज ती देशका क्रान्तिहरू गत्यावरोधमा छन् । हामीले पेरुको प्रेरणा लिएर जनयुद्ध सुरु गर्‍यौँ । तर, पेरुको क्रान्ति पनि उम्लेको दूधजस्तो भयो । सन् १९८० मा सुरु भयो र सन् १९९२ मा गोन्जालोको गिरपmतारीपछि सिद्धियो । पेरुको क्रान्ति सीधा ढंगले जान्छुभन्दा ठोक्किएर सिद्धियो । गोन्जालोको गिरपmतारी हुँदैमा पूरै क्रान्ति बर्बाद हुने त्यो कस्तो क्रान्ति थियो ? वामपन्थी कोणबाट पनि क्रान्ति सिद्धिन्छ भन्ने उदाहरण पेरुको थियो । निकारागुवालगायतका देशका क्रान्ति दक्षिणपन्थी संशोधनवादमा गएर डुबे । हामी दक्षिणपन्थी संशोधनवाद, जडसूत्रीय संशोधनवाद र मध्यपन्थी अकर्मण्यतावाद- यी तीनै गलत प्रवृत्तिबाट बच्दै अगाडि बढ्यौँ । माक्र्सवाद-लेनिनवाद-माओवादको रक्षा, प्रयोग र विकास गर्दै हामीले आपmनै सापेक्षतामा कार्यदिशाको विकास गर्‍यौँ । त्यसैले हामीले विजय हासिल गर्‍यौँ ।

चुनवाङसम्म पनि हामी जितमै थियौँ । पछिल्लो समयमा फौजी ढंगले निणर्ायक जित हासिल गर्न केही कठिनाइ परेको भए पनि हाम्रो क्रान्ति रणनीतिक प्रत्याक्रमणको चरणमा पुग्यो । हामीसँग सेना, हतियार र नेतृत्व ज्यूँकात्यूँ थियो । क्रान्ति गर्नु मात्रै ठूलो कुरो होइन । उपलब्धिको रक्षा गर्दै त्यसलाई निरन्तर ढंगले अगाडि बढाउने कुरा मुख्य हो । त्यसैले यो उचाइमा पुगेको क्रान्तिलाई अब कसरीे रक्षा गर्ने र कसरी जनवादी सत्ता स्थापना गर्दै समाजवाद र साम्यवादको महान् ध्येयसम्म अगाडि बढ्ने ? हामीले गम्भीर रूपमा छलफल गर्नैपर्छ ।

अहिले खुला परिवेश छ । अखबारमा धेरै कुरा आउँछन् । नेताहरू हामी खुला भएका छौँ । थुप्रै बोल्छौँ हामी । दसजनाले बोल्यो भने दसथरी कुरा बोलिदिन्छौँ । प्रतिक्रियावादीले त झन् किचल्याइदिन्छन् । कसैलाई उचालिदिन्छ, कसैलाई पछारिदिन्छ । हामी बडो दंग परेर बोल्छौँ । सबैले बोल्नुपर्छ अहिले हामीलाई । त्यसले गर्दा हामी चिन्तित हुन्छौँ- पार्टी असाध्यै भद्रगोल भयो । तर, सोच्नुहोस्- त्योभन्दा पहिला के थियो ? चुनवाङको वेलासम्म हामीले के भनिराखेका थियौँ ? चुनवाङ दस्तावेजले के भनेको छ ? खरिपाटी दस्तावेजमा चुनवाङ बैठकबाट लामो कोटेसन राखिएको छ । पार्टी अहिले मात्रै बिगि्रयो, अहिले मात्रै सिद्धियो भन्ने जुन आंशिक बुझाइ छ, त्यसको जवाफस्वरूप त्यो दुई पेज लामो कोटेसन राखिएको हो ।

त्यतिवेला पनि यो पार्टी यस्तै थियो- मान्छे चारपट्ट िफर्किएका छन्, अराजकता छ, गुटबन्दी छ । मान्छे युद्ध-सरदार भएका छन् । कामहरू अपारदर्शी छन् । पार्टीको अनुशासन कोही मान्दैन । कोही सम्पन्न लखपति, करोडपति भएको छ, कोही खान नपाएर हिँडिराखेको छ । त्यतिवेला हामी सबैलाई त्यो थाहा हुन्थेन । हामी भेटघाट गर्न पाउँदैनथ्यौँ । ठूलो जमघट गर्न हामीलाई गाह्रो थियो । तैपनि, देशैभरिबाट हेडक्वाटरमा रिपोर्ट आउँथ्यो । त्यतिवेला हामीले भनेका थियौँ- हाम्रो समाज निम्नपुँजीवादी खालको छ, सर्वहाराकरण राम्रोसँग भएको छैन । औद्योगिक पुँजीवादको विकास भएको छैन । हामीभित्रको निम्नपुँजीवादी प्रवृत्ति व्यक्तिवाद भएर आउँछ । त्यसको विरुद्धमा शुद्धीकरण अभियान सञ्चालन गर्नुपर्छ । शुद्धीकरण भनेको मुख्य रूपमा वैचारिक संघर्ष नै हो ।

क्रान्ति कुनै भावनाले मात्रै हुने होइन । मर्ने कुरा त एउटा हो । तर, केका निम्ति मर्ने ? दोस्रो विश्वयुद्धपछिका असफल क्रान्तिमा लाखौँ मान्छे मरे, श्रीलंकामा सत्तरी-असी हजार मान्छे मरे । के त्यहाँ क्रान्ति सम्पन्न भयो ? पेरुमा सत्तरी हजारभन्दा बढी मान्छे मरे । तर हाम्रोमा १०-१२ हजार मरेर हामीले क्रान्तिलाई बचायौँ । त्यसकारण, मर्ने मात्रै पनि ठूलो कुरा होइन । सही उद्देश्यका निम्ति मर्न तयार हुनुपर्छ । सही विचारसहित मरियो भने त्यस सहादतले क्रान्तिलाई ऊर्जा दिन्छ । नांगैभुतुंगै हिँडेर मात्रै पनि क्रान्ति हुँदैन । हरिद्वार र ऋषिकेश जानुस्, जोगीहरू घरबार सबै छाडेर बसेका छन्, जिन्दगी छाडेर बसेका छन् । के ती क्रान्तिकारी हुन् ? विचार, विवेक र भावना-आवेग मिल्यो भने मात्र क्रान्ति हुन्छ । समाजको वर्गीय धरातलको प्रतिविम्ब पार्टीभित्र पनि हुन्छ । बहुवर्गीय समाजभित्र जुन प्रवृत्ति हुन्छन्, त्यस प्रवृत्तिको छाप पार्टीभित्र पर्छ । त्यसको समाधान निरन्तर क्रान्ति हो । क्रान्तिभित्र क्रान्ति गर्ने भनेर चुनवाङ बैठकले संश्लेषण गर्‍यो । र, सबै नेतृत्वका कमरेड एक-एक तह तल झर्ने, तल कमिटीमा जाने, जनताबीचमा जाने, त्याग र बलिदान गर्ने भन्ने हामीले निर्णय गर्‍यौँ ।

हो, कमजोरी हुन्छन् । तर, प्रधान पक्ष के हो ? हाम्रो उपलब्धि प्रमुख पक्ष हो कि कमजोरी ? हेर्ने त्यहाँनिर हो । आधा गिलास पानीलाई आधा भरी छ भने पनि हुन्छ, आधा खाली छ भने पनि हुन्छ । तर, यथार्थ के हो ? पानीको महत्त्व बुझ्नुहुन्छ भने आधा भरिएको भन्न सक्नुहुन्छ । पानीको महत्त्व बुझ्नुहुन्न भने आधा खाली छ भन्न सक्नुहुन्छ । अहिले हाम्रो क्रान्ति जुन ठाउँमा पुगेको छ, त्यसको प्रमुख पक्ष उपलब्धि हो । अहिलेको विश्वमा कहीँ पनि क्रान्ति छैन, कहीँ पनि समाजवादी सत्ता छैन । यो चानचुने वेला हो ? तपाईं-हामी त माक्र्सवादका विद्यार्थी, इतिहासका विद्यार्थी हौँ । माक्र्सवाद त ऐतिहासिक भौतिकवादी विज्ञान हो । इतिहास फर्केर तपाईंले हेर्नुस्, यस्तो भयावह विश्व परिस्थिति बहुत कम वेलामा हुन्छ । माक्र्स र एङ्गेल्सले पेरिस कम्युनलाई ७२ दिनभन्दा टिकाउन सक्नुभएन । के उहाँहरू बेवकुफ भएर हो ? के उहाँहरूको विचार गलत भएर हो ? वस्तुगत अवस्था नै त्यस्तो थियो । उहाँहरूले भगीरथ प्रयत्न गर्नुभयो, तर सम्भव भएन । सन् १८७१ मा पेरिस कम्युन भएको थियो । १९१७ मा आएर मात्रै रुसमा क्रान्ति सम्पन्न भयो । पेरिस कम्युनदेखि अक्टोबर क्रान्ति हुन ४६ वर्ष लाग्यो । के त्यतिवेला ठुल्ठूला विचारक हुनुहुन्थेन ? सन् १८९५ सम्म त एङ्गेल्स नै जिउँदै हुनुहुन्थ्यो । किन पेरिस कम्युनपछि माक्र्सको नेतृत्वमा क्रान्ति सम्पन्न हुन सकेन ? किनभने, आत्मगत र वस्तुगत दुवै परिस्थिति मिल्यो भने बल्ल क्रान्ति हुन्छ । तर, एउटा माक्र्सवादीले आपmनो जीवनकालमा क्रान्ति होस्/नहोस्, सही कुराका लागि लड्नुपर्छ, क्रान्तिको झन्डा उठाइराख्नुपर्छ । वर्गीय व्यवस्था भइन्जेल क्रान्तिकारी संकट दोहोरिरहन्छ । क्रान्ति-प्रतिक्रान्तिको निरन्तर शृंखला चल्छ । क्रान्ति एउटा अनवरत यात्रा हो । 

पेरिस कम्युनको हारपछि माक्र्स-एङ्गेल्सले के भन्नुभयो ? उहाँहरूले भन्नुभयो- अब केही समय पुँजीवाद हाबी हुन्छ, त्यसैले तयारी गरेर जानुपर्छ, संघर्षका विभिन्न रूप अपनाउनुपर्छ । उहाँले जर्मन कम्युनिस्टलाई संसद्मा भाग लिन लगाउनुभयो । उहाँहरूले भन्नुभयो, 'त्यहाँ बस्नूस्, शक्तिसञ्चय गर्नूस्, मजदुरहरूका सहकारी खोल्नूस्, मजदुरमा संगठन गर्नूस् । पुँजीवादको संकटले फेरि एउटा वेला आउँछ ।'

त्यसरी थुप्रै देशमा क्रान्तिको आधार तयार गर्ने काम भयो । माक्र्स-एङ्गेल्सको मृत्युपछि पुँजीवाद साम्राज्यवादमा विकास भयो । साम्राज्यवादका अन्तरविरोध तीव्र भए । बर्नस्टिन, काउत्स्कीहरूले यान्त्रिक ढंगले माक्र्स र एङ्गेल्सका सुझावलाई लिए । उनीहरू क्रान्ति सम्भवै छैन भन्नेतिर गए । प्लेखानोभहरू ढुलमुल गर्न खोजे । लेनिनले नयाँ विश्व परिस्थितिमा एउटा मात्रै देशमा पनि क्रान्ति सम्भव देख्नुभयो । सन् १९०३ मा लेनिनले 'के गर्ने ?' लेख्नुभयो । सन् १९०३ पछि जब अन्तरसाम्राज्यवादी टक्कर तीव्र हुन थाल्यो, तब 'क्रान्तिकारी परिस्थिति आउँदै छ, अब तयारीमा लागौँ' भनेर लेनिनले आह्वान गर्नुभयो । पन्ध्र वर्षको तयारीपछि सन् १९१७ मा उहाँको नेतृत्वमा रुसमा क्रान्ति सम्पन्न भयो ।

ठोस राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थितिकोे ठोस विश्लेषणका आधारमा रणनीति र कार्यनीतिको शृंखला विकास गरियो भने क्रान्ति हुन्छ । त्यो गरिएन भने जतिसुकै टाउको ठोके पनि क्रान्ति हुँदैन । लेनिनले भन्नुभयो, ठोस स्थितिको ठोस विश्लेषण गर्नु नै माक्र्सवादको गुदी हो । बोल्सेभिक क्रान्ति पेरिस कम्युनभन्दा फरक ढंगले सम्पन्न भयो । बोल्सेभिक क्रान्तिपछि थुप्रै देशका क्रान्तिकारीले त्यही ढंगले क्रान्ति गर्न खोजे । सत्ताको नाम पनि सोभियत राख्ने र विद्रोहकै ढंगबाट क्रान्ति सम्पन्न गर्नेे प्रयत्न भए ।

चीनमा वाङ मिङ र ली ली सानहरूले रुसकै हुबहु नक्कल गर्ने खोजे । तर, लेनिनलाई उद्धृत गर्दै माओेले भन्नुभयो, माक्र्सवाद कुनै जडसूत्र होइन, क्रान्तिको विज्ञान हो । यसले त दिशानिर्देश गर्छ र अगाडि बढ्ने मार्गप्रशस्त गर्छ । यसरी माओले दीर्घकालीन जनयुद्धको कार्यदिशा आविष्कार गर्नुभयो । माओलाई ली ली सान र वाङ मिङहरूले झाँको झारे- यो दक्षिणपन्थी हो, यो पूरै निम्नपुँजीपति हो । किसानको क्रान्तिको कुरा गर्छ, सहरमा तुरुन्तै विद्रोह गर्ने कुरा गर्दैन । तर, माओ दृढ भएर बस्नुभयो । उहाँले कहीँ पनि क्रान्तिको हुबहु नक्कल हुँदैन भन्ने मान्यताका आधारमा नयाँ-नयाँ प्रयोग गर्नुभयो । र, सन् १९४९ मा चीनमा नयाँ ढंगले क्रान्ति सम्पन्न भयो ।

मैले यो इतिहास किन बताएको ? क.प्रचण्डले भन्नुभएको छ- क्रान्ति दोहोरिँदैन, विकास हुन्छ । क्रान्तिको मोडेल बनिबनाउ हुने भए सबैले क्रान्ति गर्थे । क्रान्तिका लागि विचार र नेतृत्व चाहिने त्यही भएर हो । त्यसैले माक्र्सवाद-लेनिनवाद-माओवादका आधारभूत प्रस्थापनाको सबभन्दा पहिले ग्रहण र त्यसपछि रक्षा, प्रयोग र विकास गरिनुपर्छ । त्यसरी मात्रै माक्र्स-एङ्गेल्स, लेनिन र माओहरूले क्रान्तिकारी सिद्धान्तको प्रतिपादन गर्नुभएको थियो । तर, माओको निधनपछि त्यस उचाइका विश्व सर्वहारावर्गका नेता पैदा गर्न हामीले सकेनौँ । त्यसपछि साम्राज्यवाद जसरी विकास भएर आयो, त्यसलाई ठीक ढंगले विश्लेषण गर्ने, अन्तर्राष्ट्रिय-राष्ट्रिय परिस्थितिको मूल्यांकन गर्ने र क्रान्तिकारी कार्यदिशाको विकास गर्ने काममा कमजोरी रह्यो ।

तर, हामीले गर्वसाथ भन्नुपर्छ क.प्रचण्डको नेतृत्वमा पार्टीले बिल्कुलै नयाँ ढंगले क्रान्ति सम्पन्न गर्न सकिन्छ, माक्र्सवादका मूल सिद्धान्त सही छन्, त्यसलाई दह्रोसँग पक्रनुपर्छ, तर अहिलेको विश्व परिस्थिति र नेपालको ठोस परिस्थितिमा त्यसलाई विकास गरेर जानुपर्छ भन्ने मान्यताका आधारमा विसं ०५२ सालमा मौलिक ढंगले जनयुद्धको थालनी गर्‍यौँ । जनयुद्ध तयारीका क्रममा हामीले जनमोर्चा बनाएर खुला गतिविधि गर्‍यौँ । त्यतिवेला के भनेका थिए थुप्रै माक्र्सवादी पण्डितहरूले ? 'रिम'सँग सम्बन्धित पार्टीहरूले हाम्रो पार्टी दक्षिणपन्थी भयो, सिद्धियो भनेका थिए । तर, हामीले भन्यौँ- नेपालमा भर्खर पार्टी स्वतन्त्रता आएको छ, भलै यो बुर्जुवा खालको प्रणाली हो, अर्ध-सामन्ती र अर्ध-औपनिवेशिक परिवेशभित्रकै हो । तैपनि, यो खुला परिवेशको फाइदा उठाएर जनतामा राजनीतिक प्रचार गर्नुपर्छ । जनयुद्धको तयारी खुला ढंगले गर्नुपर्छ । खुला मोर्चामार्फत जनयुद्धको तयारीको काम गर्ने, भित्री रूपमा फौजी तयारी गर्ने- यसरी मात्रै क्रान्ति हुन्छ भन्ने नितान्त नयाँ कुरा हामीले अगाडि सार्‍यौँ । धेरै मान्छेले पत्याएनन् त्यतिवेला । हामीले खुला रूपमा मोर्चामार्फत भाषण गर्दै हिँड्यौँ, संसद्मा समेत पुग्यौँ । यिनीहरू डुबे, संसद्मा गएर पनि कहीँ क्रान्ति हुन्छ भने मानिसहरूले । तर, हामीले क्रान्ति अगाडि बढाएर देखाइदियौँ । किनभने, हाम्रो विचार स्पष्ट थियो । हामीले ०४८ देखि ०५२ सालसम्म खुला गतिविधि गर्‍यौँ । तर, भित्री रूपमा जनयुद्धको तयारी पनि गर्‍यौँ । नितान्त नयाँ ढंगले जनयुद्ध सुरु गर्‍यौँ, अनि त मान्छे चकित भए । जनयुद्ध गर्दागर्दै हामी बाहिर वार्ताको कुरा पनि गथ्र्यौं । तर, भित्र हामी फौजी आक्रमणको तयारी गथ्र्यौं । 'सिद्धियो माओवादी, सिद्धियो' भन्थे तर हामी सिद्धिएनौँ । ०५७ सालमा पुगेपछि हामीले जनयुद्धका पाँच वर्षका अनुभवलाई नयाँ ढंगले संश्लेषण गर्‍यौँ- प्रचण्डपथका रूपमा ।

हामीले भन्यौँ- एकोहोरो र यान्त्रिक ढंगले मात्रै क्रान्ति सम्पन्न हुँदैन । कमरेड स्टालिनका पालामा चिजलाई असाध्यै एकमनावादी ढंगले बुझ्ने, एउटा पाटो देखेपछि अर्को देख्नै नसक्ने अवस्था भयो । वस्तु त विपरीतहरूको एकत्व हो । क्रान्ति अन्तर्विरोधहरूका बीचबाट आउने चिज हो भन्ने कुरा नबुझ्ने भयो । सीधा-सीधा यान्त्रिक ढंगले मात्र जान खोजियो । त्यसले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा घाटा पार्‍यो भन्ने संश्लेषणका साथ हामीले क. स्टालिनका ३० प्रतिशत कमजोरीलाई सच्याएर जानुपर्छ भन्यौँ । वस्तुको प्रधान र गौण पक्ष छुट्याएर हेर्नुपर्छ । प्रधान पक्षलाई ग्रहण गर्नुपर्छ र गौण पक्षलाई सहायक गरेर हेर्नुपर्छ भन्ने मान्यता अगाडि सार्‍यौँ । त्यस बुझाइका आधारमा जनयुद्धको विकास भएको थियो । जनयुद्धसँगसँगै विकास भएको त्यस विचारलाई प्रचण्डपथ भनेर संश्लेषण गर्‍यौँ । दोस्रो राष्ट्रिय सम्मेलनले हाम्रो विचारलाई माथि उठायो । त्यही वेलामा हामीले के तय गर्‍यौँ भने हाम्रोजस्तो निरंकुश राजतन्त्रले लामो समयदेखि शासन गर्दै आएको देशमा कार्यनीतिक ढंगले राजतन्त्रका विरुद्ध आन्दोलन केन्दि्रत गरिनुपर्छ । बल्ल त्यसले जनवादी क्रान्तिको ढोका खोल्छ । त्यही कार्यनीतिक शृंखलालाई पछि चुनवाङ बैठकमा गएर हामीले लोकतान्त्रिक गणतन्त्र भनेर परिभाषित गर्‍यौँ । र, अहिलेको जेठ १५ गतेसम्म आइपुग्दा त्यसलाई कार्यान्वयन गरेरै छाड्यौँ ।

०४८ सालमा नौ सिट मात्रै जित्ने पार्टी हामी ०६४ सालमा संविधानसभा चुनावबाट सबभन्दा ठूलो पार्टीका रूपमा आयौँ । ४० सूत्रीय माग बुझाउन जाँदा मान्छेले हेर्न पनि चाहेनन्, फुच्चेफाच्चेका कुरा के सुन्नु भनेझैँ गरे । तर, त्यो पार्टी के भयो अहिले ? जनयुद्धमा विश्व नै हल्लाइदियो भने संविधानसभामा सबभन्दा ठूलो भयो । खालि ६० प्रतिशत समानुपातिक राखिएको हुनाले नै अलिकति कम परेको हो । नत्र प्रत्यक्षतर्फ दुई सय ४० मा एक सय २० जितेकै हो नि हामीले । माधव नेपालजस्ता हस्तीलाई हाम्रा जिल्लास्तरका साथीले पल्टाइदिएकै हो । यो के हो ? यो पार्टीको जित थियो, पार्टीको विचारको जित थियो, जनताको आस्था थियो । परिवर्तन माओवादीले मात्रै ल्याउँछ भन्ने जनताको आस्थाको जित थियो ।

हामीले सेना जस्ताको तस्तै राखेका थियौँ । दुनियाँमा यस्तो शान्ति-सम्झौता भएको छ कतै ? शान्ति-सम्झौता गरेपछि अधिकांश देशमा सेना बुझाइन्छन्, हतियार बुझाइन्छन् । शान्तिवार्ताका क्रममा हाम्रो कत्रो लडाइँ भएको थियो । के त्यो वर्गसंघर्ष होइन ? हामी क्रान्तिकारी हौँ । हाम्रै नेतृत्वमा यति ठूलो परिवर्तन भएको छ भने यति सहजै छाड्दैनौँ भन्ने हामीले अडान लियौँ । र, हाम्रो सेना र हतियार जस्ताको तस्तै राखेर हामी चुनावमा गयौँ । यस्तो कहीँ पनि भएको थिएन । कहीँ भएको थियो भने मलाई बताइदिनुस् । यो नेतृत्वको सुझबुझ थियो कि थिएन ?

हामीले अहिले चुनाव पनि जित्यौँ । जनताले हामीलाई विश्वास पनि गर्‍यो । र, अहिलेसम्म आउँदा हामीसँग सेना पनि छ, जनताले हामीलाई सरकारमा पनि पुर्‍याइदिएका छन् । भलै सत्ता आएको छैन, क्रान्ति पूरा भएको छैन । तर, यो बिलकुल नयाँ ढंगले हामीले गरिरहेका छौँ । यस्तो क्रान्ति कहाँ भएको थियो ? हो, भएको थिएन त बुझ्ने यसको बारेमा कोसिस गर्नुपर्‍यो । अहिले हामी ठूलो समुद्रका बीचमा हिँड्दै छौँ । सानो डुंगा लिएर बत्ती बाल्दै हिँड्दै छौँ । अन्धकार छ, दुनियाँमा कहीँ क्रान्ति छैन । नेतृत्वले कहीँ गएर ठोक्किने हो कि भनेर दायाँ-बायाँ गर्दै अगाडि लगिराखेको छ । त्यो हामीले हेर्न सक्ने कि नसक्ने ? सक्नुपर्छ हामीले । त्यो सकेनौँ भने अन्याय हुन्छ, अनर्थ हुन्छ । र, हामीले क्रान्ति गरिखाँदैनौँ ।

त्यसैले, हामी वस्तुवादी बनौँ, आवेगमा नआऔँ, भावनात्मक ढंगले नबगौँ । मौलिक ढंगले क्रान्ति अगाडि बढ्छ भन्ने यथार्थलाई आत्मसात् गरौँ । नेपालमा हामीले नितान्त नयाँ प्रयोग गरिराखेका छौँ । दसौँ हजार सहिद र बेपत्ताहरूको रगत लत्पतिएर आएका हामी बाँचुन्जेलसम्म क्रान्तिलाई धोका हुँदैन । यति विश्वास हामीलाई हुनैपर्छ । कसैले हाम्रो लासमाथि प्रतिक्रान्ति गर्ला, तर हामी जिउँदो भएसम्म प्रतिक्रान्ति हुन दिँदैनौँ । हामी सरकारमा छौँ । निश्चित रूपमा विदेशीलाई भेट्नुपर्छ । अलिकति सुकिला लुगा लगाएर हिँड्नुपर्छ । कहिलेकाहीँ थोत्रो लुगा लगाएर हिँड्न पाए पनि हुन्थ्योजस्तो लाग्छ । म त चप्पल मात्रै लगाएर हिँड्ने मान्छे । त्यसरी नै हिँड्न पाए हुन्थ्योजस्तो पनि लाग्छ । तर, त्यसो भनेर मात्रै भएन । जोगीजस्तो मात्रै भएर क्रान्तिकारी त भइँदैन । यसैलाई सरकारमा गएर सबै डुबुल्किए भन्ने ढंगका कुरा गरिन्छन् भने त्यो यथार्थ होइन । क्रान्तिमा धेरै कुरो मिलाएर लानुपर्छ । पार्टी नेतृत्व असाध्यै सोचविचार गरेर मात्रै यस बाटोमा हिँडेको छ । र, विश्वास के हो भने हामीले नितान्त नयाँ ढंगले नेपालमा क्रान्ति सम्पन्न गरेरै छाड्छौँ । क्रान्तिबाहेक हाम्रो अर्को कुनै सपना पनि छैन, स्वार्थ पनि छैन । त्यो भएछ भने तपाईंहरूले खबरदारी गर्नुपर्छ ।

निश्चित रूपमा यो नयाँ कार्यदिशाको कार्यान्वयनको सन्दर्भमा जटिलता आएका छन् । असाध्यै चक्करदार खालको बाटो जुन हिँड्न परिराखेको छ, यसले गर्दा कहिलेकाहीँ हामीलाई रिँगटा पनि लाग्छ । ठूलो भीरमा चढ्दै जाँदा चक्कर लाग्छ, तल हेर्न डर लाग्छ । के भयो के भयो भन्ने लाग्छ मान्छेलाई । त्यहाँबाट खस्यो भने खर्लंगै सिद्धिन्छ पनि । हाम्रो क्रान्ति जुन उचाइमा छ अहिले त्यसलाई ग्रहण गर्न नसक्दा कतिपयको दिमाग चक्कराइराखेको छ । हामी यहाँबाट खसिहालियो भने मरिहालिन्छ कि भन्ने डरले काप्छौँ । यही त हो चुनौती भनेको । क्रान्ति चुनौतीपूर्ण हुन्छ ।

ठूलो समुद्रका बीचमा एक्लो डुंगामा सवार हामी किनारमा पुग्न लागिराखेका छौँ । कहिलेकाहीँ डुंगा ढलपल गर्छ, दायाँँ-बायाँ गर्छ, डुब्यो-डुब्यो भनेजस्तो पनि लाग्छ । तर, कुशल चालकले त्यसलाई पार लगाउँछ । हामीले वेला-वेलामा थोरै पानी पनि खाएका छौँ । तैपनि, हामी मुख्य रूपमा सही दिशामा नै छौँ । यसमा तपाइर्ं-हामीले विश्वास गर्नुपर्छ । यसमा विश्वास गरेनौँ भने अकर्मण्यता र निराशा आउँछ । त्यसले क्रान्ति होइन, विसर्जनतिर लैजान्छ । अहिलेको वेला भनेको निरासिने र गुनासो गर्ने वेला होइन ।

प्रतिक्रियावादीहरूले हाम्रो पार्टी फुटाउन खोजेका छन्, राष्ट्रिय भेलाअगाडि फुटाउन खोजेकै हुन्, फुट्यो-फुट्यो भनेर भनेकै हुन् । तपाईं-हामीलाई कता-कता डर लागेकै हो । दसजना नेताले दसथरी बोल्दा के हो, के हो भन्ने हामीलाई परेकै हो । प्रतिक्रियावादीले सिद्धियो-सिद्धियो भनेकै हुन् । फेरि पनि हाम्रो पार्टीले विकसित गरेको एकता-संघर्ष-रूपान्तरणको जुन पद्धति छ, त्यसको हामीले भरपूर प्रयोग गर्‍यौँ । हामीले खुलस्त ढंगले छलफल गर्‍यौँ र त्यसपछि हामी के निष्कर्षमा पुग्यौँ भने फेरि पनि हाम्रो पार्टी मूल रूपमा सही दिशामै छ । कमजोरीहरू मूल कार्यदिशाभित्रका हुन् । मूल कार्यदिशामा कुनै समस्या होइन, कमजोरी त्यसलाई प्रयोग गर्ने सन्दर्भमा भएका हुन् । हिजो जनयुद्धकालमा एक ढंगको शैलीमा हामी अभ्यस्त भयौँ, अहिले हामी खुला शैलीमा जाँदै छौँ । जनयुद्ध, जनआन्दोलन, शान्तिवार्ता र कूटनीति- यी चार पक्षको संयोजन गरेर जुन नयाँ कार्यदिशा हामीले विकसित गरेका छौँ, त्यसलाई बुझ्ने र प्रयोग गर्ने सन्दर्भमा कमजोरी भएकै हुन् । कार्यशैलीमा हाम्रा केही कमजोरी भएकै हुन्, अलिकति असमानता पनि देखापरेकै हुन् । विभिन्न तहका नेता र कार्यकर्ताबीचमा, संगठनमा काम गर्ने र सेनामा काम गर्नेबीचमा कार्यविभाजनको हिसाबले यस्ता अन्तरविरोध भएकै हुन् । सहिद परिवार, बेपत्ता परिवार, घाइतेहरूको रेखदेखमा हामीले वेलैमा ध्यान पुर्‍याउन नसकेकै हो । प्रतिक्रियावादीले विभिन्न ढंगले अल्झाइदिँदा हामीले सरकारभित्र रहेर जे गर्नुपर्ने हो, त्यो गर्न नसकेको हो । यी सबै कारणले गर्दा समस्या आएको हो । तैपनि, हाम्रो निष्कर्ष के हो भने त्यत्रो महान् जनयुद्ध हाँक्ने र अहिले यत्रो चुनौतीका बीचमा त्यसका उपलब्धिको रक्षा गरेर सेना र बन्दुक सबै जस्ताको तस्तै राखेर जनताको अभिमत जित्दै सरकार, सदन र सडक- तीनवटै मोर्चामा वर्चस्व जमाउन सफल पार्टीले यी व्यावहारिक समस्या पनि हल गर्न सक्छ र सक्नुपर्छ । यही सोचका साथ फेरि एकढिक्का भएर उच्च मनोबलका साथ हामी आएका छौँ । यो एकताभाव तलसम्म लानुपर्छ ।

अहिलेको विश्वमा नेकपा -माओवादी)जत्तिको अरू कोही क्रान्तिकारी छैन । हामी बिग्रेको र अरू सप्रेको भन्ने कुरा त 'कालेको बाउले खुट्टा हल्लाएको र अरूले नाचेको' भनेजस्तो न हो । अहिले पनि माओवादी र यसको नेतृत्वले नै गर्ने हो क्रान्ति । त्यसैले हामीले आफूलाई अवमूल्यन नगरौँ, आत्मविश्वास नगुमाऔँ । आत्मविश्वास वा मनोबल ठूलो कुरो हुन्छ । कैयौँ युद्ध लडेका तपाईंहरू थुप्रो साथीहरू हुनुहुन्छ, जित्छु भन्ने मनोबल भयो भने जितिन्छ । सुरुमै हारियो क्यारे, हुन्न क्यारे भनेर खुट्टा कमाउँदै जानुभयो भने हारिन्छ । त्यसैले यस महान् यात्रामा हामी हिम्मतका साथ अगाडि बढ्नैपर्छ । हामीले जितिन्छ, जित्नैपर्छ । त्यसैले राष्ट्रिय भेलाले अगाडि सारेको कार्यदिशा, नीति र कार्यक्रमलाई ठीक ढंगले ग्रहण गरौँ । क्रान्तिबाहेक हाम्रो अरू कुनै सपना छैन । सरकार, सदन र सडक मोर्चामा संघर्ष कसरी व्यवस्थित गर्ने ? कसरी यो क्रान्ति पूरा गर्ने ? हामीले भनेका छौँ, क्रान्ति पूरा भएको छैन, क्रान्ति पूरा गर्न बाँकी छ । तर, उपलब्धिको रक्षा गर्दै नयाँ कार्यदिशा र कार्यनीतिको शृंखलालाई ठीक ढंगले पक्रेर मात्रै हामीले क्रान्ति सम्पन्न गर्न सक्छौँ ।

अहिले पनि नेपाल अर्ध-सामन्ती र अर्ध-औपनिवेशिक अवस्थामै छ । यहाँ साम्राज्यवाद, विस्तारवाद र विशेष गरेर सामन्त, दलाल तथा नोकरशाही पुँजीवादको दबदबा छ । त्यसको विरुद्ध गर्ने क्रान्ति जनवादी क्रान्ति नै हो । यसमा कुनै भ्रम पर्नुपर्नेछैन । लोकतान्त्रिक गणतन्त्र कि जनगणतन्त्र भन्ने विवाद हामीबीच छँदै छैन । लोकतान्त्रिक गणतन्त्र भनेको संक्रमणकालीन बुर्जुवा गणतन्त्र हो, जुन राजतन्त्रको अन्त्य गरिसकेपछि खाली ठाउँमा खडा भएको छ । यो संक्रमणकालीन गणतन्त्रलाई जनताको गणतन्त्र वा जनगणतन्त्र वा नयाँ गणतन्त्रतिर लाने सर्वहारावर्गले कोसिस गर्छ, नाम जे दिए पनि हुन्छ । संसदवादी शक्तिहरूले आपmनै पुरानै संसदीय वेस्टमिन्स्टर प्रणालीमा परिणत गर्न कोसिस गर्छन् । संघर्ष हुने नै त्यहीँ हो । हामीले चुनवाङमै भनेका थियौँ- लोकतान्त्रिक गणतन्त्रमा पुगिसकेपछि त्यस गणतन्त्रलाई जनताको गणतन्त्रमा लाने हो । तर, हामीले अहिले नै 'जनगणतन्त्र' पदावली किन भनेनौँ ? जनगणतन्त्र सर्वहारावर्गको नेतृत्वमा सबै उत्पीडित वर्गको गणतन्त्र हुँदाहुँदै पनि 'जनगणतन्त्र' पदावलीले हिजो माओकै पालाको जस्तो भन्ने सन्देश देला भनेर हामीले त्यसो भनेनौँ । माओका पालामा प्रतिस्पर्धा होइन, सहयोगात्मक भन्ने मात्रै थियो ।

सर्वहारावर्गको एउटा मात्रै पार्टी हुन्छ, त्यसले मात्रै शासन गर्छ भन्ने मोडेल त्यति सही देखिएन । रुस र चीनमा त्यत्रो क्रान्तिपछि पनि प्रतिक्रान्ति भयो । यसका पछाडि अरू पनि कमजोरी छन्, त्यही मात्रै त होइन, तर एउटा ठूलो कमजोरी के रह्यो भने एउटै पार्टीले सधैँ एकाधिकार कायम गरिराख्ने गर्‍यो भने विरोध र असन्तुष्टि चलखेल गर्ने ठाउँ हुँदोरहेनछ । जनताको सहभागिता पनि पुग्दोरहेनछ । त्यसले गर्दा पार्टी सर्वहारावर्गीय चरित्र गुमाएर पुँजीवादी नोकरशाही पार्टीमा परिणत हुने खतरा हुँदोरहेछ । त्यसैले हामीले नयाँ जनवादी क्रान्तिको कालमा मात्रै होइन, समाजवादी कालमा पनि प्रतिस्पर्धालाई स्थान दिनुपर्दोरहेछ । सामन्तवाद र साम्राज्यवादविरोधी प्रगतिशील शक्तिहरूका बीचमा प्रतिस्पर्धा गर्ने ठाउँ दिनुभयो भने मात्रै त्यसले पार्टीलाई नोकरशाही पार्टीमा परिणत हुनबाट बचाउन सक्दोरहेछ भनेर हामीले एक्काइसौँ शताब्दीमा जनवादको विकास भन्ने अवधारणा अगाडि सार्‍यौँ । त्यसैले नामले मान्छेले पुरानै कुरा सम्झने हुन् कि भनेर 'जनगणतन्त्र' मात्रै नभनी राष्ट्रिय भेलाले पार्टीको तत्कालीन कार्यनीतिका रूपमा जनताको संघीय लोकतान्त्रिक राष्ट्रिय गणतन्त्रलाई सूत्रबद्ध गर्‍यो ।

यो बहुसंख्यक उत्पीडित जनताको गणतन्त्र हुनुपर्‍यो । चीनमा एकात्मक गणतन्त्र थियोे । नेपालजस्तो बहुजातीय, बहुभाषिक देशमा एकात्मक शासन उपयुक्त हुँदैन । त्यसैले यहाँ गणतन्त्रलाई संघात्मक बनाउन खोजियो । अनि, लोकतान्त्रिक किन भन्यौँ भने यो प्रतिस्पर्धासहितको हुनुपर्‍यो । सहयोगात्मक भनेर जुन प्रयोग चीनमा गरियो त्यस्तो होइन, हाम्रो लोकतान्त्रिक प्रतिस्पर्धासहितको गणतन्त्र हुन्छ भनेर हामीले 'लोकतान्त्रिक' शब्द राख्यौँ । र, हाम्रोजस्तो साम्राज्यवाद र मुख्यतः भारतीय विस्तारवादको खतरा भएको देशमा गणतन्त्र राष्ट्रिय पनि हुनुपर्‍यो । बाह्य शक्तिको हस्तक्षेपविरुद्ध लड्नुपर्नेछ हामीहरूले । जनताको, संघीय, लोकतान्त्रिक, राष्ट्रिय- यी चारवटा गुण भएको गणतन्त्र हुन्छ हाम्रो । यसमा ठूलो छलफलपछि हाम्रो सहमति भयो । अझै चारवटा विशेषण राख्दा 'नयाँ जनवादी गणतन्त्र', 'जनगणतन्त्र' भन्दा जति मजा आउँथ्यो, जनताको जिब्रोमै गड्थ्यो, त्यो अलि गडेन भन्ने हामीलाई लागेकै छ । छलफल गर्दै जाऊँ । सार यही हो । तर, ठ्याक्कै शब्दचाहिँ महाधिवेशनसम्म खोजौँला ।

हाम्रो पार्टी हुन्थेन, हामीले जनयुद्ध गर्दैनथ्यौँ र हाम्रो नेतृत्व कुशलतापूर्वक आउँदैनथ्यो भने राजतन्त्र जाँदैनथ्यो । प्रस्टै कुरा हो त्यो । हामीले नै पmयाँकेको हो राजतन्त्र । राजतन्त्र पmयाँकेर हामीले ठीक गर्‍यौँ । निश्चित रूपमा सर्वहारावर्गको पूरै सत्ता आइसकेको छैन । तर, राजतन्त्र पmयाँकेपछि प्रतिक्रियावादीहरूको स्वर्गमा भुइँचालो गएको छ । पशुपतिनाथ र सेना समायोजनसम्बन्धी विवाद सबै त्यसैका कम्पन हुन् । धेरै कुरा खल्बलिँदै छ बिस्तारै-बिस्तारै । दरबार, प्रतिक्रियावाद र सामन्तवादका जरा जोडिएका छन् । सरकार, सदन र सडकमा हाम्रा जुन गतिविधि छन्, त्यसले ती जरालाई खलबल्याउँदै छ । कम्पन पैदा भइरहेको छ । यसले बेठीक होइन, ठीक गर्छ । कतिपयलाई लाग्ला, माओवादीले उपद्रो विवाद सिर्जना गर्‍यो । तपाईंहरूलाई अखबार हेर्दा लाग्दो हो, नेताहरू खालि विवाद मात्रै गरिराख्छन् । अव्यवस्थाबाटै व्यवस्था आउँछ, भद्रगोलकै बीचबाट क्रान्ति हुन्छ । भद्रगोल ल्याउने नै हो हामीले । सोच-विचार गरेर भद्रगोल ल्याइयो भने त्यो ठीक हुन्छ । तर, सोच-विचार नगरी ल्याइयो भने त्यो अराजक हुन्छ । अराजक हुँदैमा क्रान्ति हुँदैन । राजतन्त्र र सामन्तवाद जोडिएका विषय हुन् । र, त्यहाँ हामीले अलिअलि घोचेका छौँ, धेरै गरेका पनि छैनौँ । हामीले अकुपंचरले घोचेको न हो अहिले । अलिकति घोच्दा पनि त्यत्रो ऐया र आत्थु गरेर कराउँछन् ।

हामी यस राज्यसत्तालाई नयाँ ढंगले रूपान्तरण गर्न खोज्दै छौँ, हल्ला नगरीकन । कहिलेकाहीँ हल्ला हुन्छ । तर, हामी हाम्रै ढंगले गर्दै छौँ । यहाँ एउटा ठूलो सोच-विचार र योजनाले काम गरिरहेका छन् । सरकार, सदन र सडकका मोर्चाका कामलाई कसरी व्यवस्थित गर्ने ? गाँठी कुरा त्यो हो । सडकमा त हामी माहिर छौँ । सडक भनेपछि अधिकांश साथी रमाउनुहुन्छ । साथीहरूलाई सदनको काम अलि मन पर्दैन । सदनमा हामी खुम्ची-खुम्ची जान्छौँ । तर, सदनमा पनि हामीले संघर्ष गर्नैपर्छ । संविधान बनाउनकै निम्ति जनताले हामीलाई त्यहाँ पठाएका हुन् । हामील्ााई प्रतिक्रियावादीले संविधान बनाउन नदेलान् । तर, जनताका पक्षमा संविधान बनाउनुपर्छ भन्ने तयारीका साथ हामी लड्दै छौँ । संविधानसभाको लडाइँ ठूलो हुनेवाला छ । र, संविधानसभामा नलडीकन छाडेर आएर कुनै क्रान्ति हुनेछैन । हामी हिजो निर्वाचनमा जनताबीच जाने र जनताले हाम्रो प्रतिबद्धतापत्रलाई अनुमोदन गर्ने ! माओवादीले त्यो लागू गरोस् भनेर जनताले हामीलाई जिताउने ! अनि अहिले हामी भने सकिन्न बा ! भनेर छाडेर भाग्ने ? अनि क्रान्तिकारी हुने हामी ? हुँदैन, त्यसरी क्रान्तिकारी भइँदैन । हामीले जनतालाई धोका दिनुहुँदैन । सदनबाट पनि हामीले लड्नुपर्छ, हामी लड्नेवाला छौँ ।

बाघ र बाख्राले एउटै कुवामा पानी खान गाह्रो छ । दुईटा वर्ग एकै ठाउँमा भएपछि टक्कर पनि परिहाल्छ । दुईतिहाइ चाहिन्छ संविधान बन्नलाई । चालीस प्रतिशत हामीसँगै छ । हामीविना संविधान बन्छ ? एक अक्षर पनि लेखिँदैन । कि त हामीले भनेजस्तो संविधान लेखिन्छ, होइन भने कसैको पनि संविधान बन्दैन । त्यसैले यसमा किन डराउने हामी ? विश्व कम्युनिस्ट आन्दोलनमा क्रान्तिभन्दा पहिले सरकारको मोर्चामा गएको उदाहरण छैन । त्यसैले धेरै मानिसलाई लाग्ला, नेताहरू जम्मै फसे । अध्यक्ष पनि त्यहीँ जाने, मुख्य नेताहरू पनि त्यहीँ जाने । निश्चित रूपमा केही कठिनाइ भएको छ । यो हामीले क्रान्तिका निम्ति सचेत ढंगले व्यहोरेको जटिलता हो । क्रान्तिभन्दा पहिले सरकारमा जानुहुँदैन भन्ने कुनै माक्र्सवादमा छैन । सन् १८४८-५० मा जर्मनी र प|mान्समा पुँजीवादी क्रान्ति भइराखेको थियो, त्यतिवेला माक्र्स-एङ्गेल्सको लाइन संविधानसभामा जाने खालको थियो । तर, त्यतिवेला त्यो सम्भव भएन । पछि लेनिनले पनि रुसमा अन्तरिम क्रान्तिकारी सरकारको नारा दिनुभयो । रुसको क्रान्ति फरक ढंगले भयो । क्रान्तिभन्दा पहिले सरकारमा जाने परिस्थिति त्यहाँ बनेन । सन् १९४५ मा चीनमा जनवादी क्रान्ति पूरा भइसकेको थिएन, त्यहाँ पनि माओले संयुक्त सरकारको नारा दिनुभएको थियो । यदि, त्यहाँ तालमेल मिलेको भए उहाँहरू सरकारमा जानुहुन्थ्यो । ढाँटछल गर्न संयुक्त सरकारको नारा दिनुभएको थियो माओले ? भन्न हुन्छ, तर गर्न हुन्न भन्ने कहीँ हुन्छ ? सम्भव भएको भए माओहरू पनि सरकारमा गएर लड्नुहुन्थ्यो । तर, त्यहाँ पनि परिस्थिति अर्कै भयो । च्याङ् काई शेकको मूर्खता, अन्तर्राष्ट्रिय परिस्थिति आदिले गर्दा उहाँहरू सरकारमा जाने स्थिति बनेन । अनि अर्कै बाटोबाट क्रान्ति सम्पन्न भयो । त्यसैले, क्रान्तिकारीहरूले क्रान्तिभन्दा पहिलेको अन्तरिम सरकारमा गएर भूमिका निर्वाह गरेको उदाहरण कम छ । हाम्रो मात्रै यस्तो विशिष्ट परिस्थिति पैदा भयो, जहाँ हामी क्रान्तिभन्दा पहिले सरकारमा पुगोका छौँ । सरकारभित्रैबाट कसरी क्रान्ति संगठित गर्ने ? अहिलेको चुनौती त्यो हो । हामी सडकमा, सदनमा र सरकारमा यो-यो गर्छौं- यी तीनवटा मोर्चालाई जोडेर यसरी क्रान्ति गर्ने भन्नेतिर हाम्रो ध्यानकेन्दि्रत हुनुपर्छ । एक ठाउँमा मात्रै गएपछि क्रान्तिकारी भयोे, अर्को ठाउँमा गएपछि अछूत भइयो- यस्तो सिद्धान्तले पनि कहीँ गरिखान्छ आजको दुनियाँमा ? हामी तीनवटै मोर्चामा लड्नुपर्छ ।

सरकार, सदन र सडक तीनवटै क्षेत्रका संघर्षलाई संयोजित गरेर अघि बढौँ । यही नै सच्चा क्रान्तिकारी कार्यदिशा हो । यसरी मात्रै एक्काइसौँ शताब्दीमा नयाँ ढंगले क्रान्ति सम्पन्न हुनेछ । नयाँ विकसित कार्यदिशालाई दह्रोसँग पक्रौँ । हाम्रो जित सुनिश्चित छ ।
                     

Com. Prachanda

सरकार ढाल्ने इच्छा होला तर ढालिहाल्ने साहसचाहिँ कसैसँग छैन


2009-02-04,Wednesday

सरकार गठनको सय दिनपछि नयाँ पत्रिकासँग तपाईंले भन्नुभएको थियो, 'म आफूलाई साठी नम्बर दिन्छु ।अहिले कति दिनुहुन्छ ?
अब ७५ भन्दा त घट्दै घटि्दनँ ।

पाँच महिनापछि देशवासीका नाममा सम्बोधन हतास मनस्थितिको उपज होइन ?
कसरी हतास ? सत्तामा हामी नयाँ थियौं । शासनयन्त्रका सबल र दुर्बल, सरल र जटिल पक्षहरूको अध्ययन र विश्लेषणका लागि पनि समय चाहिन्थ्यो । एक किसिमले यो अध्ययनको अवधि पनि थियो मेरा लागि, विनापर्याप्त अध्ययन 'रेडिकल स्टेप' चाल्नु व्यावहारिक हुन्नथ्यो । तर, जनताका हामीप्रति यति धेरै अपेक्षा थिए कि यसबीचमा विभिन्न खालका प्रश्न र अन्योलहरू देखापर्न थाले । यथार्थ स्थिति के हो त, तुरुन्त बुझाउनु जरुरी भयो । र, आमूल सुधारका दिशामा एउटा सुरुवातको पहल गरिहाल्नु जरुरी भयो । ढिलो गर्दा जनताको अपेक्षा निराशामा जान सक्छन् भनेर पनि मैले सम्बोधन आवश्यक ठानेँ ।

धेरैको अनुमान छ सम्बोधन महत्त्वाकांक्षी छ र यसको कार्यान्वयन सम्भव छैन...
धेरै होइन, निकै थोरै । त्यस्तो कल्पना गरेका, अविश्वास गरेका ती थोरै मान्छेहरू निराश हुनेछन् । तपाईं इतिहास हेर्न सक्नुहुन्छ । माओवादीमाथि, त्यसको सामथ्र्यमाथि, त्यसको ऊर्जामाथि, त्यसको इच्छाशक्तिमाथि अविश्वास गर्नेहरू अहिलेसम्म सधैं निराश मात्रै हुँदै आएका छन् र यसपटक पनि त्यो दोहोरिनेछ । सम्बोधनको लगत्तै, तपाईंहरू सबैलाई थाहा छ, मैले सबै मन्त्रालयका सचिवलाई बोलाएर 'एक महिनाभित्र यो (सम्बोधन) कार्यान्वयन भएन भने मैले कडा स्टेप चाल्नुपर्ने हुन्छ' भनेको छु । र, सचिवहरू र मन्त्रालयहरूको करिब एक हप्ताको कामकारबाही हेर्दा मेरो सम्बोधन कार्यान्वयनको दिशातिर बढेको देखेको छु । दोस्रो कुरा, कैयौँ विषय ऐनमा नै व्यवस्था गर्नुपर्ने स्थिति आएको हुनाले मैले राष्ट्रपतिसँग कुरा गरेर ऐनहरू ल्याउन लागेको छु र त्यो अन्तिम चरणमा पुगेको छ । ऐनमा नै व्यवस्था गरेर सामाजिक रीतिस्थितिसँग सम्बन्धित सवाल जस्तो छुवाछुत, समानुपातिक समावेशीसम्बन्धी कुरा तथा महिला जनजाति सबै विषयलाई समेटिँदै छ । अहिले नागरिक बेपत्ताको विषय र लगानी बोर्ड अनि त्यहाँ विशेष आर्थिक क्षेत्रको सम्बन्धका विषयमा सरकारमा भएका सबै दलसँग करिब-करिब सहमति पनि भएको छ । कार्यान्वयन प्रक्रियामा जहाँ बाधा अड्चन आउँछ, मैले त्यसलाई कडाइका साथ तोड्ने विचार गरेको छु । हामी त आत्मबलिदानको अग्निपरीक्षाबाट गुज्रेर आएका हौं, यस देशको नियति बदल्न । परिवर्तनको जुन हुटहुटी रआवेग हामीभित्र छ, त्यो अरू कोसँग छ ? तपसिलका कुरामा अल्झेर, झिनामसिना सुविधामा अल्झेर, सानातिना गनगनमा अल्झेर खत्तम हुन्छ भन्ठान्नुभएको छ, माओवादीलाई ?

तपाईं थोरै भन्नुहुन्छ तर त्यस्ता धेरै मान्छे छन्, जसलाई छोरीलाई अंशको कार्यान्वयनमाथि शंका छ ।
तपाईं लेखेर राख्नोस्, छोरीलाई अंश कार्यान्वयन हुन्छ, हुन्छ, हुन्छ । कुन तरिकाले भन्ने विषयमा पार्टीहरूसँग मेरो कुराकानी भइराखेको छ । छोरीलाई अंश दिइएन भने त्यो पैत्रिक जमिन मालपोत कार्यालयबाट छोराहरूका नाममा मात्र नामसारी नै नहुने व्यवस्था गर्न पनि सकिन्छ । देशैभरि छोरीलाई पनि छोरासरह अंश दिनुको अब विकल्प हुनेछैन ।

छुवाछुत निराकरण गर्न कस्तो अध्यादेश आउँदै छ ?
सम्बोधनमा प्रस्टै भनेको छु र त्यही स्पिरिटलाई अध्यादेशमा ल्याउने हो । चाहे जतिसुकै कठोर स्टेप चाल्न परोस्, छुवाछुत अब यस देशलाई मान्य हुनेछैन । म यो कलंक हटाउनेछु ।

सम्बोधनपछिका प्रतिक्रियाबाट उत्साहित हुनुहुन्छ ?
निश्चित रूपमा । समग्र जनताका तर्फबाट, खास गरेर उत्पीडित जनताका तर्फबाट असाध्यै सकारात्मक र उत्साहपूर्ण प्रतिक्रिया आएका छन् । अब प्रतिपक्षको त धर्मैजस्तो भयो, राम्रै कुराको पनि विरोध गर्ने । र, कतिपय आफूलाई अलि ठूला पार्टी भन्नेहरूबाट चाहिँ यस सम्बोधनले जनतासँग सरकारको नेतृत्व गर्ने पार्टीको सम्बन्ध सुदृढ हुने भयो र माओवादीलाई कमजोर पार्ने षड्यन्त्र असफल हुने भयो भनेर चिन्ताका साथ आक्रोश व्यक्त भएको मैले पाएको छु ।

तर, व्यवस्थापिकालाई छलेर अध्यादेश ल्याउनु असंवैधानिक हो भन्दै राष्ट्रपतिको ढोकासम्म आवाज पुगेको त थाहा छ नि तपाईंलाई ?
मलाई विरोधका दुइटा कोण छन् भन्ने लाग्छ । एउटा साँच्चै लोकतान्त्रिक विधिबाट, प्रतिनिधि संस्थामार्फत नै विधेयक ल्याइनुपर्छ भन्ने कुरामा चिन्तित भएर यस्तो नहोस् भन्ने किसिमले विरोध भएको छ । त्यसलाई मैले सकारात्मक रूपमै लिएको छु । दोस्रो, जनताका पक्षमा अध्यादेश आउने र ऐन बन्ने कामहरू हुने अनि माओवादीको प्रभाव जनतामा पर्ने डरले जानीबुझी नियतवश नै यसको विरोध गरिँदै छ । पहिलो कोणका हकमा मेरो तर्क के हो भने केही विषयमा हिजैदेखि राजनीतिक दलका बीचमा सहमति भइसकेको छ । जस्तो, बेपत्ता नागरिकसम्बन्धी आयोग बनाउने विषयमा तीन वर्षदेखि छलफल भएर एउटा सहमति बनिसकेको छ । त्यो विधयेकको मस्यौदासमेत आजभन्दा दुई वर्षअगाडि नै फाइनल भएको हो । त्यसलाई ल्याउनुमा के आपत्ति छ ? त्यस्तै लगानी बोर्ड, विशेष आर्थिक क्षेत्रको सम्बन्धमा, दलित, महिला, मधेसी-तराईवासी, जनजाति आदिवासी समुदायलाई अधिकारसम्पन्न बनाउने विषयमा कसको किन आपत्ति हुनुपर्छ ? अहिले देशको राजनीतिक परिस्थिति र जनताका अपेक्षालाई दृष्टिगत गर्दा भैसकेका सहमतिका विषयमा छिटोभन्दा छिटो काममा जानुपर्ने कुरालाई मैले अन्यथा ठान्नुपर्ने देखेको छैन । यो भयो पहिलो कोणबाट आउने टिप्पणीमाथि मेरो प्रतिक्रिया । दोस्रो कोण त बेइमानी मात्रै हो । बेइमानीको कुनै दबाई त हुँदैन । हिजो पचास-साठी दिनसम्म संसद् चल्न नदिने अनि संसद् स्थगित भएको भोलिपल्ट नै अध्यादेश ल्याउने, अध्यायदेशबाटै सशस्त्र प्रहरी बलसमेत गठन गर्ने अनि गम्भीर महत्त्व बोकेका विभिन्न खालका अध्यादेश ल्याउनेहरूले नै अहिले अध्यादेशको विरोध गर्दा कति सुहाउँछ ? बेपत्ता नागरिकसम्बन्धी आयोग बनाउन, छुवाछुत अन्त्य गर्न, अपराध नियन्त्रण गर्न, छोरीलाई छोरासरह अधिकारसम्पन्न बनाउन अध्यादेश ल्याउँछौँ भन्दा यत्रो कोलाहल मच्चाउनु भनेको निश्चय नै शोभनीय कार्य होइन ।

पछिल्ला बाह्र वर्षमा यस देशले केवल तपाईंका गर्जन सुन्यो । जंगलमा बसेर तपाईंले काठमाडौंमाथि शासन गर्नुभयो । गणतन्त्रको कल्पनै नगर्नेले गणतन्त्रको नारा लगाउने अवस्था सिर्जना गर्नुभयो । संघीयता सुन्नै नचाहनेको हातबाट संघीयतामा सही खसाउनुभयो । टाउकाको मूल्य तोकिएको 'आतंककारीहुनुहुन्थ्यो, तपाईं । त्यतिवेला तपाईंसँग कुनै कमान्ड नै थिएन र पनि यस्तो लाग्थ्यो, सबै कमान्ड तपाईंसँगै छ । तर, अहिले प्रधानमन्त्री हुनुहुन्छ, तपाईंसँग सबै कमान्ड छन् र पनि तपाईंसँग कुनै कमान्ड नभएजस्तो देखिन्छ । यस्तो लाग्छ, तपाईंका गर्जन सकिएका छन् र गनगन सुरु भएको छ !
(लामो हाँसो) यसैलाई भन्छन् द्वन्द्ववाद । तपाईंले जे भन्नुभो, त्यो केही हदसम्म साँचो हो । माओवादी विद्रोह अथवा आन्दोलन नभएको भए यति छिटो गणतन्त्र र संविधानसभाको कसैले कल्पना पनि गरेको थिएन । संघीयताको त कल्पना गर्ने कुरै भएन । तर, अहिले परिवर्तन भइसकेपछि हामीले जसरी सरकारको नेतृत्व गरिराखेका छौँ, राष्ट्रको नवनिर्माण र शान्ति-प्रक्रियाको नेतृत्व गरिराखेका छौँ, त्यसमा कमान्ड छैन भन्ने कुराचाहिँ सत्य होइन । र, गर्जन सकिएर गनगन गरिरहेको भन्ने पनि सत्य होइन । मलाई मेरो जिम्मेवारीको बोध छ । शान्ति-प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने, संविधान बनाउने र नयाँ नेपालको खाका कोर्ने ऐतिहासिक दायित्व छ, हाम्रा काँधमा । हामीबाहेक अरू कसैले पनि यस देशको नियति बदल्न सक्दैनन् भन्ने पुष्टि भइसकेको छ । करिब ६० वर्षको इतिहासमा त्यो कुन राजनीतिक प्रवृत्ति, कुन धारा र कुन राजनीतिक नेतृत्व वा पार्टी-समूह हो, जसले यस देशलाई ऐतिहासिक युगान्तकारी परिवर्तनतिर डोर्‍याउन सक्छ र सक्यो भन्ने पुष्टि भइसकेको छ । अब एउटा समृद्ध र समावेशी नेपाल बनाउने प्रक्रियाको नेतृत्व पनि त्यही राजनीतिक प्रवृत्ति, त्यही धारा र त्यही समूहले गर्न सक्छ, अरूले सक्दैनन् । त्यसैले आमजनताको र मेरो पनि बुझाइ के हो भने मेरो कमान्ड कन्ट्रोल कमजोर भएको होइन । अहिले पनि पुरातनपन्थी र यथास्थितिवादीका विरुद्ध परिवर्तनगामी र अग्रगामी प्रवृत्तिहरूको संघर्ष जारी छ । यसो 'फेस भ्यालु'मा अहिले कमान्ड छैन कि जस्तो देखिनुको पछाडि एउटा कारणचाहिँ संघर्षको निरन्तरता हो । हिजो हामीले जनयुद्धमा जसरी संघीयतालाई, समानुपातिकतालाई, गणतन्त्र र संविधानसभालाई स्थापित गर्न संघर्ष गर्‍यौं, अहिले परिवर्तित परिस्थितिमा त्यसलाई एउटा निष्कर्षमा पुर्‍याउने संघर्ष जारी छ । संघर्षले रूप बदलेको छ र हामी सकेसम्म नम्रता र शिष्टतापूर्वक पेस भएरै जनताको लोकतन्त्रलाई स्थापित गर्न चाहन्छौं । तर, यस प्रक्रियामा पश्चगामी वा यथास्थितिवादी अवरोध खडा गरियो भने तिनीहरूले फेरि हाम्रो गर्जन सुन्न र भोग्न पर्नेछ ।

सत्ताबाहिर हुँदा तपाईं परिवर्तनको विम्ब मानिनुहुन्थ्यो । संविधानसभामा तपाईंको विजय पनि शान्ति र परिवर्तनकै लागि थियो । तर, सत्तामा पुगिसकेपछि त्यस विम्बको रक्षा हुन सकेन भन्ने लाग्दैन तपाईंलाई ?
तपाईंको यो प्रश्न आफैमा धेरै गम्भीर छ भन्ने मलाई लाग्छ । यसको समीक्षा हामीले पार्टीभित्र पनि गम्भीर रूपमा गर्दै छौं र नयाँ निष्कर्षतिर पुग्दै पनि छौं । तर, एउटा कुरा के साँचो हो भने हामी भिन्न परिस्थितिमा अन्तरविरोधहरूलाई परिचालन गर्ने भिन्न स्तरमा अगाडि बढ्दै छौं । तर, अब माओवादी चौतर्फी परिवर्तनका पक्षमा, समाज निर्माणका पक्षमा अगाडि बढ्छ । 'कसरी' भनेर सोध्नुहोला तर सबै कुरा अहिल्यै भन्नु त्यति उपयुक्त नहोला । म यो विश्वास दिलाउँछु, माओवादीले यही परिस्थितिमा पनि सरकारको नेतृत्व गरेरै एउटा सकारात्मक अग्रगामी परिवर्तनको निम्ति यति धेरै काम गर्न सक्दो रहेछ भन्ने केही समयभित्र पुष्टि हुनेछ ।

नागरिकले औसत सरकारका लागि होइन, रचनात्मक आँधीका लागि मत दिएका थिए, माओवादीलाई । त्यो आँधी खै ?
हामीबाट अत्यन्त तीव्र र आमूल परिवर्तनको अपेक्षा थियो भन्ने म मान्छु । तर, जनताले यस सरकारको गणितलाई पनि हेर्नुपर्छ । माओवादीसँग बहुमत हुन्थ्यो भने हाम्रो गति अर्कै हुन्थ्यो । दुई-तिहाइ बहुमत दिएको भए त झन् के-के हुन्थ्यो । तर, एमालेको घेराभित्र राखेर मत दियो जनताले । अब आँधीहुरी खोजेर कहाँ भयो ? अहिलेसम्म बहुमतको एकल सरकार भएको भए मलाई लाग्छ, अस्तिको मेरो सम्बोधनमा परेका कुराहरू सरकार बनेको पन्ध्र दिनभित्रै लागू भइसक्थे । त्यतिखेर कसैले रोक्दैनथ्यो । तर, अहिले यस्तो मत छ कि उता फोरमसँग पनि हामीले कुरा मिलाउनुपर्छ , सद्भावनासँग पनि कुरा मिलाउनुपर्छ, मुख्यतः एमालेसँग कुरा मिलाउनुपर्छ । अनि एमाले कस्तो छ, कसरी व्यवहार गरिरहेको छ, त्यो त भनिरहनै परेन । सबभन्दा ठूलो प्रतिपक्षी यही (एमाले) नै हो कि जस्तो देखिन्छ । यस्तो प्रतिपक्षी सत्तापक्षलाई झुन्ड्याइदिए जनताले हामीलाई । अब जनता भन्छन्, हामीले मत दियौं, माओवादीले केही गरेन । माओवादीलाई बहुमत दिएको भए हामीले हिजै आँधी-हुरी ल्याइदिन्थ्यौं । जनताका पक्षमा ठुल्ठूला परिवर्तन भइसक्थे । मलाई लाग्छ, जनताले यो कुरा पनि बुझेका छन् । मैले विभिन्न कार्यक्रममा गएर जनताको मनोविज्ञान बुझ्दा के पाउँछु भने माओवादीलाई सरकारभित्र घेरा हाल्ने पनि छन्, बाहिरबाट घेरा हाल्ने पनि छन् भन्ने तथ्य जनताको जानकारीमा छ । तर, माओवादी घेरा तोड्न जान्दछ र एकपछि अर्का घेरा तोडेरै यहाँसम्म आएको हो भन्ने पनि जनतालाई थाहा छ । माओवादी अब नयाँ तरिकाले जाँदै छ भन्ने संकेत त मैले सम्बोधनबाट दिइसकेको छु । यो सम्बोधन सुरुवात मात्रै हो, हामी यही घेराभित्रै रहेर पनि धेरै कुरा गरेर देखाउनेछौं ।

बजेटले निर्धारण गरेका कार्यक्रमसमेत सुरु हुन सकेका छैनन् । जस्तो, सुपथ पसल । यस स्थितिमा तपाईंको सम्बोधनले कति आशा जगाउँछ ?
धेरै लामो छलफल, विवाद र संघर्षपछि बोर्डहरू बन्दै छन् । त्यसैले अहिले नै म धेरै नकारात्मक टिप्पणी गर्न उपयुक्त ठान्दिनँ । पाँच महिनासम्म संरचनाहरू नबन्दा नकारात्मक ऊ (सन्देश) जाने नै भयो । तर, जनताले बुझ्ने कुरा के हो भने सरकारको नेतृत्व त छिटोभन्दा छिटो गर्न चाहन्छ, रोक्न त चाहन्न नि । सरकारमा भएका पार्टीहरूले लिङ्गरिङ गर्न चाहेकाले नै यो भइरहेको हो ।

सरकारभित्रै अन्तरविरोध जसरी बढेको छ त्यसले यो सरकार लामो समय चल्दैन भन्ने संकेत दिइरहेको छ । तपाईं आफैलाई चाहिँ के लाग्छ ?
सरकार ढाल्ने इच्छा होला, कसैसँग । तर, त्यो साहस कसैसँग छैन । देशको समग्र संक्रमणकालको परिस्थितिले पार्टीहरूभित्र चरम अन्तरविरोधको स्थिति छ । त्यसमा पनि बुर्जुवा पार्टीहरू, संशोधनवादी र अवसरवादी पार्टीहरूभित्र पनि ठूलो अराजकता छ । तिनीहरूको आधिकारिक नेतृत्व पोलिटिकल स्पेस, राजनीतिक जमिन तयार पार्न असाध्यै बढी व्याकुल पनि छ । इतिहासको संक्रमणकालमा प्रायः राजनीतिक दलमा यसखालको चरित्र देखा पर्छ । दोस्रो कुरा के छ भने नि सबै प्रमुख दलहरू, चाहे सरकारमा हुन्, चाहे बाहिर, यस संक्रमणकालले के बताएको छ भने चाहेर पनि र नचाहेर पनि उनीहरू सरकार गिराउन सक्दैनन् । कुरा बुझ्नुभो ? कमसे कम डेढ वर्ष । सरकार गिराइयो भने संविधान बन्दैन, शान्ति-प्रक्रिया अगाडि बढ्दैन र पूरै देशको भविष्य अन्धकारमा पर्छ भन्ने कुरा तिनलाई गहिरोसँग थाहा छ, चाहे ती जतिसुकै निहुँ किन नखोजून् । सरकार गिराउनेसँग संविधान बनाउने साहस पुग्छ ? शान्ति-प्रक्रियालाई तार्किक निष्कर्षमा लैजाने हिम्मत पुग्छ ? त्यो भनेको ठूलो अराजकतामा फस्नु हो , ठूलो गृहयुद्धमा फस्नु हो भन्ने कुरा सत्ताको रहर गरिरहेका सबैले बुझेका छन् । मैले आउँदो दुई वर्षसम्म सरकार केही हुन्छ भन्ने पटक्कै ठानेकै छैन । जति हिसाब गरे पनि, जति उफ्रे पनि, कराए पनि सरकार गिर्ने र अर्को बन्ने स्थिति नेपालमा छँदै छैन । अहिलेको राजनीतिक संक्रमणकालको बडो विचित्रको अवस्था भन्नुपर्छ, यसलाई । सन्तुष्ट पनि कोही छैन, गरिहाल्न सक्ने पनि केही पनि छैन । कमसे कम डेढ वर्ष त केही गर्न सक्ने स्थिति छैन । डेढ वर्षसम्म हामी कति राम्रो काम गर्न सक्छौं, शान्ति-प्रक्रियालाई सही निष्कर्षमा पुर्‍याएर हामी अगाडि बढ्न सक्छौं कि सक्दैनौं ? जनताको चाहनाअनुसारको संविधान बनाएर अगाडि जान सक्छौं कि सक्दैनौं ? र, नयाँ नेपालको जो परिकल्पना हामीले गरेका छौं त्यसको निर्माणको आधारशिला तयार गर्ने प्रक्रिया हामी थाल्न सक्छौं कि सक्दैनौं ? मलाई लाग्छ, हामी त्यसो गर्न सक्छौं । र, हामीले त्यसो गर्न सक्नुपर्छ । त्यसो गर्न सक्यौं भने डेढ होइन, मेरा विचारमा बीस-तीस वर्षका लागि नेपालमा राजनीतिक स्थिरता आउँछ ।

तपाईं अरू पार्टीका अन्तरविरोधको 'चिन्ताकिन गर्नुहुन्छ ? तपाईंकै पार्टीका 'दुःखकिन भन्नुहुन्न ?
पार्टीमा अन्तरविरोधको स्थिति, पार्टी 'मुभ' गर्ने स्थिति संविधानसभाको निर्वाचनसम्म त्यस्तो होइन । पार्टी मुभ भएर नै संविधानसभाको यो परिणाम सम्भव भएको हो । हामीलाई चुनावको अनुभव त थिएन । पैसा खर्च गरेर चुनाव लडेको पनि होइन । कार्यकर्ता र जनता नै परिचालन गरेर हामी यस स्थितिसम्म आएका हौं । चुनावपछिको चार-पाँच महिनाको अवधि सरकार बनाउने प्रक्रियामै बितेर गयो । त्यसयता डेढ-दुई महिना हामी पार्टीको आन्तरिक बहसमै केन्दि्रत भयौं । तर, तपाईंले देख्नुहुन्छ अब फागुनबाट हाम्रो अभियान सशक्त रूपले जान्छ । हजारौँ कार्यकर्ता जिल्ला- जिल्लामा, गाउँ-गाउँमा सक्रिय भएर जान्छन् । जसरी लडाइँ लड्यौं त्यसैगरी निर्माणको लडाइँ लड्छौं हामी । हामीले भनेका छौं नि, एकीकृत एकता राष्ट्रिय जागरण अभियान । त्यो अभियान त्यसरी नै जान्छ ।

अहिले के ठट्टा के गरिन्छ भने माओवादी देशको सबैभन्दा ठूलो कन्टेनर हो । राधाकृष्ण मैनाली पार्टीमा आउँदै र मातृका यादव जाँदै गरेको दृश्यले चिमोट्दैन तपाईंलाई ?
न राधाकृष्ण आउँदै छन्, न मातृका जाँदै छन् । एउटा क्रान्तिकारी पार्टीले ठूलो आन्दोलनबाट ठूलो सफलता हासिल गरिसकेपछि समाजमा भएका सबै प्रवृत्ति त्यसमा आउन खोज्ने र आकषिर्त हुने रहेछ जहाँ पनि । लेनिनको पार्टीमा पनि त्यो भएको थियो । अक्टोबर क्रान्तिको दुई वर्षपछि लेनिन आफै नवप्रवेशीको भिडसँग तर्सेर भनेका थिए, 'अरे, यो के पार्टी भयो यस्तो !' भएभरका खराब तत्त्वजति सबै बोल्सेभिक पार्टीभित्र घुसेका थिए । चीनमा पनि (सन्) १९४९ को क्रान्तिपछि त्यस्तै भयो । पार्टीमा कोको आए, आए भन्ने खालको (वातावरण) बन्यो र शुद्धीकरण आन्दोलन चलाइराख्नुपर्‍यो । अब तपाईंले व्यक्तिगत कुरा गर्नुभयो । को-कस्तो भन्ने दुइटा पाटा हुन्छन् । ठूलो आन्दोलन र ठूलो परिवर्तनपछि मान्छेले 'रियलाइज' गर्ने र आत्मालोचित हुने कुरा पनि हुन्छ । अनि अर्को, जता मल्को उतै ढल्क्यो भन्ने खालको पनि हुन्छ । यो फरक छुट्याउने दायित्व पार्टीको हो । तपाईंले जुन नाम लिनुभो नि, राधाकृष्ण मैनाली । उनीसँग मैले भेटेकै हो । लामो समयदेखि उनले भेट्न खोजेका थिए । राधाकृष्ण मैनाली भनेको पनि नेपालको कम्युनिस्ट आन्दोलनको एउटा विशिष्ट पात्रचाहिँ हो त । झापा विद्रोहबाट लामो समय जेल बसेर त्यसपछि चाहिँ एमालेको एउटा वरिष्ठ नेता भएर, मन्त्री बनेर र फेरि त्यो छाडेर राजाका पक्षमा लागेर त्यहाँबाट पनि मन्त्री बनेर आएको एउटा पात्र त हो । पात्रका अनुभव के छन् त नि भनेर जान्न खोज्नु अस्वाभाविक हो जस्तो लाग्दैन मलाई । अब रह्यो कुरा, मातृका जाँदै छन् । पहिलो कुरा, मातृका जानुभएको छैन । हाम्रो पार्टीको केन्द्रीय समितिमै हुनुहुन्छ । हो, उहाँका केही अभिव्यक्ति पार्टीविपरीत, पार्टीका सामान्य मूल्य-मान्यताविपरीत छन् । त्यसो त उहाँले वेलावेलामा जोसिएपछि पहिले पनि यस्तो भन्ने गर्नुहुन्थ्यो, यो सबैले बुझेकै छन् । पछिल्लो चोटि मैले स्पष्टीकरण लिँदै छु उहाँसँग । त्यसपछि नै उहाँको पहिचान के हो भन्ने थाहा होला । यदि पार्टी र आन्दोलनभन्दा बाहिर जानुभो भने त्यसले उहाँ विचलित हुनुभो भन्ने कुरा प्रमाणित हुन्छ । म आशा गर्छु, त्यस्तो हुँदैन ।

प्रधानसेनापति र सरकारबीच ठूलै समस्या हो ?
के समस्या हुन्छ ? यस विषयलाई 'प्रोभोक' गर्न खोजिएको छ । सर्वमान्य सिद्धान्त के हो भने सेना निर्वाचित नागरिक सरकारको मातहतमा हुन्छ । यो संसारभरिकै 'नम्र्स' हो । कम्युनिस्टहरू नै पनि के भन्छन् भने पार्टीले बन्दुक चलाउँछ, बन्दुकले पार्टी चलाउँदैन । पार्टिकुलर एउटा पात्रको कुरा त्यति महत्त्वपूर्ण होइन । अनमिनको चिठीको सन्दर्भ, हाम्रो आफ्नै पोजिसन, शान्ति-प्रक्रियाको सन्दर्भ र मधेसमा चलिरहेको आन्दोलन र त्यसका विभिन्न मधेसवादी समूहहरूको पनि आग्रहलाई हेरेर केही समयको निम्ति सेनामा नयाँ भर्तीको प्रक्रियालाई रोकौं भन्ने सोचेर रक्षा मन्त्रालयबाट निर्देशन दिइएको र सेनाले प्रक्रिया अगाडि बढिसकेकाले रोक्न अप्ठ्यारो हुन्छ कि भनेको स्थितिचाहिँ हो । अरू जटिलता छैन । फेरि सेना र माओवादीबीच अब समस्या हुनुपर्ने के छ र ? सेना र हामी युद्ध लड्यौं, हामीलाई जति कसलाई थाहा छ, युद्धको पीडा ? कोही तत्त्वले माओवादी नेतृत्व र सेनाबीच अन्तरद्वन्द्व बढोस् भनेर स-साना कुरालाई इस्यु बनाउने र घिउतेल हाल्ने काम गरेको छ ।

 

Comrade Shaktibahadur Basnet

प्रमका प्रमुख स्वकीय सचिवमाथि गोली प्रहार

सन्तोष पौडेल

काठमाडौं, २७ माघ : प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव तथा एकीकृत नेकपा -माओवादी)का पोलिटव्यूरो सदस्य शक्तिबहादुर बस्नेत 'सुरेशसिंह’माथि सोमबार साँझ गोली प्रहार भएको छ ।

राजधानीको कोटेश्वर नजिक निखिलेश्वर मन्दिरसँगै रहेको उहाँको निवासस्थानमा गोली प्रहार भएको हो ।

गोली प्रहारबाट बस्नेत घाइते हुनुभएको छ । बेलुकी सवा सात बजेतिर प्रधानमन्त्री निवास बालुवाटारबाट निवासमा र्फकनेबित्तिकै उहाँलाई अज्ञात हतियारधारीले पाँच राउन्ड गोली प्रहार गरेको थियो ।

उहाँको तिघ्रामा पछाडिबाट दुईवटा गोली लागेको छ । घाइते हुनुभएका बस्नेतको ललितपुर ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ । उहाँ खतरामुक्त हुनुभएको उहाँको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । उहाँ केही दिन अस्पतालमै रहनुपर्ने जानकारी पनि अस्पताल स्रोतले दिएको छ ।

प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घाइते बस्नेतसँग फोनमा कुराकानी गर्दै सबै घटना शृङ्खलाहरूको एउटा पाटो हो भन्नुभएको छ ।

सूचना तथा सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता कृष्णबहादुर महराले यस घटनाको घोर भत्र्सना गर्दै अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको बताउनुभयो । यसैगरी एकीकृत नेकपा -माओवादी)का प्रवक्ता दिनानाथ शर्माले जनदिशासँग कुरा गर्दै भन्नुभयो, 'देशमा शान्ति नचाहने प्रतिगामीहरूको शृङ्खलाबद्ध घटनाक्रमको यो पछिल्लो कडी हो । उहाँले यस घटनालाई नेतृत्वमाथि भएको आक्रमण भन्दै घोर निन्दा गर्नुभएको छ ।

त्यसैगरी प्रधानमन्त्रीका प्रेस सल्लाहाकार ओम शर्माले यस आक्रमणलाई शान्ति परिवर्तन र माओवादीको सरकारलाई देख्न नचाहने प्रतिगामीहरूको षड्यन्त्र भएको बताउनुभएको छ ।

उहाँको निवास नजिकैको अर्को घर परिसरबाट उहाँमाथि गोली प्रहार भएको र मुखमा कालोपट्टी बाँधेको आक्रमणकारी तत्काल भागेको प्रत्यक्षदर्शी एवम् बस्नेतका गाडी चालक विवेक बीसीले बताउनुभयो ।

प्रत्यक्षदर्शीको भनाइ

बालुवाटारबाट चक्रपथको बाटो हुँदै निवासस्थान पुग्नेबित्तिकै उहाँमाथि गोली प्रहार भएको थियो । 'उहाँ गाडीको ढोका खोलेर निस्कनुभयो । मलाई ब्याग लिएर आउन भन्नुभयो । म ब्याग लिएर जान लागेको बेला गाडीभित्रै हुादा पटका पड्केको जस्तो आवाज सुनेा । म बाहिर निस्किएँ । के भयो थाहा भएन तर पल्तिर एकजना दौडिरहेको देखेा । लोडसेडिङ भएकोले उसलाई चिन्न सक्ने अवस्था थिएन । उसले फेरि फायर गर्‍यो । म उसलाई लखेट्न दौडिएँ तर मलाई एकजना दिदीले समाउनुभयो । पछि धेरै मानिस जम्मा भए । हेर्दा उहाँलाई गोली लागेको रहेछ । हामीले तत्काल उपचारका लागि अस्पताल लिएर गयौं ।

उहाँको शल्यक्रियाबाट उक्त गोलीहरू निकालिसकेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । उहाँको उपचारमा वरिष्ठ चिकित्सकहरू डा. अशोककुमार बाँस्कोटा, डा. जगदीशलाल वैद्य, डा.बाबुकाजी श्रेष्ठ, विनोद विजुक्छे र प्रभातरञ्जन बराल संलग्न हुनुहुन्छ ।

उहाँलाई कसले र किन गोली प्रहार गरेको भन्ने खुल्न सकेको छैन । उहाँमाथि लक्षित गरेर पाँच गोली प्रहार गरिएको भए पनि उहाँलाई दुईवटा मात्र गोली लागेको थियो ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ भने प्रहरीले आक्रमणकारीको खोजी कार्य तीव्र बनाएको छ ।

उहाँलाई उपचारका लागि अस्पताल पुर्‍याएपछि उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता कृष्णबहादुर महरा, स्वास्थ्य मन्त्री गिरीराजमणि पोख्रेल, पर्यटन मन्त्री हिसीला यमी, सामान्य प्रशासन मन्त्री पम्फा भुषाल, शान्ति तथा पुनर्निर्माण मन्त्री जनार्दन शर्मा 'प्रभाकर’ लगायत अन्य मन्त्रीहरू, माओवादीका वरिष्ठ सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ 'प्रकाश’, लिलामणी पोखरेल, हितमान शाक्य, अग्निप्रसाद सापकोटा, मातृकाप्रसाद यादवलगायतका नेता तथा कार्यकर्ताहरू उहाँको स्वास्थ्य स्थितिबारे जानकारी लिन सोमबार सााझ बी एण्ड बी अस्पताल पुगेका थिए ।

गोलीकाण्डपश्चात् राजधानीको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको प्रहरीले जनाएको छ .

Comrade Basnet pressstatement

एकिकृत नेकपा माओवादीका पोलिटव्यूरो सदस्य शक्तिवहादुर वस्नेत माथि भएको आक्रमणको भर्त्सना गरौं

 

१२फेव्रुअरी२००९

एकीकृत नेकपा माओवादीका अध्यक्ष्य तथा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रधानमन्त्रि क.प्रचण्डका स्वकीय सचीव तथा एकिकृत नेकपा माओवादीका पोलिटव्यरो सदस्य क.शक्तिवहादुर वस्नेतलाई ९.०२.२००९ को सांझ वहांकै निवासस्थानमा भएको आक्रमणको हामी यूरोपस्थित प्रगतिशील संगठनहरुको तर्फाट संयूक्त रुपमा घोर भर्त्सना गर्दछौं ।

म्ाहान नेपाली जनयुद्ध र जनआन्दोलनको फलस्वरुप भइरहेको राजनैतिक परिवर्तनको संक्रमणकालीन यो परिवेशमा संविधान सभाको माध्यमवाट जनमुखी संविधानको लेखनमा नेपाल प्रवेश गरिरहेको अवस्थामा नेपाल सरकारको नेतृत्वमा रहेर एकिकृत नेकपा माओवादीले शुरु गर्नलागेको जनपक्षीय अभियानवाट आतंकित जनविरोधी यथास्थिीतीवादी तथा प्रतिकृयावादी तत्वहरुको कायरतापर्ूण्ा हर्कतको रुपमा हामीले यसलाई लिएका छौं ।

एकिकृत नेकपा माओवादीलाई राष्टि्य तथा अर्न्तर्रराष्ट्रिय तवरमा राजनैतिक रुपमा कपोलकल्पित आरोपहरु लगाई वद्नाम गराउने प्रतिकृयावादीहरुको पहिलो प्रयास असफल हंुदै गएपछि यस्ता कायरतापर्ूण्ा आक्रमणहरु गर्दै अनावस्यक रुपमा माओवादीलाई उत्तेजित वनाउने तथा देशमा अस्थिरता पैदा गराइ नेकपा माओवादीलाई असफल सिद्ध गराउने प्रयासका घटनाहरुको श्रृंखलास्वरुप प्यूठानको प्रहरी चौकीमाथीको आक्रमण,देशका विभिन्न भागमा एकिकृत नेकपा माओवादीका नेता तथा कार्यकताहरुका र त्यसका जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताहरुको हत्या तथा आक्रमण हंुदै पार्टर्ीीे उच्च नेतृत्व क. शक्ति वहादुर वस्नेत माथिको कायरतापर्ूण्ा आक्रमण सम्म प्रतिकृयावादीहरु आइपुगेका छन् ।

न्ोपालमा सदैव द्ध्रन्द कायम राख्दै र नेपालको राष्ट्रियतामाथि ठाडो हस्तक्षेप गर्दै नेपाललाई आफ्नो कव्जामा लिई चीनलाई घर्ेर्ने अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादलाई नेपालको वर्तमान जनमुखी लोकतान्त्रिक पद्धति चुनौतिको रुपमा खडा भएपछि यो पद्धतिलाई ध्वंस गरी नेपलमा फेरी प्रतिकृयावादी तत्वलाई नै पर्ुनर्रस्थापना गर्न साम्राज्यवाद र विस्तारवाद लागिपरेको तथ्यको पनि यी घटनाक्रमहरुले पुष्टि गरेका छन्।

जनसंविधान निर्माण र शान्ति प्रकृयालाई तार्किक निष्कर्षा पुग्न नदिनका लागि केन्द्रित भइरहेका यस्ता तमाम गतिविधिहरु प्रति हामी घोर भर््रर्त्सना गर्दछौ । यसरी यो अग्रगामी कार्यमा वाधा अड्चन खडा गरी एकिकृत नेकपा माओवादीले शुरु गर्न लागेको जनपक्षिय अभियानलाइ अवरुद्ध पारेमा निश्चित रुपमा नेपाली जनताको लागी आफ्नो राज्यसत्ता स्थापनार्थ जनव्रि्रोह अपरिहार्य छ । त्यसका लागि विगतका जनयुद्ध तथा जनआन्दोलनमा जस्तै सहयोग गर्न हामी प्रवासी नेपालीहरु प्रतिवद्ध छौ।

संयुक्त नेपाली मोर्चा, युरोप

अध्यक्ष नवीन सापकोटा

नेपाली जनजाति सरोकार मञ्च,युरोप

अध्यक्ष राम वहादुर गुरु‹

नेपाली जनप्रगतिशिल मंच, बेल्जियम

अध्यक्ष विष्णु भुजेल

नेपाली जनजाति सरोकार मञ्च वेल्जियम

अध्यक्ष गम वहादुर गुरु‹

नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा,वेल्जियम

संयोजक कृष्ण तिवारी

नेपाली जनप्रगतिशिल मंच, फ्रान्स

अध्यक्ष अशोक घले,

अन्तराष्ट्रियतावादी नेपाली ऐक्यवद्धता मंचर्,जर्मनी

अध्यक्ष प्रभाकर शर्मा

नेपाली ऐक्यवद्धता मंच,स्वीट्जरल्याण्ड

अध्यक्ष्य अशोक चौलागाई

नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा पोर्चगल

अध्यक्ष राम व गौचन

नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, नेदरल्याण्ड

संयोजक तुलसी अंगाई

नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, जर्मनी

अध्यक्ष गंगालाल श्रेष्ठ

नेपाली जनप्रगतिशिल शान्ति समाज अष्ट्रिया

अध्यक्ष राजेस खतिवडा

नेपाली समाज युके सम्मेलन आयोजक समितिका

संयोजक सुरेश गौतम

नेपाली जनप्रगतिशिल मंच, स्पेन

अध्यक्षर् इश्वर शर्मा

नेपाली समाज नर्वे

स्ांयोजक डा कृष्ण अर्याल

मगर राष्ट्रिय मुक्ति मोर्चा,नेपाल इकाई समिति वेल्जियम

संयोजक कुल वहादुर मगर मगर

नेपाली प्रगतिशील महिला मञ्च,वेल्जियम

अध्यक्ष कल्पना मगर

नेपाली जनप्रगतिशील मञ्च डेनमार्क

संयोजक उदय गौतम

नेपाली जनजाति सरोकार मञ्च, नेदरल्यण्ड

अध्यक्ष बृख सुब्बा

UNF Europe Memorandum to PM.

संयुक्त नेपाली मोर्चा यूरोपद्वारा प्रधानमन्त्री समक्ष ज्ञापनपत्र

12 Feb, 2009

सम्माननीय प्रधानमन्त्री ज्यू, युरोपका विभिन्न देशमा क्रियासिल वामपन्थी, प्रगतिशिल तथा देशभक्त नेपालीहरुको साझा मोर्चाको रुपमा स्थापित संयुक्त नेपाली मोर्चा, यूरोपले स्थानिय संघ संगठनहरुलाई वैचारिक, राजनैतिक तथा सांगठनिक नेतृत्व प्रदान गर्दै आएको छ । प्रवासमा रहेता पनि राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाको सवालमा, नेपाली जनताले परिवर्तनका पक्षमा चलाएको आन्दोलनको समर्थनमा, जनयुद्धको वैचारिक तथा राजनैतिक उपलब्धीहरुलाई अन्तराष्ट्रिय रुपमा स्थापित गर्ने, नेपालमा साम्राज्यवादी तथा विस्तारवादीहरुले गर्दै आएको हस्तक्षेपलाई नङग्याउंदै भण्डाफोर गर्ने, नेपालको परिवर्तनको पक्षमा अन्तराष्ट्रिय जनमत जुटाउने, नेपाली जनताले चलाएको जनयुद्धलाई सक्दो राजनैतिक, आर्थिक तथा अन्य सर सयहोग जुटाउने, स्थानिय रुपमा विभिन्न कारणले प्रवासमा रहेका नेपालीहरुको हक र अधिकारको पक्षमा आवाज उठाउने र प्राप्तीको लागि संघर्ष गर्ने जस्ता कार्यहरु यस मोर्चा तथा सदस्य संगठनहरुबाट निरन्तर हुदै आएको छ । वर्तमान अवस्थामा वैदेशिक हस्तक्षेपलाईस चिर्दै पूर्ण राजनैतिक क्रान्ति सम्पन्न गर्न र देशको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरण गर्न राष्ट्रिय रुपमा नभई अन्तराष्ट्रिय रुपमै नेपालीहरु तथा नेपालका सहयोगीहरुलाई परिचालन गर्न जरुरी छ । त्यसका लागि वर्तमान सरकारले सही राजनैतिक तथा आर्थिक कार्ययोजना निर्माण गरी नेपालको उन्नति र प्रगतिको लागि प्रवासी नेपालीहरुलाई समेत परिचालित गर्नुपर्ने देखिन्छ । एकिकृत नेकपा ९माओवादी०को नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न गर्ने कार्यभार एकातर्फ छ भने अर्को तर्फ देशको आर्थिक उन्नतिको लागि दिर्घकालिन तथा अल्पकालिन कार्ययोजनाहरु निर्माण गर्न सरकार समक्ष मोर्चा आग्रह गर्दछ । विदेशमा गएका सबै नेपालीहरुलाई राष्ट्र निर्माणको प्रक्रियामा समावेश गराउन वर्तमान सरकारले ठोस योजनाहरु सार्वजनिक गरी भारत, खाडी क्षेत्र हुदैं संसारभरि फैलिएका सबै नेपालीहरुबाट कम्तीमा १ महिनाको तलब ऋण स्वरुप सहयोग माग्न सरकारलाई मोर्चाले प्रस्ताव गर्छ । रहरले नभई बाध्यताका कारण प्रवासी नेपालीहरुलाई राज्यले विश्वास दिलाउन सक्यो पनि नेपालीहरुको अंशअंशको लगानीले राष्ट्रको विकास निर्माणमा ठूलो योगदान पुर्‍याउन सक्छ भने हाम्रो विश्वास छ । यदि परिवर्तनको लागि सबै नेपालीहरुलाई परिचालन गर्न सके देश विदेशी सहयोग वा ऋणको सानो हिस्सामा ठूलो फड्‍को मार्ने संभावना छ । युरोपमा रहेका नेपालीहरुको प्रतिनिधि संगठनको हैसियतले सम्माननीय प्रधानमन्त्री समक्ष केही मागहरु पेश गरेका छौं । यी मागहरु कार्यन्वयन गर्दा नेपाली जनताले मुक्ति र परिवर्तनको चाहनालाई सहयोग पुग्ने विश्वास हामीले लिएका छौं । सम्माननीय प्रमको हैसियतले यी मागहरुलाई गम्भिर रुपले लिनुहुनेछ भन्ने हाम्रो विश्वास छ ।

मागहरु स्- नेपालमा खुल्ला ढंगले भइरहेको साम्राज्यवादी तथा बिस्तारवादी हस्तक्षेपबाट मुक्त गरी नेपालको राष्ट्रियता, सार्वभौमिकता तथा अखण्डताको सुनिश्चितता गरियोस्‍ । भारतसंग गरिएका सम्पूर्ण असमान सन्धी तथा संझौताहरु तत्काल खारेज गरियोस्‍ । महान्‍ जनयुद्ध तथा जनआन्दोलनका अपराधीहरुलाई तुरुन्त कारवाही गरियोस्‍ । जनयुद्धको क्रममा तथा त्यस पछि राज्य बेपत्ता पारिएका सम्पूर्ण नागरिकहरुलाई तुरुन्त सार्वजनिक गरियोस्‍ । दरबार हत्याकाण्डको जनपक्षीय छानबिन गरियोस्‍ । एकात्मक राज्यसत्ताको अन्त्य गर्दै संघीय राज्यप्रणालीमा देशको जल, जमीन, जंगल, जनावर, जडिबुटी, जराजुरी, जलबायू र जनशक्तिको उचित ढंगले वितरण गरियोस्‍ । संविधानसभा मार्फत नेपाली जनताले जनयुद्धको क्रममा उठाएका मागहरुलाई संबोधन गर्दै जनसंविधानको निर्माण गरियोस्‍ । रँज्यसंयन्त्रमा ब्याप्त भ्रष्ट्राचारको अन्त्य गरियोस्‍ । क्रान्तिकारी भूमिसुधार लागु गरियोस्‍ । दण्डहिनताको अन्त्य गरियोस्‍ । नेपालका बेरोजागर युवाहरुलाई देश भित्र केही गर्न सक्ने स्थिति निर्माण गर्न बिना धितो ऋण प्रदान गरियोस्‍ ।

प्रवासी नेपालीसंग सम्बन्धित मागहरु स्- इराक, अफगानिस्तान, लगायतका असुरक्षित देशहरुमा अवैध ढंगले नेपालीहरु लैजाने मानव तस्करहरुको खोजी गरी कडा भन्दा कडा कारवाही गरियोस्‍ । श्रम मन्त्रालयमा हुने ढिलासुस्ती, भ्रष्ट्राचार, जस्ता कार्यहरुलाई नियन्त्रण गरियोस्‍ रोजी रोटीको खोजीमा विदेशीएका नेपालीहरुको बारेमा स्पष्ट नीति निर्माण गरी तुरुन्त कार्यान्वयन गरियोस्‍ । नेपालमा च्याउसरी उम्रिएका म्यानपावरहरुलाई व्यवस्थित गरी सुरक्षित कामहरुमा सीप र क्षमताको विकास गरेर मात्र वैदेशिक राजगारीमा पठाउने स्थिति निर्माण गरियोस्‍ । अरब क्षेत्रका विभिन्न देश लगायत युरोपका देशहरुमा राजुदुतवास स्थापना गरियोस्‍ । देशको उच्चपदमा कार्यरत अधिकारीहरु अध्ययन लगायतका सिलसिलामा विदेशीए पछि नफर्केको स्थितिमा त्यस्ता अधिकारीहरुलाई कडा कानूनी कार्वाही गरियोस्‍ विदेशमा रहेका प्रवासी नेपालीहरुको सीप, ज्ञान र बौद्धिक क्षमतालाई नेपाल भित्रै प्रयोग गर्न सक्ने वातावरण निर्माण गरियोस्‍ ।- नेपाल देखि यूरोपका विभिन्न शहरमा सिधा हवाई उडानको व्यवस्था गरियोस्‍ । नयाँ नेपालको नयाँ सोंच लागू गर्न सक्ने कूटनैतिक नियूक्ति गरियोस्‍ । यूरोपमा रहेका नेपालका राजदुतावासहरुबाट जन्म, विवाह जस्ता सधारण दर्ता प्रमाणहरु दिने व्यवस्था सरलीकृत गरियोस्‍ ।- प्रवासी नेपालीहरुलाई दोहोरो नागरिकताको व्यवस्था गरियोस्‍ । यूरोपमा वाणिज्यदूतको व्यवस्था गरियोस्‍ ।- वासी नेपालीहरु नयाँ संविधान निर्माण प्रक्रियामा समावेश गर्दै नयाँ संविधानमा प्रवासी नेपालीहरुको सम्बन्धमा स्पष्ट व्यवस्था गरियोस्‍ । - यूरोपियन यूनियनमा स्थायी प्रतीनिधिको व्यवस्था गरियोस्‍ ।

नवीन सापकोटा

अध्यक्ष

बिनोद तिवारी

महासचिव

फेव्रवरी २, २००९

 

Nepalese Republic Democratic Republic Front, Belgium

 

        g]kfnL nf]stflGqs u0ftflGqs df]rf{,a]lNhod

Nepalese Democratic Republic Front, Belgium

 

                             

     ;"rgf π             ;"rgf ππ              ;"rgf πππ

                  

                  

;fdGtjfbL /fHoJoj:yfsf] sf/0f ljleGg rk]6fjf6 ljb]lzg jfWo ePsf  g]kfnLx?n] ljb]zdf /x]/ klg nfdf] ;do b]lv d'lQmsfdL g]kfnL hgtfn] rnfPsf cfGbf]ng k|lt ljleGg dfWodaf6 ;xof]u,;dy{g / P]Soj4tf hfx]/ ub}{  a]lNhoddf /x]sf xfdL b]zeQm, k|ultzLn,hgtflGqs,jfdklGy tyf nf]stflGqs u0ftflGqs zltmx?nfO{ uf]njGb ub}{ cfGbf]ng/t /lx cfPsf] o; g]kfnL nf]stflGqs u0ftflGqs df]rf{,j]lNhodn]]] cfkm\gf] :yfkgfsf] Ps jif{ k'/f ul/;s]]sf] 5 . clxn] g]kfn ;+l3o /fli6«o nf]stflGqs u0ftflGqs /fHo 3f]lift ePsf] 5 t/ ;+s|d0fsflng /fhg}lts ca:yfsf sf/0f o;sf] ;+:yfut lasf;, gof“ g]kfnsf] hgd'vL ;+lawfg lgdf{0f ug{, lj:tf/jfb tyf ;fd|fHoafbsf] x:tIf]k /f]Sg, ;a} ju{,hflt,wd{,efiff,ln¨ / If]q cflbnfO{ ;+d[4 jgfO{ :jfledfgsf ;fy g]kfn leq} af“Rg kfpg] l:yltsf] lgdf{0f ug]{ h:tf sfo{ ug{ cem} klg xfd|f ;fd' lo bfloTj / lhDd]jfl/ k'/f ug{ af“sL /x]sf 5g\ . o;y{ o; df]rf{nfO{ cfufdL lbgdf cem z;St, Jofks tyf k|efasf/L 9+un] cufl8 a9fpgsf nflu olx] !% dfr{ @))( cfO{taf/sf lbg æ;+l3o /fli6«o nf]stflGqs u0ftflGqs g]kfnsf] ;+:yfut lasf; u/f}+ ,cw{ ;fdfGtL, cf}klgj]lzs zf]if0faf6 g]kfnnfO{ d'Qm u/f}+Æ eGg] gf/fsf] d'n dd{nfO{ ks|b} klxnf] clwj]zg ;DkGg x'g u}/x]sf]n]] lgDg lnlvt ldlt, ;do / :yfgdf pkl:yt e}lbg' x'g ;Dk"0F{ dxfg'efax?df cg'/f]wsf ;fy xflb{s cfAxfg ub{5f}+ .

;fy} ptm lbg www.nppf.be df ;+rf/sdL{ ldqx?sf] ;xof]u af6 o; sfo{s|dsf] nfOe cgnfOg k|tIo k|;f/0f ul/g] Joxf]/f ;d]t hfgsf/L u/fp+b5f}+ .

 

      sfo{s|d tflnsf

 

 :yfg M  Langstraat -105, Borberhout,2140  cfGtjo/k]g, a]lNhod

         - ;]G6«n :6]zg af6 b'g]{ hfg] nfOg !) / @$ g+= 6«fd ;]G6«n kl5sf] t]>f] :6k _   

 ldlt M  !% dfr{ @))( ,cfOtaf/

 ;do M  !@M#) ah]

 

         cfof]hs

 

g]kfnL nf]stflGqs u0ftflGqs df]rf{,a]lNhod

Email : nrdf_belgium@yahoo.com

ldlt M!&÷)@÷@))(

 

United Nepalse Front Europe

 

;+o'Qm g]kfnL df]rf{sf] 6f]nL ;':tflt/

 

;+o'Qm g]kfnL df]rf{ o'/f]ksf] tkm{af6 g]kfn cfPsf] 6f]nL g]kfnL ;~rf/sdL{x?nfO{ lnP/ cfh gjnk/f;Lsf] ;':tf e|d0fdf uPsf] 5 .

 

ef/t;Fusf] ;Ldf ljjfb /x]sf] pQm If]qdf uP/ 6f]nLn] :ynut lg/LIf0f u/L ToxfFsf] j:t'l:yltaf/] o'/f]ksf g]kfnLdfem ;Gb]z k'¥ofpg] df]rf{sf s]Gb|Lo ;b:o dx]Gb| sF8]nn] atfpg'eof] . @@ ;b:oLo pQm 6f]nLn] ef]ln :yfgLo afl;Gbfx?;Fu 5nkmn ug]{5 .

 

b'O{lbg] e|d0f ;s]/ 6f]nLn] z'qmaf/ /fi6«klt 8f= /fdj/0f ofbjnfO{ k|ltj]bg a'emfpg] sfo{qmd 5 . 6f]nLn] ;':tfaf/] j[Qlrq lgdf{0f u/L o'/f]ksf g]kfnL;dIf k'¥ofpg] p2]Zo lnPsf] klg sF8]nn] hfgsf/L lbg'eof] .

 

ef/tLox?n] k6sk6s ;':tfdf cltqmd0f u/L ToxfFsf] hldg vghf]t ul//x]sf 5g\ . @)^@ ;fndf ;Ldf ljjfb x'Fbf b'a} b]zaLr csf{sf] e"ld cltqmd0f gug]{ ;xdlt eP klg To;kl5sf] ;dodf ef/tn] k6sk6s cltqmd0f ub}{ cfPsf] 5 . clxn];Dd ;':tfsf] !$ xhf/ x]S6/eGbf a9L e"–efu ef/tn] cltqmd0f ul/;s]sf] 5 . cltqmd0flj?4 ToxfFsf :yfgLo afl;Gbfx?n] ;':tf arfp cfGbf]ng hf/L /fv]sf 5g\ .

 

C.P.Gajurel

कांग्रेस र एमालेहरु सरकार ढाल्न लागे― सीपी गजुरेल
११-फागुन-२०६५,आइतवार
विदेश विभाग प्रमुख, नेकपा माओवादी
० प्रधानमन्त्री प्रचण्डले नयाँ संविधान नबनीकन यो सरकार  ढल्दैन भन्नुभएको छ, यसको मतलब सरकार धरापमा परिसकेको भन्ने हो?

– प्रतिपक्षी दल नेपाली कांग्रेस र सरकारको घटक एमालेको एउटा लबीले सरकार ढाल्नुपर्छ भनेर लागिरहेको अवस्थामा प्रधानमन्त्री प्रचण्डबाट यो कुरा आएको हो। सरकार ढल्छ कि ढल्दैन भन्ने बहस माओवादीबाट नभएर कांग्रेस र एमालेबाट आएको हो। सरकारमै भएको दलका केही नेताहरूले यो सरकार ढल्छ भनिसकेपछि स्वतः यो बहसको विषय बन्न पुग्यो र प्रधानमन्त्रीले स्वाभाविक रूपमा आफ्नो विचार राख्नुभएको हो।
० यो सरकरा ढल्छ भन्ने पक्षले एमाले महाधिवेशनमा बहुमत ल्यायो भने माओवादी नेतृत्वको सरकार धरापमा पर्ने र अन्यथा सुरक्षित हुने हो?
– यो सरकार धरापमा पर्ने सम्भावना छ। किनभने आज शुक्रबार बिहानसम्मको रिपोर्टअनुसार माओवादीसँग सहकार्य गर्न हुँदैन, त्यसबारे पुनर्विचार गर्नुपर्छ भनेर ओली पक्षले नेतृत्वलाई दबाब दिएको छ, हाउसमा त्यस बहसलाई प्रवेश गराइएको छ। तसर्थ ओली पक्ष विजयी भयो भने यो सरकार धरापमा पर्ने सम्भावना छ।  तर यो सरकारको विकल्प चाहिँ छैन। जसले यो सरकार ढाल्न खोज्छन्, उनीहरूको अगाडि अर्को सरकार दिने विकल्प छैन, त्यसले गर्दा यो सरकार ढलिहाल्छ भन्ने स्थिति पनि छैन।  
० नेपाली कांग्रेसस गको सहमति नतोडिएको भए सरकार धरापमा पर्ने थिएन कि?
– नेपाली कांग्रेससँगको सहमति हामीले तोडेका होइनौं, नेपाली कांग्रेसलाई सरकारमा ल्याउन हामीले पहल गरेकै हौं। अहिले हामी संविधानसभामा छौं। यो संसद् त होइन। हाम्रो मुख्य कार्यभार नयाँ संविधान बनाउने हो। नयाँ संविधान बनाउन सहमति चाहिन्छ।

हामी प्रतिपक्षबाट डराएर होइन कि अहिलेको वास्तविकता नै सहमतिको राजनीति गर्नुपर्ने भएको हुनाले हामीले नेपाली कांग्रेसलाई प्रतिपक्षमा राख्न खोजेका थिएनौं, तर नेपाली कांग्रेसले प्रतिपक्षमै बस्न चाहेपछि हामीले कसरी ल्याउने? किनभने हरेक पार्टीले आफ्नो निर्णय स्वतन्त्ररूपले गर्छन्।  
० संसदीय व्यवस्थाप्रति माओवादी प्रतिबद्ध छैन, तसर्थ सहकार्य तोड्नुपर्छ भनेर एमालेको ओली पक्षले भनिरहेको छ। यो आरोपका लागि आरोपमात्रै हो त?
– होइन, हामी संसदीय व्यवस्थाप्रति प्रतिबद्ध नभएको कुरा साँचो हो।  किनभने आफ्नो राजनीतिक सिद्धान्तलाई कुनै पनि पार्टीले लुकाउन हुँदैन। प्रचलित संसदीय व्यवस्थाको माध्यमबाट मुलुकको समस्या समाधान हुन्छ भन्ने कुरामा हामीलाई विश्वास छैन। हुने भए हामी जनयुद्ध नै गर्ने थिएनौं। संसदीय व्यवस्था त थियो नै। फरक यति हो कि राजतन्त्र पनि थियो त्यहाँ। हामी राजतन्त्रविहीन संसदीय व्यवस्थाका लागि लडेका थिएनौं। त्यसकारण संसदीय व्यवस्थाले तेस्रो विश्वका गरिब जनताका समस्या समाधान गर्छ भन्ने कुरामा हामीलाई विश्वासै छैन। त्यसो हुनाले हामी संसदीय व्यवस्थादेखिबाहेक अर्को लोकतान्त्रिक व्यवस्थाको खोजी गरिरहेका छौं।
० भर्खरै प्रधानमन्त्री प्रचण्डले त संसदीय व्यवस्थाप्रति नै आफू प्रतिबद्ध रहेको बताउनुभयो, यसको मतलब कस्तो व्यवस्था मुलुकमा स्थापना गर्ने भन्ने कुरामा माओवादी अझै स्पष्ट छैन?
– एउटा मान्यता हामीले बनाएका छौं। जनतालाई पूर्ण राजनीतिक स्वतन्त्रता दिँदै, बहुदलीय प्रतिस्पर्धालाई पूर्णरूपमा स्वीकार गर्दै अगाडि बढ्ने प्रकारको व्यवस्था हामीलाई चाहिएको छ। हामीले आफ्नातर्फबाट त्यो प्रस्तुत पनि गरिसकेका छौं।  
० संविधानसभामा संसदीय व्यवस्था पक्षधरहरूको ६० प्रतिशत बहुमत छ, तपाईहरूको ४० प्रतिशतमात्र, यस्तो अवस्थामा कसरी संविधान बन्ला त?
– अहिले संसदीय व्यवस्था बनाउने कि नबनाउनेभन्दा पनि कस्तो जनगणतन्त्र बनाउने भन्ने हो। आफूलाई संसदीय व्यवस्थाका हिमायती भन्ने पार्टीहरूबीच पनि अहिले एकता छैन। अरुले समर्थन नगरे पनि हाम्रो पक्षमा ४० प्रतिशत छ। संविधान बनाउन दुई तिहाइ बहुमत चाहिन्छ। संसदवादीहरूको पनि दुई तिहाइ बहुमत कहाँ छ र?  
० भनेपछि नया  संविधान बन्न गाह्रो छ?
– संविधान बन्न गाह्रो छ। किन गाह्रो छ भने कस्तो व्यवस्था कायम गर्ने भन्ने मुद्दामै हाम्रो सहमति नभएपछि कसरी संविधान बन्छ त? हामीसँग ४० प्रतिशतमात्रै भएको हुनाले यति मतले मात्रै संविधान बन्दैन। अर्थात् हाम्रो आफ्नै पनि दुई तिहाइ छैन। अनि अरुले पनि बनाउन सक्दैनन्, किनभने उनीहरूको पनि दुई तिहाइ छैन। माओवादीले समर्थन नगरेसम्म जतिसुकै उफ्रे पनि अरुले चाहेजस्तो संविधान बन्नेवाला छैन। कहीँ न कहीँ गएर सहमति हुन्छ या त क्ल्यास हुन्छ।   
० सहमति भएन भने तपाईंहरू जनवादी क्रान्तिको बाटोतिर जानुहुन्छ?
– नयाँ जनवादी क्रान्तिलाई हामीले छाडेका छैनौं। जुन प्रक्रियाद्वारा हामीले जनवादी क्रान्ति सुरु गर्ने भनेका थियौं, राजनीतिक परिवर्तनपछि रूप फेरिएको छ भन्ने विश्वास हामीलाई भएको छ। किनभने हतियार उठाएर हामीले १० वर्ष लडिसकेपछि नेपालमा यस्तो राजनीतिक परिस्थिति तयार भएको हो। अब हतियारबिना नै हामीले आफ्नो राजनीतिक लक्ष्य हासिल गर्न सक्छौं। हाम्रो त हतियार अन्तिम विकल्प थियो, पहिलो विकल्प त थिएन। हतियार नउठाइकन आफ्नो लक्ष्य प्राप्त गर्ने सम्भावना हामीले देखिरहेका छौं। त्यसकारण अहिले हामी हतियार उठाउनेवाला छैनौं, तर नयाँ जनवाद त हामीले कहिल्यै पनि छाडेको छैन। नयाँ जनवाद छाडेर संसदीय व्यवस्थालाई मानेर यहाँ आएका भनेर हामीले कहिल्यै पनि भनेका छैनांै र भन्दैनौ पनि। किनभने राजनीतिक लक्ष्य लुकाउनै हुँदैन। जनतालाई हामी स्पष्ट पार्न चाहन्छौं। त्यो कुरा कसैलाई मान्य हुन पनि सक्छ, नहुन पनि सक्छ त्यो बेग्लै कुरा हो।  
० तपाईंहरूको नेतृत्वमा सरकार गठन भएको ६ महिना बित्यो, जनताले के के पाए?
– जे कुरा पूरा गर्न भनेर हामी सरकारमा गएका थियौं, त्यसमा हामी सफल भएनौं। सय दिनभित्र सयवटा राम्रा काम गरेर देखाउनुपर्छ भन्ने सहमति हामीले केन्द्रीय समितिमा गरेका थियौं। सानै भए पनि गरौंन भन्ने थियो। कतिसम्म भने– काठमाडौंको ट्राफिक समस्या पनि समाधान गरौंन त्यो पनि एउटा समस्या हो, जनताले त्यो समस्याका कारण पनि दुःख पाइरहेका छन् भन्यौं, तर त्यस्ता सानातिना कुरासमेत सय दिनमा भएन। यो सरकारले पार्टीको अपेक्षासमेत पूरा गर्न सकेन। शान्ति सुरक्षाको स्थिति पनि दिनानुदिन बिग्रँदै गएको छ। सबैले हाम्रो सरकारलाई राम्रो रूपमा हेरेको थिए, त्यो आर्थिक पक्षमा हो। हाम्रो सरकारको आर्थिक परफरमेन्सलाई चाहिँ कसैले पनि विरोध गर्नसकेका छैनन्।  
० विकास निर्माणका काम हुनसकेका छैनन्। सामाजिक सुरक्षाको रकम सम्बन्धित व्यक्तिकहा  पुग्नसकेको छैन। यस्तो अवस्थामा आर्थिक परफरमेन्स राम्रो छ भनेर कसरी भन्ने?
– सरकारसँग अहिले पैसा छ। इतिहासमा कहिल्यै नभएको सञ्चित कोष राज्यसæ