News blog Post New Entry

मुस्ताङ गाडी चढेर शपथमा प्रधानमन्त्री

Posted by insof on August 29, 2011 at 8:25 AM

बल गरेरै भट्टराईले मुस्ताङ चढे, खनालले पजेरो रोजे

१२ भदौ, काठमाडौं । प्रधानमन्त्री र मन्त्रीले चढ्ने गाडीका कथा नेपाली जनतालाई नौला हैनन् । तर, सोमबार नयाँ प्रधानमन्त्रीले सपथ खाने र पुराना प्रधानमन्त्रीले बिदा लिने बेलामा गाडीका रोचक कथा फेरि दोहोरिए ।

 

नेपालमै बनेको मुस्ताङ गाडी चढ्ने घोषणा गरेका नवनियुक्त प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई आफ्नै निर्णय कार्यन्वयन गराउन निकै हम्मेहम्मे पर्‍यो । प्रधानमन्त्री निर्वाचित नहुँदै सरकारी उच्च अधिकारीलाई मुस्ताङ गाडी ब्यबस्था गर्न आग्रह गरेका प्रधानमन्त्री भट्टराई र उनको निजी सचिवालयलाई सपथ लिने बेलासम्म पनि मुस्ताङ चढ्न नपाइएला कि भन्ने डर थियो ।

 

‘सरकारी अधिकारीहरुले त्यो गाडी नचढ्न खुवै जोड गरे’- भट्टराईका एक सहयोगीले अनलाइनखबरसँग भने-’सपथ गरेर पदवहालीका लागि जाँदा त औपचारिक कालो गाडी नै चढ्नुपर्छ हजुर भन्दै मुस्ताङ चढ्न नदिने प्रयत्न गरिरहे ।’ तर प्रधानमन्त्रीले ‘कालै गाडी चढ्नुपर्छ भन्ने कहाँ लेखेको छ ? जसरी भएपनि मैले भनेअनुसार मुस्ताङ गाडी नै ल्याउनु’ भनेपछि ती अधिकारी ‘हवस हजुर’ भन्दै भट्टराई निवासबाट निस्किएका थिए ।

 

नियमले नमिल्ने, नसुहाउने, सुरक्षाका दृष्टिले अनुपयुक्त, सुबिधा नभएको आदि कारण देखाउँदै सरकारी अधिकारीले सकेसम्म मुस्ताङ नचढ्ने स्थिती बनाउन बल गरेका थिए । जसका कारण सपथ ग्रहणमा जाँदा प्रधानमन्त्रीले केही बर्षदेखि चढ्दै आएको पार्टीले दिएको गाडीमै राष्ट्रपति भवन पुगे । त्यहाँ पुगेपछि पनि प्रधानमन्त्रीका लागि भन्दै चिल्लो कालो गाडी तयार भएको देखेपछि प्रधानमन्त्रीका सहयोगीहरु सरकारी अधिकारीसँग रिसाए ।

 

जसरी भएपनि तुरुन्तै मुस्ताङ ल्याउनु, प्रधानमन्त्री कालो गाडीमा कुनै हालतमा जानुहुन्न भनेपछि मात्र राष्ट्रपति निवास परिसरमा नयाँ नम्बर प्लेटको मुस्ताङ गाडी आइपुग्यो । सपथपछि प्रधानमन्त्री मुस्ताङ गाडीमा चढेर किर्तिपुरतिर लागेपछि उनका सहयोगीले सन्तोषको सास फेर्दै भने- मुस्ताङ गाडी चढ्न पनि निकै बल गर्नुपर्‍यो ।’

 

प्रधानमन्त्रीले सस्तो गाडी चढ्दा आफुहरुलाई नैतिक संकट पर्ने भएकाले सरकारी अधिकारीले यस्तो गरेको हुनसक्ने प्रधानमन्त्रीका सहयोगीको अनुमान छ ।


Categories: None

Post a Comment

Oops!

Oops, you forgot something.

Oops!

The words you entered did not match the given text. Please try again.

Already a member? Sign In

0 Comments

Testimonials

  • "your are welcome to write your comments here.."
    welcome visitors!