|
|
३० अगष्ट २०११
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्रिको रुपमा संविधान सभावाट निर्वाचित हुनुभएकोमा महान तथा गौरवशाली पाटी एकिकृत नेकपा माओवादीका उपाध्यक्ष क. डा. बाबुराम भट्टराईलाई नेपाली ऐक्यवद्धता मंच, स्विजरल्याण्डको तर्फवाट हार्दिक वधाई ज्ञापन गर्दछ। नेपाली जनताको जनादेशलाई स्वीकार गर्दै यस अग्रगामी कदमलाई समर्थन गर्दै यसको पक्षमा मतदान गर्ने अन्य दलहरुका सभासद्हरु तथा स्वतन्त्र सभासद्हरुमा र यो महान कार्य सुम्पने नेपाली जनतालाई हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
नेपाली जनताको आवश्यकता र चाहना वमोजिमको सार्वभौम र सुसम्पन्न नयां नेपाल निर्माण गर्ने स्पष्ट प्रतिवद्धता सहित महान शहिदहरुको विचारले लैश सर्वहारा वर्गीय क्रान्तिकारी पार्टी एनेकपा माओवादीको नेतृत्वको सरकार बन्नुलेनै अव नेपाली जनताले तत्कालको लागि आफ्नो जनजीवनमा राहत तथा वास्तविक अर्थमा संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानको लेखन भई त्यसको कडाइका साथ कार्यान्वयन हुने कुरामा विश्वास गर्ने वातावरण वनेको छ ।
नयां नेपालको पुर्ण रुपमा पुनर्संरचना गर्नको लागि जातीय तथा क्षेत्रीय आधारमा स्वायत्तता तथा सम्पुर्ण उत्पिडित जाती,क्षेत्र,लिं¨ तथा उत्पिडित वर्गलाई विशेषाधिकारको व्यवस्था सहितको नयां नेपाल निर्माण गर्नको लागि रणनैतिक दृढता र कार्यशैलिमा लचकताको वीचको तार्किक तालमेल र यसलाई कुशलतापुर्वक नेतृत्व प्रदान गर्ने अव एकिकृत नेकपा माओवादीको नेतृत्वको सरकार सम्पुर्ण नेपालीको मार्गनिर्देशक वन्ने बिश्वास रहेको छ । साम्राज्यवाद र विश्व सर्वहारा वर्ग वीचको अन्तरविरोधको यो पेचिलो लडाईंको परिवेशमा सर्वहारा वर्गका नेताको नेतृत्वमा नेपाल सरकारले जनमुखी कार्यक्रमहरु लिएर अगाडि जान अत्यन्तै कठिन र चुनौतिको विषय हुंदाहुदै पनि नेपाली जनताको पक्षमा खरो भएर उत्रन,महान शहिदहरुको मार्गनिर्देशन अनुसार र क्रान्तिकारी संघर्षवाट विचलित नभै आफ्नो पार्टी पंक्तिलाई सर्वहारा अनुशासनमा चुस्त दुरुस्त राख्न एकिकृत नेकपा माओवादीका उपाध्यक्ष क। डा। बाबुराम भट्टराईको सरकारको नेतृत्वको कार्यकाल सफल रहोस भन्ने हामी कामना गर्दछौं ।
यो नयां नेपाल निर्माणको महान कार्यमा आ आफ्नो ठाउंवाट तथा संगठित रुपमा सचेत भएर सहयोग गर्नहुन हामी सम्पुर्ण प्रवासी नेपालीहरुलाई यसै सन्देश मार्फत अनुरोध गर्दछौं।
अचुत प्रशाद फुयाल (अशोक)
अध्यक्ष
नेपाली ऐक्यवद्धता मंच, स्विजरल्याण्ड (नेशोफ स्विश) ।
३० अगष्ट २०११
Categories: None
The words you entered did not match the given text. Please try again.
Oops!
Oops, you forgot something.