News blog Post New Entry

स्विट्जरल्यान्डमा भब्य बिरोध प्रदर्सन

Posted by insof on January 30, 2011 at 5:17 PM


स्विट्जरल्यान्डको डाबोस सहर मा भैरहेको  बिश्व आर्थिक मंच(world Economic forum) तथा साम्राज्यबाद को बिरोध गर्दै आज स्विट्जरल्यान्डको एक प्रमुख सहर सेन्ट गालेन(ST.GALLEN )  मा एक भब्य बिरोध प्रदर्सन सम्पन्न भयो !स्विस कम्युनिस्ट पार्टी, क्रान्त्रीकारी कम्युनिस्ट पार्टी स्विट्जरल्यान्ड, स्विस मजदुर संगठन, टर्किस कम्युनिस्ट पार्टी(माओबादी;),पेरु कम्युनिस्ट पार्टी(माओबादी;) तथा नेपालि एक्यबद्दता मंच (नेसोफ स्विस;) लगायत का प्रगतिसिल संगठन हरु को आयोजनामा भयको सो बिरोध प्रदर्सन भब्य रुपमा सम्पन्न भयको थियो! 22 Jan, 2011 सनिबार दिउसो १४.०० बजे बानफ प्लाट्ज(bahnhofplatz ) बाट सुरु भयको बिरोध रयाली सहर का विभिन्न क्षेत्र हरु को परिक्रिमा गरि सोहि ठाउँ मा गयर बिसर्जन भयको थियो!अमेरीकी र युरोपिय साम्राज्यवाद र पूजिवाद को होडबाजीको बीचमा विश्वका कयौं सर्वहारा किसान र गरिब जनताको हकअधिकार लाई कुण्ठित गर्ने तथा संधै तल्लो दर्जामा राखेर हेरिने र त्यही अनुसार व्यवहार गरिनुले पनि डाभोसमा भइरहेको उक्त सम्मेलनको विरोध तथा भण्डाफोर गरिएको आयोजक को तर्फबाट जानकारी गराइएको थियो भने सो अबसरमा बोल्ल्ने बिभिन्न संघ सस्था का प्रतिनिधि हरु ले यस लाई तुरुन्त बन्द गरिनु पर्ने कुरा मा जोड दियका थिय। गरिब जनता र मजदुर हरु ले तिर्ने कर बाट पुजीपति वर्ग र पुजीबादी देस हरु लाइ जम्मा पारेर सर्कस प्रदर्सन गरेको भन्दै यस्ता सर्कस हरु तुरुन्त बन्द गरिनु पर्ने माग अधिकाम्स ले राखेका थिय!संसार का मजदुर हरु एक हौ,एकिकृत नेपाल कम्युनिस्ट पार्टी(माओबादी;) लेखियको ब्यानर बोकेर नेसोफ स्विस को टोलि बिरोध प्रदर्सन मा सहभागी भयको थियो, साथै प्रद्सर्नीमा प्रग्रतिसिल बामपन्थी माओबादी श्रीलन्कन कमरेडहरुले पनि सोहिब्यानरका साथ सयुक्त नगरपरिक्रमा गरेका थिय।   भने सो टोलि र ब्यानर स्थानीय संचार माध्यम र जनमानसमा चासोको बिषय बनेको थियो!भने नेपाल र नेपालि जनक्रान्ति को बारेमा साथै नेपालमा चलिरहेको शान्ति प्रक्रिया को प्रगति लगायत का बिषयमा स्थानीय संचार माध्यम र सर्बसाधारण ले र्यालीमा सहभागी हरु संग उत्सुकतापुर्बक जिज्ञासा राखेका थिय! भौगोलिक रुपमा स्विस र नेपाल टाढा भय पनि यस्तो साम्राज्यबाद बिरोधि गतिबिधि मा नेपालि प्रगतिसिल समूह को सहभागिता को सबै ले प्रसंसा र सराहाना गरेका थिय!!स्मरण रहोस नेसोफ स्विस ले आफ्नो स्थापना काल देखि नै यस्ता कार्यक्रमहरु(साम्राज्यबाद तथा बिस्तारबाद बिरोधि;) मा सक्रिय सहभागिता जनाउदै आयको छ!


Categories: None

Post a Comment

Oops!

Oops, you forgot something.

Oops!

The words you entered did not match the given text. Please try again.

Already a member? Sign In

0 Comments

Testimonials

  • "your are welcome to write your comments here.."
    welcome visitors!