Nepalese Solidarity  Forum, Central Committee, Switzerland 's  Activities,  News, Updates  & Solidarity                      

 

 

                  Other links.

http://www.rwor.org/

http://www.wprm.org/

http://www.ourpath.net/

Li Onesto.net

Jana Ubhar Weekly

Maoist Yahoo Group

krishnasenonline.org  

Nepali Calender

 New Nepali National Anthem 

    

Enter NESOF CHAT    Room

 

              अन्य वेभ साईटहर

swissnepal.wordpress.com

http://nepal-hamro.blogspot.com/

http://everestonlinenews.be/ 

 NESOF LIVE TELECAST  

Problem viewing this website?

Install Nepali Fonts & Flash Player.

Download Nepali Fonts

Download Flash Player

Download Java Runtime

          नेपालको समय                        

NEPALI TIME MACHINE 

  लेख तथा रचनाहरु

Free Languages Translation

Sagarmatha TV 

 

 

 

स्वीसवासी नेपालीहरु त्ाथा स्वीस नागरिकहरुका वीचमा पनि नेपाली क्रान्तिकारी कलाकारहरु

 

मुख्य समाचार

 
 स्विट्जरल्यान्डको बासल मा बिरोध प्रदर्सन सम्पन्न 

आसिश,स्विस 

30 Jan 2010 

स्विट्जरल्यान्डको डाबोस सहर मा भैरहेको बिश्व आर्थिक मंच(World Ecnomic Forum) तथा साम्राज्यबाद को बिरोध गर्दै आज स्विट्जरल्यान्डको प्रख्यात औधोगिक सहर बासल मा एक बिरोध प्रदर्सन सम्पन्न भयो. स्विस कम्युनिस्ट पार्टी, स्विस मजदुर संगठन,टर्किस कम्युनिस्ट पार्टी(माओबादी) तथा नेपालि एक्यबद्दता मंच (नेसोफ स्विस) स्विट्जरल्यान्ड, लगायत का प्रगतिसिल संगठन हरु को आयोजनामा भयको सो बिरोध प्रदर्सन भब्य रुपमा सम्पन्न भयको थियो. सनिबार दिउसो १३.३० बजे बार्फुसरप्लाट्ज बाट सुरु भयको बिरोध रयाली सहर का विभिन्न क्षेत्र हरु को परिक्रिमा गरि पेटरप्लाट्ज(बासल बिश्वोबिधालय अगाडी गयर बिसर्जन भयको थियो. 
अमेरीकी र युरोपिय साम्राज्यवाद र पूजिवाद को होडबाजीको बीचमा विश्वका कयौं सर्वहारा किसान र गरिब जनताको हकअधिकार लाई कुण्ठित गर्ने तथा संधै तल्लो दर्जामा राखेर हेरिने र त्यही अनुसार व्यवहार गरिनुले पनि डाभोसमा भइरहेको उक्त सम्मेलनको विरोध तथा भण्डाफोर गरिएको आयोजक को तर्फबाट जानकारी गराइएको थियो भने सो अबसरमा बोल्ल्ने बिभिन्न संघ सस्था का प्रतिनिधि हरु ले यस लाई तुरुन्त बन्द गरिनु पर्ने कुरा मा जोड दियका थिय। गरिब जनता र मजदुर हरु ले तिर्ने कर बाट पुजीपति वर्ग र पुजीबादी देस हरु लाइ जम्मा पारेर सर्कस प्रदर्सन गरेको भन्दै यस्ता सर्कस हरु तुरुन्त बन्द गरिनु पर्ने माग अधिकाम्स बक्ता हरु ले राखेका थिय. 
संसार का मजदुर हरु एक हौ,एकिकृत नेपाल कम्युनिस्ट पार्टी(माओबादी) लेखियको ब्यानर बोकेर  नेपालि एक्यबद्दता मंच (नेसोफ स्विस) स्विट्जरल्यान्डको टोलि बिरोध प्रदर्सन मा सहभागी भयको थियो भने.सो टोलि र ब्यानर स्थानीय संचार माध्यम र जनमानस मा चासोको बिषय बनेको थियो. 

 

स्वीट्जरल्याण्ड को आराउ मा नयाँ बर्ष  कार्यक्रम


स्वीट्जरल्याण्ड स्थित भारतीय दुताबास मा ज्ञापन पत्र बुझाइयो/

 
20 January 2010 
आशिष स्विस,

राष्ट्रिय स्वाधिनता को नारा लियर चौथो चरणको आन्दोलन गरिरहेको एनेकपा माओबादी को आन्दोलन मा एक्यबद्दता जनाउदै नेपालि एक्यबद्दता मंच (नेसोफ स्विस) स्वीट्जरल्याण्ड ले आज भारतीय राजदुताबास मा ज्ञापन पत्र बुझायको /भारतीय प्रधानमन्त्रि मनमोहन सिंह लाइ सम्बोधन गरियको सो ज्ञापन पत्र नेपालि एक्यबद्दता मंच स्वीट्जरल्याण्डका अध्यक्ष अचुत प्रसाद फुयाल(असोक) को नेत्रित्वो मा गयको एक प्रतिनिधि मण्डल ले स्वीट्जरल्याण्ड को राजधानी बेर्न स्थित भारतीय दुताबास मा बुझायको थियो/ज्ञापन पत्र बुझ्दै भारतीय राजदुताबास का काउन्सिलर मनिष कुमारले यो ज्ञापन पत्र लाइ बिशेष प्राथमिकता का साथ सम्बन्धितठाउँमा जतीसक्दो चाडो पुर्याउने प्रतिबद्दता ब्यक्त गर्नु भयो/

ज्ञापन
पत्र मा १९५० लगायत का सम्पूर्ण असमान सन्धिसम्झौता हरु को खारेजी,कालापानी बाट भारतीय सेना तुरुन्त फिर्ता,मिचियाका सिमा स्तम्भ अतिक्रमित नेपालि भूभागहरु फिर्ता हुनु पर्ने,नेपाली राजनीतिमा नेपाल को आन्तरिक मामिलामा भारत् बाट हुने नाङ्गो हस्तक्षेप तुरुन्त बन्द गर्नु पर्ने लगायत का माग राखियको थियो/
उक्त
ज्ञापन पत्र हस्तान्तरण कार्यक्रम मा नेसोफ स्विस का सदस्य राम गुरुङ लगायत का साथि हरु को सहभागिता थियो/
 
 
 
      

सयुक्त राष्ट्रिय जनआन्दोलन, नेपालदोस्रो चरणको संघर्षको कार्यक्रम 

संयुक्त राष्ट्रिय जनआन्दोलननेपाल तेेस्रो चरणको संर्घष्ाको कार्यक्रम

माओवादीको चौथो चरणको आन्दोलनका कार्यक्रमहरू

  

 स्विट्जरल्याण्डको बासलमा हुनगईरहेको साम्राज्यबादी बिरोधी सभामा सहभागी हुन नेसोफ स्विस को आब्हान!!!

आशिष स्विस,

10 January, 2010

विश्व आर्थिक मन्च (World Economic Forum) को वार्षिक बैठक २७ जनवरी देखी ३१जनवरी २०१० सम्म स्विट्जरल्याण्ड को डाबोस (DAVOS)मा हुन गइरहेको छ । उक्तसन्दर्भमा अमेरिकि तथा यूरोपियन साम्राज्यबादी मुलुकहरुले विश्व अर्थतन्त्र लाई आफ्नोबसमा पारेर संसार भरिका मजदुर तथा मुक्तिकामी जनता लाई चरम गरिवीको मुखमाधकेल्नको लागि गरिने यस बैठकको बिरोधमा साम्राज्यबाद बिरोधी संघ,संगठनहरु तथानेपालि एक्यबद्दता मंच(नेसोफ स्विस) द्वारा स्विट्जरल्याण्डको प्रख्यात शहर लुजेर्नमायही आउदो २३ जनवरी २०१० सनिबार का दिन र ३० जनवरी २०१० सनिबार बासल सहरमाआयोजना हुन गैइरहेको भब्य बिरोध सभामा सहभागी हुन र मुक्तिकामी जनताकोआन्दोलन लाई तथा एकिकृत नेकपा माओवादीले घोषणा गरेको संघर्षका कार्यक्रमलाई ऐक्यबद्धता जनाउनको लागि स्विटजरल्यान्डमा बस्नु हुने सम्पूर्ण प्रगतिशिलनेपाली/बिदेशी दिदी बहिनी तथा दाजु भाईहरुमा नेपाली एक्यबद्दता मन्च(नेसोफस्विस)स्विट्जरल्याण्डले हार्दिक अनुरोध गरेको छ। नेसोफ स्विस ले आफ्नो स्थापना कालदेखी नै साम्राज्यबादबिरोधी प्रदर्सन मा आफ्नो ससक्त सहभागिता जनाउदै आयको छ।

 बिरोध कार्यक्रम:
स्थान
:- BARFÜSSERPLATZ, BASEL, Switzerland
मिती:- शनिबार ३० जनवरी २०१०

समय :- १२:३० बजे

थप जानकारीको लागि संपर्क :-
अचुत प्रसाद फुयाल (अशोक ) :- ००४१७६४६६७१८४
कमल के सि :- ००४१७८८९००२३३
आशिस,बासल:- ००४१७६४०३८५९२
ज्योति भुसाल :- ००४१७८७०४७७८७

E-mail - insofswiss.hotmail.com , थप जानकारीको लागि
www.nesofswiss.info

नागरीक सर्वोचाताको जारी आन्दोलन प्रति यूरोप भरीका प्रगतीशिल संगठनहरुले सकृय र्समर्थन तथा ऐक्यबद्धेता

 

जनयुद्ध नलेखिएको संविधान मान्दैनौँमोहन वैद्य, वरिष्ठ उपाध्यक्ष, एनेकपा माओवादी

6th January 2010.

मुलुकमा सहमतिको राजनीति अपरिहार्य भइरहेको बेला एकीकृत माओवादीले राष्ट्रिय स्वाधिनताको आन्दोलन गर्ने उद्घोष गरेको छ। नागरिक सर्वोच्चताको महिने आन्दोलन सफल हुन नसकेपछि माओवादीले गर्न लागेको आन्दोलनको पृष्ठभूमिमा रहेर दृष्टिसाग माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले धेरै कुरा खोलेका छन्।

माओवादीले कडा आन्दोलन गर्न लागेको हो?

आन्दोलन विगतको जस्तै शान्तिपूर्ण ढंगले हुन्छ। तर, अब विगतभन्दा फरक राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्नलाई प्राथमिकतामा राखेर आन्दोलनलाई अघि बढाउँदैछौं।

More.................

 अब बार्ता बास्तबिक मालिक भारतसंग हुन्छप्रचण्ड

22 December, 2009

एकीकृत नेकपा माओवादीले बर्तमान सरकार भारतको कठपतली भएकोले अब सिधै भारतसंग बार्ता शुरु गर्ने भएको तीन दिने आम हडताल समापन समारोहलाई मंगलवार राजधानीको नयाँ बानेश्वरमा सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले गतिरोध अन्त्यको लागि अब थप बार्ता सत्तारुढ दलहरुको मालिक भारतसंग गर्ने बताउनुभयो बर्तमान सरकारमा सहभागी दलहरु रिमोट कन्टौलबाट चलेका छन- उहाँले भन्नुभयो- त्यसैले हाम्रो बार्ता अव दिल्लीसंग हुन्छ, यो आजैबाट सुरु भएको

More........................

फुलबारी भित्र किन ओइलाए फुल ?

सोम नारायण थारु , बेल्जीयम

2 December, 2009

नेपाललाइ चार जात छतिस वर्णको साझा फुलबारी हो भनेर भन्ने गरिन्छ । यहाँको बहुजातीय ,बहुधार्मीक ,बहुसाँस्कृतिक अवस्थालाइ हेर्दा यो पक्कै पनि साँचो कुरा हो । एउटा फुलबारी भित्र ै विभिन्न थरिका फुल हुनु भनेको सुन्दर र मनमोहक फुलबारी हो भनेर बुझन सकिन्छ । तर एउटा फुलवारी तब मात्र सुन्दर देखिन्छ जब त्यस फुलबारी भित्रका सबै फुलहरुले आवश्यक मलजल पाउँछन र फुल्ने मौका पाउँछन ।

More..................................

नेपाली समाज यूकेको दोस्रो केन्द्रीय सम्मेलन आइतबार, डिसेम्बर २०, २००९

30 Nov, 2009 

बेलायतवासी नेपालीहरुको माझमा स्थापित नेपाली समाज यूकेको दोस्रो केन्द्रीय सम्मेलन निम्न मिति समय स्थानमा एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी का वरिष्ठ नेता तथा अन्तर्राष्ट्रिय व्यूरोका इन्चार्ज कमरेड कृष्ण बहादुर महराको प्रमुख आतिथ्यमा सम्पन्न हुन गइरहेको हँुदा विभिन्न तप्का वर्ग पेशामा आवद्ध हुनु भएका सम्पूर्ण बेलायतवासी नेपाली समुदायलाई सम्मेलनमा उपस्थित भई कार्यक्रम सफल पारी दिनुहुन हार्दिक अनुरोध गर्दछौं

More.......................

  कम्तिमा पनि अढाइ लाख जनता सिंहदरबारमा उतार्छौं : डा . बाबुराम भट्टराई

4th November 2009

संविधान निर्माण शान्तिप्रक्रियामा त्यसै पनि ढिलाइ अविश्वास पैदा भइरहेका बेला तपाईहरू आन्दोलनमा जानुभयो यसले तपाईहरू गैरजिम्मेवार मुलुकप्रति संवेदनहीन भएको प्रमाणित गरेन ?
राष्ट्रपतिले गत वैशाख २० गते मध्यरातमा कार्यकारी नागरिक सरकारको निर्णय उल्ट्याउन जुन असंवैधानिक कदम चाले त्यसले अन्तरिम संविधानमाथि खड्ग प्रहार गर्‍यो त्यसले द्वैध सत्ताको स्थिति ल्यायो हामीले त्यतिखेर अत्यन्त जिम्मेवारीपूर्वक राजीनामा दियौं मुलुकलाई भिडन्तबाट जोगायौं

More..................

बेल्जियममा पनि नेपाली दुतवाशमा घेराउ गरीने

 4th November, 2009

नेपाली जनताको सर्वोचता स्थापना तथा राष्टपतिको असंबैधानिक कदमले नेपाली जनतालाई लादीन लागेको निरुकुसताको बिरुद्ध नेपाली जनताले चलाएको आन्दोलनलाई सकृय सहयोग र्समर्थन गर्न बेल्जियममा पनि नेपाली दुतवाशमा घेराउ गरीने भएको बिगतको नेपाली जनताको आन्दोलनमा अग्रस्थानमा रहेर सकृय सहयोग गर्दै आएको संगठन नेपाली जनप्रगतीशिल मचं, बेल्जियम लगायत प्रवाशी नेपालीहरु गोलबन्द गर्ने प्रगतीशिल सगंठनहरुले आयोजना गरेको हो नेपालमा सिहदरवार घेराउको कार्यक्रमको दीन परेर नोभेम्वर १२ मा कार्यक्रम तय गरीएको हो आयोजकका अनुसार कार्यक्रमा बिगतको भन्दा भिन्दै कलात्मक हुने सो कार्यक्रमको आयोजना बेल्जियम तथा यूरोप स्थीत प्रगतीशिल संगठनहरु संयूक्त नेपाली मोर्चा,यूरोप, नेपाली जनजाती सरोकार मचं,यूरोप, नेपाली जनप्रगतीशिल मचं, बेल्जियम ,नेपाली जनजाती सरोकार मचं, बेल्जियम , नेपाली प्रगतीशिल महीला मचं,बेजियम , नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, बेल्जियम, तमुवान राष्ट्रीय मुक्ति मोर्चा, बेल्जियम, मगरात राष्ट्रीय मुक्ति मोर्चा, बेल्जियमले गर्ने भएको हो उक्त संगठनहरुले बेल्जियम स्थीत संपर्ुण्ा संघ संगठनहरु तथा प्रवाशी नेपाली दाजुभाई तथा अन्य समुदायलाई नेपाली जनताले चलाएको आनदोलनमा सहभागी जनाउनको लागी हार्दीक अनुरोध गरेकोछ कार्यक्रम नोेभेम्वर १२ तारीख बिहीवार दीनको बजे सुरु हुने हुदा मिडी स्टेसनमा बजे जम्मा हुनकोलागी आवाहृान गरेको

मैले बुझेका रामवरण यादव

डा. सुन्दरमणि दीक्षित

4th, November 2009

मैले पढेकै कलकत्ता मेडिकल कलेजमा डा. रामवरण यादवले पनि पढेका रहेछन् उनी निकै जुनियर भएकाले उनीसँग चिनजानको अवसर जुटेन उनीसित सामान्य चिनजान भएको ०३६ सालतिर बिपी कोइरालाको उपचार गर्ने बेलामा हो बिपीलाई चेक गर्न जाँदा उनी भेटिन्थे, बिपीका सहयोगी डाक्टरका रूपमा कार्यरत उनीसँग सामान्य कुराकानी हुन्थ्यो त्यतिबेला पनि डाक्टरका हिसाबले उनी मभन्दा धेरै जुनियर भएकाले त्यति घनिष्ठ सम्बन्ध भएन

More-----------------

गणपतिको चिन्ता माओवादी गन्तव्य

डा. ऋषिराज बराल

24 October, 2009

एकीकृत नेपाल कम्युनिस्ट पार्टी -माओवादी) का गतिविधि यसको गन्तव्यदिशालाई लिएर राजनीतिक वृत्तमा यतिबेर चौतर्फी चासो जिज्ञासा उत्पन्न भएको हिजो महान् जनयुद्धको आरम्भ विकासमा विभिन्न किसिमले सहयोग गर्ने 'रिम' 'कम्पोसा'सित सम्बद्ध भाइचारा पार्टीहरूले पनि हाम्रो गन्तव्यलाई लिएर तीव्र चासो जिज्ञासा व्यक्त गरेका छन्

More.................................

एकिकृत ने..पा.-माओवादी) संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपाल, को गम्भीर ध्यानाकर्षा

11 October 2009

प्रेस वक्तव्यको पूर्ण पाठ
केही समय यता वर्तमान कठपुतली सरकार त्यसका मन्त्रीहरुले बृहत शान्ति–सम्झौता अन्तरिम संविधानको प्रावधान तथा स्पिरिट विपरित एक पछि अर्को निर्णय गर्ने अभिव्यक्ति दिने गरेको घटनाप्रति एकिकृत ने..पा.(माओवादी) संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपाल, को गम्भीर ध्यानाकर्षण भएको छ।

More................ 

           स्वीसवासी नेपालीहरु तथा स्वीस नागरिकहरुका वीचमा पनि नेपाली क्रान्तिकारी कलाकारहरु                                   

स्वीसवासी नेपालीहरु त्ाथा स्वीस नागरिकहरुका वीचमा पनि नेपाली क्रान्तिकारी कलाकारहरु
Main News

                                                                                          for more photos by Jyoti Bhusal please click here: 

 ०२ अगस्ट २००९,

ज्युरिक स्वीट्जर्ल्याण्ड

नेपाली ऐकयवद्धता मन्च -नेसोफ) स्वीट्जरल्याण्डको आयोजनामा स्वीस नागरिकहरुको प्रगतिशील संगठनको सहयोगमा स्वीट्जरल्याण्डको औघोगिक शहर ज्युरिकमा भव्य क्रान्तिकारी सांस्कृतिक कार्यक्रम सम्पन्न गर्यो।

सैयौं नेपाली तथा स्वीस नागरिकहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा नेसोफ स्वीट्जरल्याण्डका अध्यक्ष अशोक चौलागाई र कार्यक्रम आयोजक समितिका संयोजक श्याम घलेल कार्यक्रममा उपस्थित एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य ,मगर राष्ट्रिय मुक्ति मोर्चाका दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक तथा सभासद सन्तोष वुढा मगर , एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य ,मगर राष्ट्रिय मुक्ति मोर्चाका दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिका सचिवालय सदस्य तथा सभासद् ओन्सरी र्घर्तिमगर र एकिकृत नेकपा माओवादीका केन्द्रिय सल्लाहकार,सामना सांस्कृतिक परिवारका संस्थापक अध्यक्ष तथा वरिष्ठ जनकलाकार तथा सभासद खुशीराम पाख्रिन ,स्वीट्जरल्याण्डका लागि नेपाली राजदुत डा.दिनेश भट्र्राई तथा मगरात सांस्कृतिक परिवारका कलाकारहरुलाई खादा ओढाएर सम्मान तथा स्वागत गर्नुभयो ।

प्रमुख अतिथिको रुपमा कार्यक्रमको उद्घाटन गर्दै नेता तथा सभासद वुढामगरले भन्नुभयो हामी नयां नेपालको निर्माणको अभियानमा जुटेका छौं। यो अभियानमा नेपालमा रहेका तथा नेपाल वाहिर रहेेका सवै नेपालीहरुको उत्तिकै सहभागिताको जरुरी छ। तपाइहरु प्रवासमा रहेका नेपालीहरु प्ानि यो अभियानमा जुट्नुहोस ।

नेसोफ स्वीट्जरल्याण्डका अध्यक्ष अशोक चौलागाईंको सभापतित्व र महासचिव कमल केसीले सन्चालन गर्नुभएको उद्धघाटन सत्रको लगत्तै मगर सांस्कृतिक परिवारको प्रस्तुति शुरुभएको थियो। म्ागर सांस्किृतिक परिवारका इञ्चार्ज टेकम वाठामगरले सञ्चालन गर्नुभएको सांस्कृतिक कार्यक्रमको नयां नेपाल र्स्वर्ग वनाउं भन्ने पहिलो सांगितिक प्रस्तुतिलाई हलमा उपस्थित जनसमुदायले तालीको गडगडाहटले स्वागत गरेका थिए ।

महामहिम राजदुत डा.दिनेश भट्राइले विशेष अतिथिको रुपमा छोटो शुभकामना मन्तव्य दिनु भएको उक्त कार्यक्रममा जव मुक्त हुन्छ देश भन्ने जनमुक्ति शेनाको नाचले हलका दर्शकहरु सवैलाइ जुरुक्कै उचालेको थियो ।

व्ारिष्ठ जनकलाकार खुशिराम पाख्रिनले विशेष अतिथिको तर्फाट सांगितिक कोशेली आमाको छाति वैरिले लुछ्दा के हेर्र्छौ वसेर भन्ने गित प्रस्तुत गर्नु भएको थियो ।

म्ागर सांस्कृतिक परिवारका त्रिपना पुन मगर,सरला पुन मगर र धन वहादुर रोका मगरको प्रस्तुति परदेश छोडेर नेपाल फर्केका आफ्ना आफन्त संग भलाकुसरीको भाव भएको मारुनी नृत्य आकासैको कालो वादल पानी परयो मादलुको तालैमा आउ नाचौं छम्म छम्म भन्ने र ग्यामी मारुनी नृत्य प्रस्तुत गर्नु भयो ।

म्ागर सांस्कृतिक परिवारका प्रशिक्षक धन वहादुमगरको प्रस्तुती हाम्रो मुक्तिको संग्राम रोकिएको छैन शहिदले टेकेको पाइलो मेटिएको छैन आन्दोलन जारी छ भन्ने भावको गितले सवै दर्शकलाई उत्तेजित वनाएको थियो ।

सांस्कृतिक परिवारका आकर्ष प्रस्तुतिहरु प्ांछिमा डांफे राम्रो फुलमा लाली गुरांस हामीलाई लाग्छ राम्रो नेपाली धर्ति आकाश भन्ने राष्ट्रिय गितमा धन व ग्यामी मगर ,सरला पुन मगर, त्रिपना पुन मगर र तिर्थ राज रोका मगरले नृत्य प्रस्तुत गर्नुभएको थियो। निषा मगरको मलाइ युद्ध लड्न देउ भन्ने गितमा प्रस्तुत नृत्य संगसंगै कति राम्रो तर्राई पहाड कति राम्रो हिमाल , हे कान्छी फलाउं फलाउ फुलाउ हाम्रै नेपाल भन्ने लोक नृत्य संग संगै सवै दर्शकहरु छम छम नाचेका थिए ।

उक्त कार्यक्रममा स्वीस नागरिकहरुको प्रगतिशील संस्थाकी नेतृ ग्रासीयाले नेपाली क्रान्ति प्रति ऐकवद्धता जाहेर गर्दै मन्तव्य व्यक्त गरेकी थिइन भन्ने अर्का युवा नेता रुदोलेसांस्कृतिक कार्यक्रम मार्फ इटली सरकारले मजदुरहरु माथि गरेको दमनको भर््रर्त्सना गर्दै मजदुरहरुको आन्दोलन प्रति  ऐकवद्धता जाहेर गरेका थिए ।

 

                          स्विट्जरल्यान्डको भारतीय दुताबास अगाडि नेपाली एक्यबद्दता मंचले बिरोध प्रदर्शन गर्यो

 More Picture Click here

३० जुन २००९ आस्था , बर्न  

नेपाली एक्यबद्दता मंच (नेसोफ स्विस) स्विट्जरल्यान्डको आयोजनामा २९ जुन २००९ का दिन भारतीय सिमाअतिक्रमणको बिरोधमा स्विट्जरल्यान्डको बर्न स्थित भारतीय दुताबास अगाडि प्ले कार्ड र ब्यानर सहित बिरोध प्रदर्शन सम्पन्न भयो।

भारतिय पक्षबाट भयको नेपालको सार्बभौम माथि नाङो हस्तक्षेप ,सिमा अतिक्रमणको बिरोधमा भारतका प्रधानमन्त्री मनमोहनसिंह लाई सम्बोधन गरी लेखियको ज्ञापन पत्र दुताबासका कन्सुलरलाई पढेर सुनाइ हस्तान्तरण गरियको थियो । उक्त ज्ञापनपत्र लाई कन्सुलरले जती सक्दो छिटो सम्बन्धित निकायमा पठाउने प्रतिबद्दता ब्यक्त गरे।

दिनको २.३० बजे देखी सुरु भयको कार्यक्रमलाई संघठन का महासचिव कमल के सि ले सन्चालन गर्दै भारतीय ज्यादतिको कडाशब्दमा बिरोध गर्नु भयको थियो

। भने संगठन का अध्यक्ष असोक चौलागाइ ले भारतीय ज्यादतिको कडा बिरोध गर्दै भारतीयपक्षको ज्यादती तुरुन्त बन्द गर्नुपर्ने कुरामा जोड दिनु भयो संगठनका केन्द्रिय सदस्य धनपती सापकोटाले यस्ता कार्यक्रमआयोजना गरी भारतीय सासक बर्गलाई खबर्दार गरी आगामी दिनमा यस्ता प्रकारका ज्यादती हरु नदोहोरिने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा आधा घण्टा सम्म लगातार कडा शब्दमा सिमा अतिक्रमण बन्द गर ,राजनैतीक हस्त क्षेप बन्द गर ,भारतियबिस्तारबाद मुर्दाबाद ,पीडित लाई क्षेतिपुर्ती दे जस्ता नाराहरु लगाइयको थियो। उक्त कार्यक्रम मा पर्चा हरु पनि  बाडियको

थियो ।

Memorandum Letter Click here                                                             

 

प्रधानसेनापती कटुवाललाई कार्वाहीको माग गर्दै नेपाली दुताबास जेनेभामा ज्ञापन पत्र !!!

 

 

आस्था,

बेर्न स्विट्जरल्यान्ड

२६ अप्रिल २००९

 

स्विट्जरल्यान्डमा रहेका नेपालीहरुको ह्क हितको लागि र नेपालमा सामन्तबाद,बिस्तारबाद र साम्राज्यबादको बिरुद्धमा लामो समयदेखी निरन्तर संघर्ष गर्दै आई रहेको संघठन नेपाली एक्यबद्दतामंच (नेसोफ स्विस) स्विट्जरल्यान्डले २४ अप्रिल २००९ शुक्रबारका दिन जेनेभा स्थित नेपाली दुताबासमा

प्रधानसेनापती रुक्माङगत कटुवाललाई बर्खास्त गरी कारबाहीको माग गर्दै  एक बिरोध कार्यक्रम को

आयोजना गरी नेपाली दुताबासका महामहिम राजदुत डा. दिनेश भट्टराई समक्ष नेपाल सरकारका प्रधानमन्त्रिलाई

सम्बोधित एक ज्ञापन पत्र बुझाएको छ।

More………….         Memorandum Letter Word file Click here     More Picture’s 

 

                पोलिटब्यूरो सदस्य क. नेत्र बिक्रम चन्द -क. बिप्लव) बेल्जियम आउनु हुने                                        

 20, March, 2009

यहि २२ मार्च, आइतवार हुन गई रहेको नेपाली जनप्रगतिशील मञ्च, बेल्जियमको आठौं साधरण भेलाको उद्घाटनसत्रमा भाग लिन नेकपा माओवादीका पोलिटब्यूरो सदस्य क. नेत्र बिक्रम चन्द -क. बिप्लव) आउनु हुने भएको छ .

"नयाँ नेपालको संबिधान निर्माण अभियानमा सहभागी बनौं, नेपाली जनताको संघिय लोकतान्त्रिक राष्ट्रिय गणतान्त्रिक नेपालको निर्माणमा प्रतिवद्धता जाहेर गरौ १११" भन्ने मुल मर्मका साथ हुन गई रहेको भेलामा नेकपा माओवादीकापोलिटब्यूरो सदस्य क. नेत्र ब्रि्रम चन्द -क. विप्लव)को उपस्थितिले यस संगठनको गरिमालाई अझ उच्च बनाएको छ ।प्रवासमा रहेर पनि सामन्तवाद, साम्राज्यवादका र बिस्तारवादका बिरुद्ध निरन्तर संर्घष्ा गर्दै आएको यस संगठनको बाषिर्क भेलामा नेकपा माओवादीका वरिष्ठ नेताको उपस्थितिले यहाँको नेपाली तथा अन्य समुदायले समेत नेपालको वर्तमानस्थितिलाई अझ निकटबाट वुझ्ने मौका पाउने छन् ।

बेल्ज्ियमको स्थानिय समय अनुसार २२ मार्च आइतवार दिनको ठीक १२ बजे बाट शुरु हुने सो भेलाको प्रत्यक्ष प्रसारणगरिनेछ । विभिन्न विचारत्मक कार्यक्रमका साथै प्रगतिशील कलाकारहरुद्धारा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने भएको छ ।

                                                            कांग्रेस र एमालेहरु सरकार ढाल्न लागे― सीपी गजुरेल

  एकिकृत नेकपा माओवादीका पोलिटव्यूरो सदस्य शक्तिवहादुर वस्नेत माथि भएको आक्रमणको भर्त्सना गरौं

फेव्रुअरी२००९

एकीकृत नेकपा माओवादीका अध्यक्ष्य तथा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रधानमन्त्रि क.प्रचण्डका स्वकीय सचीव तथा एकिकृत नेकपा माओवादीका पोलिटव्यरो सदस्य क.शक्तिवहादुर वस्नेतलाई ९.०२.२००९ को सांझ वहांकै निवासस्थानमा भएको आक्रमणको हामी यूरोपस्थित प्रगतिशील संगठनहरुको तर्फाट संयूक्त रुपमा घोर भर्त्सना गर्दछौं ।               More....

 प्रमका प्रमुख स्वकीय सचिवमाथि गोली प्रहार!!!!

काठमाडौं, २७ माघ : प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव तथा एकीकृत नेकपा -माओवादी)का पोलिटव्यूरो सदस्य शक्तिबहादुर बस्नेत 'सुरेशसिंह’माथि सोमबार साँझ गोली प्रहार भएको छ । More...

                                     स्विट्जरल्यान्डको जेनेभामा भब्य बिरोध प्रदर्शन  सम्पन्न !                                        

 Aasish  Swiss
जेनेभामा शनिबार ३१ जनवरी २००९ का दिन भब्य विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रम स्विट्जरल्यान्डका कम्युनिष्ट पार्टी, मजदुर पार्टी, टर्किस कम्युनिष्ट पार्टी (माओवादी) ,नेपाली ऐक्यबद्धता मंच (नेसोफ स्विस )स्वीजरल्याण्ड तथा अरु प्रगतिसिल संघ, सस्था हरु द्वारा संयुक्त रुपमाआयोजना गरिएको थियो ।Photos  by Aasish

More Photos

स्विट्जरल्यान्डको डाभोस सहरमा भइरहेको 28 January, 1st Feb, 2009 विश्व आर्थिक मंच World Economic Forum)को वार्षिक बैठकको  संदर्भ पारेर आयोजना गरिएको उक्त बिरोध  प्रदर्शनमा साम्राज्यवाद तथा चरम पूंजिवादको घोर भत्सर्ना गर्दै संसारभरिका मजदुर तथा मुक्तिकामी जनता एक हुंदै नयां विश्व निर्माणको लागि संर्घसको आंधिबेहरी सृजना गनुपर्नेमा व्यापक जोड दिइएको थियो । विश्व साम्राज्यबादीहरुले बिभिन्न जातजाती ,धर्म र बर्गको बिचमा लडाईं मच्चायर विश्वलाई नै युद्धमय बनाई आफ्नो स्वार्थ पुरा गर्न उद्धत रहेको छ । अहिले तिदेश हरुमा देखिएको आर्थिक संकट त्यसको ज्वलन्त उदाहरणहो। बिश्वको गरिब असहाय तथा बिपन्न बर्गको हितमा ध्यान केन्द्रित गर्नुको सट्टा युद्ध ,भय ,हतियार अनी धर्म र क्षेत्रको नाममा गरेको कायरता पूर्ण निर्दोश जनताको नरसंहारले आगामी दिन अझ बिकारल बन्दै जाने निस्चित छ ।    

 

अमेरीकी र युरोपिय साम्राज्यवाद र पूजिवाद को होडबाजी बीचमा विश्वका कयौं सर्वहारा किसान र गरिब जनताको हकअधिकार लाई संधै तल्लो दर्जामा राखेर हेरिने र त्यही अनुसार व्यवहार गरिनुले पनि डाभोसमा भइरहेको उक्त सम्मेलनको विरोध तथा भण्डाफोर गरिएको आयोजक को तर्फबाट जानकारी गराइएको थियो भने सो अबसरमा बोल्ल्ने बिभिन्न संघ सस्था का प्रतिनिधि हरु ले यस लाई तुरुन्त बन्द गरिनु पर्ने कुरा मा जोड दियका थिय। यसै सन्दर्भ मा स्विस का भुत पूर्व मन्त्री जिन जिग्लर(Jean Ziegler) ले डाभोस मा हरेक बर्ष हुने विश्व आर्थिक मन्च को बैठक लाई तुरुन्तै बन्द गर्न जोडदार माग गर्नु भयो। उहाले अगाडि भन्नु भयो .

"यो सर्कस तुरुन्तै बन्द गर्नु पर्छ र सदा को लागि बन्द हुनु पर्छ"।

मार्क्सबाद ,लेनिनबाद , माओवादी तथा प्रचन्डपथ जिन्दाबाद ,नेपाल कम्युनिस्ट पार्टी माओवादी लेखिएको ब्यानर बोकेर सो कार्यक्रमा मा नेपाली ऐक्यबद्धता मन्च को टोली अग्र स्थानमा उभियको थियो भने उक्त ब्यानर सबै को आकर्शण र जिज्ञासा को केन्द्रबिन्दु बनेको थियो । प्रहरी प्रशासनको ब्यापक धरपकडका बावजुद पनि हजारौको संख्यामा जनसहभागीता रहेको थियो। कार्यक्रम सुरु हुनुभन्दा केही समय अगाडि नेपाली ऐक्यबद्धता मन्चका केही सदस्यहरुलाई  सुरक्षा कर्मी ले नियन्त्रण मा लियर सामान्य सोधपुछ पछी छोडेको थियो । 

 

 

 स्थानिय प्रशासन ले बिरोध प्रदर्सन(कोण सभा)को लागि अनुमती दिय पनि जुलुस सहित नगर पारीक्रमा गर्न अनुमती दियको थियन प्रशासन को सो निर्णयको बक्ता हरु ले कडा शब्दमा बिरोध र भत्सर्ना गरेका थिय। दिउसो २.00 बजे सुरु भयको कोणसभा ४.00 बजे सम्म चलेको थियो। सभा को समापन पछी केही  प्रदर्सन कारीहरु ले सुरक्षा कर्मी को घेरा तोडेर जुलुस अगाडि बढायपछी परिस्थिती ले उग्ररुप लियको थियो भने स्थिती लाई साम्यबनाउन सुरक्षा कर्मी ले लाठी चार्ज,सयौ राउण्ड अश्रुग्यास तथा पानी का फोहोरा प्रयोग गर्नु परेको थियो।

 

                                        सरकार ढाल्ने इच्छा होला तर ढालिहाल्ने साहसचाहिँ कसैसँग छैन

                                                प्रधानमन्त्री: पुष्पकमल दाहाल "प्रचण्ड"

2009-02-04,Wednesday

सरकार गठनको सय दिनपछि नयाँ पत्रिकासँग तपाईंले भन्नुभएको थियो, 'म आफूलाई साठी नम्बर दिन्छु ।’अहिले कति दिनुहुन्छ ?
अब ७५ भन्दा त घट्दै घटि्दनँ ।  ाँच महिनापछि देशवासीका नाममा सम्बोधन हतास मनस्थितिको उपज होइन ?

More..

                                       २१औँ शताब्दीको क्रान्तिको नयाँ कार्यदिशा                                                               

बाबुराम भट्टराई

बहुचर्चित खरिपाटी राष्ट्रिय भेलाबाट पारित दस्तावेजले भावी क्रान्तिको खाका कोरेको छ । यहाँ दस्तावेजले अगाडि सारेका विचार, कार्यदिशा र कार्ययोजनाजस्ता मूलभूत विषयमै म केन्दि्रत हुनेछु । सरकार, सदन र सडक- यी तीनवटा मोर्चाका संघर्षको तालमेल कसरी मिलाइँदै छ भन्ने विषयमा पनि म प्रस्ट्याउने प्रयत्न गर्नेछु । नेकपा -माओवादी) र त्यसका कार्यकर्ताजत्तिको क्रान्तिकारी अहिलेको विश्वमा अरू कोही छैनन् । हामीले हाम्रै विषयमा कुरा गर्दा अतिशयोक्तिजस्तो लाग्न सक्छ । माओको देहान्तपछिका ३० वर्षमा कहीँ पनि क्रान्ति सम्पन्न भएको छैन । न त कुनै क्रान्ति नेपाली क्रान्तिको जत्तिको उचाइसम्म आइपुगेको नै छ । हामीले हतियार उठायौँ, जनयुद्धलाई रणनीतिक प्रत्याक्रमणको चरणमा पुर्‍यायौँ र, अहिले हामी केन्द्रीय सत्ता कब्जा गर्ने बाटोमा अघि बढ्दै छौँ ।

more...

                            नेकपा माओवादी को प्रतिनिधि मन्डल सँग स्विट्जरल्याण्ड मा अन्तर्कृया कार्यक्रम सम्पन्न।

नेकपा माओवादी को प्रतिनिधि मण्डल को उपस्थिती मा एउटा अन्तर्कृया कार्यक्रम सम्पन्न भयो। नेपाली एक्यबद्दता मन्च्विट्जरल्याण्ड(नेसोफ स्विस)को आयोजना मा भयको सो कार्यक्रम मा नेकपा माओवादी का केन्द्रिय सदस्य तथा संबिधानसभा सभासद क दिनानाथ शर्मा,केन्द्रिय सदस्य तथा नेवा राज्य समिती इन्चार्ज क हितमान शाक्य,नेवाराज्य समिती सदस्य सभासद क यसोदा सुबेदी(गुरुङ) र अखिल नेपाल महिला संघ(क्रान्तिकारी)की क सरला शर्मा उपस्थितहुनुन्थ्यो।

पुरा समाचार..   Photos

                                            नेपाली ऐक्यवद्धता मंच, स्विजरल्याण्डको दोश्रो सम्मेलन सम्पन्न।

पुरा समाचार ... video

नेपाली ऐक्यवद्धता मंच, स्विजरल्याण्डको यही सेप्टेम्बर २१ गते स्विजरल्याण्डको राजधानी वर्नमा भएको दोश्रो केन्द्रिय

सम्मेलनले संगठनको नाममा केही परिवर्तन गर्दै अशोक चौलागाईको अध्यक्षतामा १९ सदस्यीय नयां कार्यसमितिको चयन

गरेको छ। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः पुष्प सुवेदी, कमल केसी,

श्याम घले र विजय खनाल रहनुभएको छ। त्यसैगरी समितिका सदस्यहरुमा आस्था अधिकारी, सुषमा भुसाल, दिपक श्रेष्ठ,

शुक्र श्रेष्ठ, दर्शन आचार्य, धनपति सापकोटा, ज्योति भुसाल, डिल्ली सापकोटा, जितेन्द्र रायमाझी, सिङ्ध ब. गुरुङ्ध, मुस्कान

शर्मा, फणिन्द्र पन्त, गणेस भट्राई र आषिस देवकोटा रहनुभएको छ।

NDFP NEGOTIATING PANEL MEETS COMRADE GAURAV IN NETHARLAND. more...

 

                                                        क.गौरबको स्विट्जरल्यान्डमा स्वागत,

  पुरा समाचार...   फोटोहरु

अन्तरराष्ट्रियता बादी नेपाली एक्यबद्दता मन्च स्विट्जरल्यान्ड को दोस्रो अधिबेसन मा भाग लिन सो सस्था को बिशेष अनुरोध

लाई स्विकार गर्दै नेकपा माओवादी केन्द्रिय सचिबालय सदस्य तथा बिदेस बिभाग प्रमुख क सिपी गजुरेल(गौरव)आज

स्विट्जरल्यान्ड अाइपुग्नु भयको छ। थाइ एयरवेज को नियमित उडान बाट उहा आज बिहान स्विट्जरल्यान्डको

ज्युरिच बिमानस्थल अाइपुग्दा अन्तरराष्ट्रियताबादी नेपाली एक्यबद्दता मन्च स्विट्जरल्यान्ड (इन्सोफ स्विस)को एक प्र

तिनिधि मन्डल ले हार्दिक स्वागत गरेको थियो। सो स्वागत कार्यक्रम मा क गौरब ले नेपाल को राजनैतिक अवस्था लगायत

समसमयिक बिषयमा सम्क्षिप्त जानकारी गराउनु भयको थियो।    

 

नेकपा माओबादीका अध्यक्ष तथा संघिय लोकतान्त्रिक गणतान्त्रिक नेपालका प्रथमप्रधानमन्त्रि क. प्रचण्ड को उपस्थीतीमा संयूक्त नेपाली मोर्चा,यूरोपको आयोजनामाजर्मनीमा कार्याक्रम हुने

पुरा समाचार...  Download invitation.pdf here:

                                                       माओवादी नेता सि पि गजुरेल स्विस आउने

पुरा समाचार...

स्विट्जरल्यान्डमा बसोबास गरिरहेका नेपालीहरु को हकहितको निम्ती काम गर्दै आईरहेको र नेपालको सामन्तबादीराज्यसत्ताको िरुद्धमा नेपाली जनताले चलाएको मुक्तिकामी परिवर्तनकारी आन्दोलनलाई स्विट्जरल्यान्डबाट महत्व्पूर्ण भूमिका निभाउदै आएको प्रगतिशिल नेपालीहरुको सगंठन अन्तराष्ट्रियताबादी नेपाली एक्यबद्धता मन्च(इन्सोफ स्विस ) स्विट्जरल्यान्ड को

"नयाँ नेपालको निर्माण को निम्ती राष्ट्रिय अभियान आजको आवश्यकता ,

जनमुखी संबिधान निर्माणको पक्षमा हाम्रो प्रतिबद्धता "

भन्ने मुल नाराका साथ यही आउंदो सेप्टेम्बर २१ तारीख, आईतवार २००८ का दिन स्विट्जरल्यान्डको  राजधानीबर्न मा सम्पन्न हुन गइरहेको दोस्रो अधिबेसन को  नेकपा माओवादीका  केन्द्रिय सचिवालय सदस्य ,अन्तराष्ट्रियब्युरो इन्चार्ज तथा संबिधान सभाका सभासद कमरेड सीपी गजुरेल (गौरव) द्वारा समुद्घाटन हुन गैरहेको छ ।

 

      अन्तराष्ट्रीयताबादी नेपाली ऐकबद्धता मञ्च, जर्मनीको तेस्रो राष्ट्रीय अधिवेशन भब्यताका साथ सम्पन्न                     

 पुरा समाचार...

                                                         INSOF बाट बाढी  पीडित राहत सहयोग
 
भारतीय शासक बर्गको हेपाहा प्रब्रिती र बिगतको नेपाल सरकारको अदुरदर्सिताको कारण कोशी बांध फुटेर पचासहजार भन्दा बढी नेपालीहरु बिस्थापित हुन पुगेका छन। पीडितहरुको सहयोगको लागि स्विट्जरल्यान्डमा बसोबासगरिरहेका नेपालीहरुको हकहित को निम्ती काम गर्ने गर्दै आइरहेको संगठन अन्तराष्ट्रियताबादी नेपाली एक्यबद्धता मन्च(इन्सोफ स्विस ) स्विट्जरल्यान्डले आपतकालिन राहत स्वरूप  संगठनको तर्फबाट रु,४४०००। (चवालिस हजार रुपैया )नेकपा माओवादीद्वारा स्थापित बाढी  पीडित राहत सहयोग कोषमा जम्मा हुनेगरी पठाइयको छ ।  more.....

                                                                     माओवादी संगठनिक जिम्मेवारीमा हेरफेर

ने क पा माओवादी केन्द्रीय सचिबालयको बैठकले संागठनिक जिम्मेवारीमा हेरफेर गरेको छ । आज बिहान बसेकोमाओवादी केन्द्रीय सचिबालयको बैठकले संगठन बिभागको जिम्मा मोहन बैद्य किरणलाई दिएको छ   more....

 

  

 

Nepalese Solidarity Forum, Central Committee, Switzerland 's Activities, News, Updates & Solidarity !

   more photos...

you are

Visitor of this website