|
|
दोषि उपर कडा भन्दा कडा कावाहीको माग गर्दै शिघ्र स्वास्थ लाभको कामना
प्रेस बिज्ञप्ति
एकिकृत नेकपा माओबादीका सभासद तथा प्रभाबशाली मजदुर नेता शालीकराम जमलकट्टेल माथि अज्ञात ब्यक्तिहरुबाट गत शनिवार बेलुका भएको सांघातिक आक्रमणको घटना प्रति हाम्रो ध्यानाआर्कषण भएको छ । उक्त कायरतापुर्ण हर्कतको कडा शब्दमा निन्दा र भर्सना गर्दै घटनाको सत्य तथ्य छानबिन गरी दोषी उपर कडा भन्दा कडा कार्वाही गर्न हामी नेपाल सरकार संग जोडदार माग गर्दछौं । देशको अत्यन्त संबेदनशिल घडीमा भएको यो जघन्य घटना सिगों शान्ति प्रकृया र संबिधान लेखनको बिरुद्ध आतकं सिर्जना गर्न दक्षिणपन्थी अराजकहरुको तर्फबाट गरीएको षणयन्त्र हो भन्ने हाम्रो सगंठनहरुको ठहर छ । मुसाहरु दुला भित्र बसेर सिंहको शिकार गर्ने दुश्साहास गर्नु भनेको षणयन्त्रकारीहरुको भष्म खरानी हुनु हो भन्ने चेतावानी दीन चाहान्छौ । राज्यले यो घटना माथि उचित छानबिन गरी बैलैमा दोषी माथि कार्वाही नगर्ने हो भने हामी प्रवाशमा रेहेका नेपालीहरुले शसक्त आन्दोलन गर्न बिवस हुनेछौ अन्यथा नेपाली जनताले जनस्थरबाटै कार्वाही गर्न बाध्य हुने स्थीतीको सिर्जनाप्रति सरकारको ध्यान बेलैमा पुगोस भन्ने चाहान्छौं । नेपाली ऐक्यवद्धता मंच, स्विजरल्याण्ड (नेशोफ स्विश) दोषि उपर कडा भन्दा कडा कावाहीको माग गर्दै घाईते एकिकृत नेकपा माओबादीका सभासद तथा प्रभाबशाली मजदुर नेता शालीकराम जमलकट्टेलको शिघ्र स्वास्थ लाभको कामना गर्दछौ ।
अचुत प्रशाद फुयाल (अशोक)
अध्यक्ष
नेपाली ऐक्यवद्धता मंच, स्विजरल्याण्ड (नेशोफ स्विश) ।
३० अगष्ट २०११
Categories: None
The words you entered did not match the given text. Please try again.
Oops!
Oops, you forgot something.